
यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।
कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?
माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?
यो पनि हेर्नुहोस,एकीकृत समाजवादीको केन्द्रीय परिषद वैठक : वामपन्थी शक्ति एकतावद्ध हुन आह्वान
कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषदको पहिलो बैठक सकिएको छ ।सोमबार र मंगलबार काठमाडौंमा भएको एकीकृत समाजवादीको केन्द्रीय परिषदको बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता र संविधानको रक्षाका लागि एकतावद्ध हुन आह्वान गरिएको छ ।
एकीकृत समाजवादीले माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सही विचार र राजनीतिक कार्यदिशा अंगालेका तर विभिन्न पार्टी र समूहमा विभक्त भएका कम्युनिस्ट शक्तिलाई समाजवादी क्रान्तिकारी लक्ष्यमा एकतावद्ध हुन आह्वान गरेको छ ।
त्यस्तै अर्को प्रस्तावमा भनिएको छ, ‘समाजवादी कार्यदिशा अङ्गालेका सम्पूर्ण वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, सङ्घीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाको लागि एकतावद्ध हुन यो बैठक आग्रह गर्दछ ।’
‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न बिर्सने दिन आइसक्यो’
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठेको छ ।उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे । ‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो । यति सिट एक्लै पनि आउँथ्यो’ स्थानीय चुनावको उदाहरण दिँदै उनले भने ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो ।
नेता सिंखडाले गठबन्धनबाट नेपाली काङ्ग्रेसले धेरै फाइदा लिएको बताए । ‘राजधानी उपत्यकाको हालत के छ ? आज वडा जित्दा पनि गौरव गर्नुपर्ने अवस्था छ’ उनले भने ।
उनले मधेस र राजधानीमा पार्टी निर्माणमा लाग्न नेतृत्वलाई आग्रह गरे । गठबन्धनप्रति नेपाली कांग्रेस इमान्दार नभएको भन्दै नेता सिंखडाले माओवादीलाई हराउन कांग्रेसले अरु दलको साथ लिएको बताए ।‘काङ्ग्रेससँगको गठबन्धनबारे गम्भीर रूपमा सोच्नुपर्छ’ उनले भने, ‘अहिले गठबन्धन हुँदैन भनेर जानुपर्छ । एकल रूपमा निर्वाचनको तयारी गर्नुपर्छ ।’
हाम्रो लक्ष्य अब वामपन्थीमा पहिलो दल : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा वामपन्थीको पहिलो पार्टी सम्भावना रहेको बताएका छन् । देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर आफूहरुको हातमा आउने उनले बताए ।स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पार्टी बन्ने सम्भावना फुत्किएको बताए ।
‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ,’ उनले अघि भने, ‘भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ । महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ । यसका लागि हामी सबैले मेहनत गर्नुपर्नेछ ।’
राजनीतिको चाबी माओवादीसँग भए पनि कि कांग्रेस कि एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताए । ‘चाबी त छ, तर एउटा न एउटासँग मिल्दा मात्र ताला खुल्छ,’ प्रचण्डले भने, ‘हाम्रो सपना अब रुसँग मिल्न जानुपर्ने होइन । अरु हामीसँग मिल्न आउनुपर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने छ । त्यसको आधार पनि छ ।’
गठबन्धन भइहाल्छ भनेर रिल्याक्स गर्दा पनि धेरै स्थानीय तहमा चुनाव हारेको प्रचण्डले बताए । गठबन्धन भए ठीकै छ, नभए एक्लै भिड्ने गरी तयारी गर्नुपर्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन रहन्छ, तालमेल हुन्छ । तर गठबन्धन भएपछि चुनाव जितिहालिन्छ भन्ने त्रुटि यो पटक हामीले गर्नै हुँदैन ।’उनले साउन १५ भित्र जित्ने र लोकप्रिय व्यक्तिलाई उम्मेदवारको टिकट दिइसक्ने तयारी भइरहेको समेत बतए ।