News Portal

बच्चा बुढा बुढी र युवा युवतिहरु सबैले साथ दिएको कुरा सम्झेर डाँको छोडेर रुन थाले हर्क साम्पाङ ! (भिडियो सहित)

एनपर्दा संवाददाता
२०१ पटक

धरान ।

उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ धरान स्थित सर्दु खोला किनारमा भावुक भएका छन् । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले बिजयी भएका उनी लगातार एक पछि अर्को राम्रो काम गर्दै जनताको मन जितिरहेका छन् आज भने उनले

आँखाको आशँु रोक्न सकेनन् । यो देशकै लागी बाच्न पाउँ यो देशकै लागी मर्न पाउँ भनेर प्रेरणादायी मन्तव्य दिइरहेका बेला मेयर साम्पाङले आफुलाई सम्हाल्न सकेनन् र धरधरी रुन थाले । आँखाबाट आँशु झरिरहेको थियो उनी केहि सम्हालिएर बोल्न खोज्दै थिए सकेनन्

र आफ्नो भनाइ बन्द गरे । शनिबार बिहान ७ बजेदेखि निशाने खोलामा मेयर साम्पाङले बृक्षारोपणका लागि आह्वान गरेका थिए । सोंचेभन्दा धेरै जनता आँप, लिची, कटहरलगायत मखमली, सयपत्री

फूलको विरुवा पनि बोकेर पुगेका थिए । त्यही क्रममा ठूलो जनसहभागीता रहेको थियो । आफु प्रति जनताले देश विदेशबाट गरेको माँया सम्झिएर रोएको उनले भनेका छन् । बृक्षारोपण सकेर

फर्किने क्रममा मिस धरानका प्रतिस्पर्धी सुन्दरी युवतीहरु पनि त्यहाँ पुगेका थिए । उपस्थितहरुलाई देशको कुरा झिकेर सम्बोधन गरिरहेका बेला उनले भनेका थिए– म के प्रेरणा दिन्छु भने मेरो एउटा गीत

छ, देश सोच्न सकौं, देश बोल्न सकौं, देशकै निम्ति भनिरहँदा उनी भावुक बने । त्यसपछि देशकै कर्म गर्न सकौं, देशकै निम्ति मर्न सकौं केहीबेर धरधरी रोए । उनले भनेपनि देश सोच्नुहोस्, देशकै

लागि मर्नुहोस्, त्यसपछि जनताले जोडले ताली पिटे । आफालाई सम्हाल्नै नसक्ने गरी साम्पाङले सर्दुको किनारमा आँशु खसालेका थिए । यस बिषयमा पछि प्रतिक्रिया दिँदै साम्पाङले आफ्नो आँखाबाट

हर्षको आँशु झरेको उनले बताए । आफू सानो मान्छे भएपनि जनताले असाधारण ठानेको, देशविदेशदेखि भेट्न र सहयोग गर्न आउनेको लर्को लागेको देखेर आफू भावुक बनेको उनले प्रतिक्रिया

दिएका छन् ।त्यसपछि उनले बीपी पार्क छेऊमा वृक्षारोपण गरेर घरफर्किए । म सानो मान्छे हुँ तपाईहरुले मलाई धेरै माया दिनु भयो भन्दै साम्पाङ रोएका थिए । मेयरनै रुन थाले पछि उपस्थितहरु पनि

भावुक भएका थिए । मेयर हर्क सँगै उनको अभियानमा साथ दिन पगेको ठूलो पक्तिले हर्क साम्पाङ जस्तो मेयर पाउँनु धरानको लागी गौरवको कुरा हो भन्दै प्रतिक्रिया दिएका छन् ।
https://www.facebook.com/watch/?v=418834933641565

