News Portal

कति पर्छ नीतालाई हरिहरले बिहेमा उपहार दिएको हारको मूल्य ? {ल हेराै‌ सबै हिसाव सहित}

एनपर्दा संवाददाता
६८२ पटक

काठमाडौं ।

नायिका नीता ढुंगाना र ज्योतिषरअभिनेता हरिहर अधिकारीले भव्य तरिकाले गत शनिबार विवाह गरे । विवाहको दुई दिनपछि आयोजित प्रितिभोजको रौनक झनै बयान गरिनसक्नु थियो ।

विवाह र प्रितिभोज दुवै राजधानीको महंगो पाँचतारो हाटेल याक एन्ड यतिमा भएका हुन् । प्रितिभोजमा होटलको सजावटमा नै लाखौं खर्च गरिएको थियो । चलचित्र क्षेत्रका हस्तिहरुदेखि एकाध राजनीतिकर्मीसमेत समारोहमा देखिएका थिए । काठमाडौंमा मेयर बालेन्द्र साह पनि वरबधुलाई शुभकामना दिन पुगेका थिए ।

पार्टीमा दुलही नीताको पहिरन र श्रृंगारले पनि निकै चर्चा पाइरहेको छ । उनी सेता लेहेंगा र सेतै गरगहनाहरुले झरिझट्ट परेकी थिइन् । उनले घाँटीमा हार, कानमा झुम्का र हातमा बाला एउटै सेटको लगाएकी थिइन् । खासगरि घाँटीमा लगाएको मोटो हिराजडित हारले धेरैको ध्यान खिच्यो ।

सञ्चारकर्मीले नीतालाई सोध्न पनि भ्याए, ‘यो हार हरिहर दाइकै उपहार हो ?’
नीताले मुस्कुराउँदै भनिन्, ‘अरु कसले दिन्छ र रु’ उनले आफ्नो हाइट कम भएकाले मोटो हारका कारण केही असहज भएको गुनासो समेत गरिन् ।

नीताले लगाएको हार नै २५ लाख मूल्यको भएको चर्चा चलेको छ । यद्यपि, उनीहरुले मूल्य बताएका छैनन् । पारिवारिक स्रोतले भने २५ लाखकै हाराहारीको भएको बतायो । नीताले लगाएका अन्य गहना र लुगा पनि उत्तिकै महंगा थिए । हालसालमा विवाह गरेका नायिकाहरुबीच महंगा गहनाको होडजस्तै चलेको छ ।

केही वर्ष प्रेम सम्वन्धमा बसेपछि नीता र हरिहरले लगनगाँठो कसेका हुन् । विहेअघिसम्म उनीहरुले सार्वजनिकरुपमा एक अर्कालाई प्रेमी–प्रेमिकाको रुपमा स्वीकारेका थिएनन् । आफूहरु राम्रो साथी भएको बताउने गर्थे ।

आर्थिकरुपमा सम्पन्न परिवारका हरिहर पेशाले पूर्णकालीन ज्योतिष हुन् । उनी ज्योतिष पेशाबाटै मनग्गे कमाइ गर्छन् । फिल्ममा खासै सफल नभए पनि ज्योतिषका रुपमा उनको हाइप्रोफाइल छवि छ । रातोपुलमा अफिस राखेर उनले आगन्तुकहरुको चीना हेर्दै आएका छन् ।

उनलाई चीना हेराउनका लागि अग्रीम अप्वाइन्टमेन्ट लिनुपर्छ । उनी दैनिक ८–१० जनाको चीना हेर्छन् ।अभिनेता राजेश हमालले हरिहरलाई नै चीना हेराएर बिहे गरेका थिए । उनले हरिहरलाई चीना हेराउन आफ्नै घरमा लगेका थिए ।

अब दुई तिहाई मत ल्याएर, केपी ओलीलाई प्रधानमन्त्री बनाउँछौंः विशाल भट्टाराई
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टाराईले संघिय चुनावमा बहुमत ल्याएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने बताएका छन् । संघिय चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनाउने दाबी गरेका छन् ।