‘संसद्‌बाट पारित व्याख्यात्मक टिप्पणी एमसीसीको अभिन्न अंग भइसकेको छ’
काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद्‌बाट पारित भएको एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकार गरेको बताएका छन् । उनले संसद्‌बाट व्याख्यात्मक टिप्पणीसँगै एमसीसी पारित भएको २ घण्टाभित्रै अमेरिकाले स्वागत गरेकाले शंका नगर्न आग्रह गरे ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री शर्माले जेनेभा कन्भेन्सन र संयुक्त राष्ट्रसंघका व्यवस्थामा पनि सन्धी गर्दा व्याख्यात्मक टिप्पणीको व्यवस्था रहेकाले एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गर्ला कि भनेर आशंका नगर्न सांसदहरूलाई आग्रह गरेका थिए ।

‘एमसीसीको बारेमा यस सम्मानित सदनले पास गरेको हो । व्याख्यात्मक टिप्पणीसहित पास गरेको हो । झन्डै ९ बजेको थियो हामीले यहाँबाट व्याख्यात्मक टिप्पणीसहित पास गर्दा र पौने ११ बजे अमेरिकाले स्टेटमेन्ट जारी गरेर स्वागत गरेको छ ।

उसको सन्धिमा व्याख्यात्मक टिप्पणीसहित पास गरेर पठाउँदा स्वागत गर्छ कसैले ? आपत्ति गर्थ्यो होला, पहिलो कुरा तत्काल स्वागत गरेको छ,’ उनले भने, ‘भियना कन्भेन्सनल ल अफ ट्रिटी, १९६९ को दफा ३४ अनुसार र अन्तर्राष्ट्रिय गाइडलाइन छ । संयुक्त राष्ट्रसंघको गाइडलाइन २०११ छ । जसले द्वीपक्षीय सन्धिमा व्याख्यात्मक टिप्पणी हुन्छ भनेको छ । अर्को पक्षले स्वीकार गरेमा अभिन्न अंग बन्छ भनेको छ । हाम्रो सन्धि कार्यान्वयन गर्ने कार्यविधि छ । त्यसले पनि ब्याख्यात्मक घोषणा गर्न सकिनेछ भनेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको गरेपछि त्यसमा कुनै आशंका नरहेको व्यवस्था अनुरोध गर्न चाहन्छु ।’

संसद्‌बाट एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्ने क्रममा शर्माको पनि भूमिका रहेको बताइएको छ । एमसीसी पारित भएपछि उनी मन्त्री भएका थिए ।

एसपीपीबारे संसदमा एकै स्वर : शक्ति राष्ट्रको सामरिक स्वार्थ स्वीकारिँदैन
१ असार, काठमाडौं । अमेरिकी सैन्य रणनीति अन्तर्गत रहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर हुन लागेको चर्चामाथि प्रतिनिधिसभामा विरोध भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले एसपीपीको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै त्यसमा समर्थन नगर्न सुझावसमेत दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा एसपीपीमा हस्ताक्षर गर्न लागेको र त्यसको लागि अमेरिकाले दबाब दिएको भन्दै सार्वजनिक रूपमा समेत सरकारमाथि खबरदारी भइरहेको छ । यही सन्दर्भमा सांसदहरूले पनि सरकारलाई शक्ति राष्ट्रको सामरिक स्वार्थ जोडिएको विषय नस्वीकार्न प्रष्ट सन्देश दिएका हुन् ।

सरकारलाई खबरदारी गर्दै सांसदहरूले संसदमा अनेक कोणबाट एसपीपीको व्याख्या र विश्लेषणात्मक धारणा राखे । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदहरूले यस विषयमाथि प्रधानमन्त्री देउवाको धारणा माग गरे ।

प्रतिकृया दिनुहोस्

करिश्मापछि अर्की चर्चित नायिका एमाले प्रवेश गर्दै, बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट !

काठमाडौं । नायिका करिश्मा मानन्धनर एमालेमा प्रवेश गरेको केही महिनामैँ अर्की नायिका एमालेमा प्रवेश गर्ने...

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...