केपी शर्मा ओलीको पार्टी अध्यक्षको रुपमा यो नै अन्तिम कार्यकाल भएको र एघारौं महाधिवेशनपछि नेकपा एमाले पार्टीको नेतृत्व नयाँ युवा पुस्ताहरु आउँने उनले बताए ।

ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा पत्रकार प्रकाश गिरीसँगको कुराकानीमा उनले भने– ‘उहाँ ९केपी शर्मा ओली० बन्नु हुन्, उहाँँ बन्न ईच्छुक हुनुहुन । अब ढुक्कको साथ म भन्न सक्छु । अब त्यो बन्नुपर्छ भन्ने पक्षमा हामी नै हुदैनौ । उहाँलाई हामीले नेता मानेका छौं । सधै भरी मानेका छौं । उहाँ बस्नु नि हुन्न । उहाँको इच्छाले राखेको हो ।

हामीले ७० वर्ष उहाँँको अन्तिम कार्यकाल हो र यो चुवानपछि बहुमतको सरकार बनाएर हामी प्रधानमन्त्री बनाउछौं । उहाँले मज्जाले काम गर्नु हुन्छ । देश बनाउने उहाँलाई धेरै हुट–हुटि छ । दुष्टिकोण छ, भिजन छ र काम गर्ने इच्छा शक्ति छ । त्यसकारणले गर्दा त्यो ठाउँमा उहाँलाई हामी पु¥याउछौं । पार्टी नेतृत्वको हकमा नँया पुस्तामा जान्छ नेकपा एमाले । आगमी एघारौं राष्ट्रिय माधिवेशनबाट हामी जसरी ७० वर्ष अहिले लागु भा छ, त्यसलाई लागु गछौं र युवा पुस्तामा नेतृत्व हुन्छ ।

कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउन नसक्ने उनले ‘वामदेव गौतम’ खोलेको पार्टी ‘बिजनेस’ गर्नको लागि खोलिएको र उनले गर्दा नै कम्युनिष्ट पार्टी फुटेको दाबी गरेका छन् ।

नेकपा एमालेले ७४ सालको चुनावपछि धोका पाएकोले यो व्यवस्थामा कुनै दलसँग चुनावमा तालमेत नगरी आफ्नै खुट्टामा उभिएर कसैको बैशाखी नटेकी चुनावमा एक्लै जाने र बहुमत ल्याएर नेपालको राष्ट्रिय राजनीतिमा बलियो पार्टीको रुपमा स्थापीत हुने बताए ।

प्रचण्डले पार्टी भित्र भएका सबैलाई दास बनाएर दुःख दिने भएकोले गर्दा उनीसँग कोही मान्छे पनि टिक्न नसक्ने र प्रचण्डले एमालेमा बिउ रोपेको छु भन्नु एमाले पार्टी भित्र खेल्न खोजेको र विवाद मच्चाएको छु भन्न खोजेको तर आफुहरुले बिरुवा नै उखेलेर ल्याएको र एकजना पनि आफ्नो कार्यकर्ताहरु माओवादीमा नभएको उनले बताए ।

प्रचण्डको उदेश्य भनेको नेपालको बलियो वाम पन्थीलाई कमजोर पारेर समाप्त गर्ने भएको र सत्ताको लागि कांग्रेसको बैशाखी टेकेर हिडेको बताएका छन् ।

अबको चुनावपछि एमाले सानो पार्टी हुन्छ भनेर कल्पना पनि नगर्दा हुन्छ, कसैको साहारामा हिड्दैनौं, माधब नेपालसँग लोकतान्त्रीक चरित्र छैन्, त्यसैले अहिले पार्टी एकताको सम्भावना पनि छैन् ।

प्रचण्ड र मावध नेपालले संघको चुनावमा एक्लै लड्ने हो भने एक सिट पनि नल्याउने र आफुहरु एकलै चुनाव लडने, केपी ओली जस्तो नेता अरु कोही पनि नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल एक्ला–एक्लै लड्ने हो भने एक सिट पनि ल्याउँदैनन् । हामी एक्लै चुनाव लड्छौं, केपी शर्मा ओली जस्तो नेता अरु कोही पनि छैन्, उनले बताए ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...