News Portal

अन्ततः झलनाथतिरै ढल्किए माधव नेपाल, माओवादीभन्दा एमालेसँगै मिल्नु उचित

एनपर्दा संवाददाता
८९१ पटक

काठमाडौं।

नेकपा एमालेलाई बाहिर राखेर वाम एकता गर्ने प्रयास अघि बढेको देखिएपछि नेकपा एकीकृत समाजवादीभित्र त्यसविरु’द्ध आवाज उठेको छ। वरिष्ठ नेता मुकुन्द न्यौपानेले नै त्यस्तो धारणा सार्वजनिक रूपमा अभिव्यक्त गरेपछि उनको पार्टीभित्र बहस बढेको देखिन्छ।

फेसबुकमा न्यौपानेले लेखेका छन्, एमाले बाहेकको कम्युनिस्ट एकता भन्नु नेपालमा कम्युनिस्ट सिद्धा उने खेल खेल्नु हो। उनले भने,’एमाले सहितको गठबन्धन नै वामपन्थलाई अघि बढाउने अहिलेको एक मात्र बाटो हो, होइन भने वामपन्थी सि’द्धिने बाटो हुन्छ’

माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीले केही दिनअघि वामप’न्थी एकताको निम्ति पहल गर्ने निर्णय गरेको थियो। उपमहासचिव गङ्गालाल तुलाधरले सर्वसम्मतिले उक्त निर्णय गरेको तर एकीकरण हुने सम्भावना नदेखिएको बताए।

२०४६ सालको जनआ’न्दो’लनका बेला जस्तै एउटै गठबन्धनभित्र पनि एउटा नेपाली कांग्रेस र अर्को वामप’न्थीहरूबीच गठबन्धन बनाउने अवधारणा अनुसार त्यसो गर्न खोजिएको उनको भनाइ छ। तर न्यौपाने जस्ता पुराना नेताको धारणाले पार्टीमा अर्थ राख्ने बताउँदै उनले स्थानीय निर्वाचनपछि एमालेसँग मिल्नुपर्ने मत बढेको स्वीकार गरे।

तुलाधरले भने,’नेपाली कांग्रेस र माओवादी केन्द्रले हाम्रो पार्टीको सङ्गठनात्मक अस्तित्व नै नमान्ने र कम आँक्ने कुराले हाम्रो पार्टीभित्र एक प्रकारको निराशा आएकै हो’

त्यही बुझाइले उक्त दलभित्र नेकपा एमालेसँगको सहकार्यतर्फ आकर्षित गरेको बताइन्छ। आफूहरूले उठाएका कतिपय कुरा एमाले र नेतृत्वले मानेमा त्यो बाटो खुल्ने आशासहित त्यस्ता धारणा आउने गरेको बताउँदै तुलाधरले भने, ‘माओवादी वा अरू पार्टीसँग एकता वा सहकार्य गर्नुभन्दा पनि एमालेसँगै एकता गरेर जाँदा उपयुक्त हुने हो कि भन्ने कुरा आएको छ।’

चुनावमा एमालेसँग तल्लो तहमा सहकार्य गरेको भए हुन्थ्यो किन गरिएन भन्ने पनि चर्चा उक्त पार्टीमा हुने गरेको छ। सत्ता गठबन्धनभित्र भन्दा बरु त्यो तालमेल नै अलि सम्मानजनक र सजातीय भातृत्वपूर्ण हुन्थ्यो होला भन्ने धारणा सुनिने गरेको पनि नेता तुलाधरले बताए।

एमालेसँगको सहकार्यको निम्ति आत्मालोचना लगायतका विभिन्न कुराहरू स्वीकार गर्नुपर्ने एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन्। त्यो अवस्थामा चुनावी तालमेलको निम्ति कुरा गर्ने ढोका खुल्न सक्ने उनको भनाइ छ।

तर एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेससँग चुनावमा सीट मोलमोलाइ गर्न समाजवादी केन्द्र बनाउने चर्चा चलाइएको बुझाइ सुनाए र भने,’कांग्रेससँग उहाँहरूको गठबन्धन कायम रहँदासम्म वामपन्थी गठबन्धन वा एमालेसँगको एकता सम्भव हुन्न।’

उनका भनाइमा माधव नेपालको पार्टीले कांग्रेसलाई बलियो बनाएर भएपनि एमालेलाई कमजोर बनाउने गलत कार्यनीति बोकेको छ र त्यो नै सहकार्यको बाधक हो।

नेपालकै दलका वरिष्ठ नेता न्यौपानेले पनि कम्युनिस्ट पार्टीहरू सत्ताको मोहमा छटपटीमा परेको टिप्पणी गर्दै कसरी एमालेलाई कमजोर पार्ने र कुर्सी आफ्नो हातमा सार्ने कुरा मात्रै केन्द्रमा राखेको आरो प लगाएका छन्।

उनले आफ्नो दलका कार्यकर्ताहरू सामु प्रश्न अघि सारेका छन्,’यति मात्र एजेन्डा दिमागमा नाचिरहेकाले एमाले बाहेकको समाजवादी केन्द्र निर्माणमा लागेकाहरूको सपना(जपना यही छ। इमानदार कार्यकर्ताले के बुझ्नु जरुरी छ भने यो भनाइको पछाडि कुन सिद्धान्त, कुन विचार र कुन शक्तिले काम गरेको छ ?’

पानी बाराबारको अवस्थामा रहेका एमाले र एकीकृत समाजवादीका नेताहरूकै यस्ता मत सार्वजनिक हुनुलाई अब उनीहरूबीच संवादको वातावरण बन्दै जाने सङ्केत ठानिएको छ।

जानकारहरूका अनुसार हालसालै माधव नेपालले एमालेबाट धेरै आलोचना नभएकाले आफू पनि कडा रूपमा प्रस्तुत नहुने आशयको अभिव्यक्ति दिनु उनको दलभित्र एमालेसँगको सहकार्यको पक्षमा दबाव बढ्दै गएको परिणाम हो। – बीबीसी

प्रतिकृया दिनुहोस्

करिश्मापछि अर्की चर्चित नायिका एमाले प्रवेश गर्दै, बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट !

काठमाडौं । नायिका करिश्मा मानन्धनर एमालेमा प्रवेश गरेको केही महिनामैँ अर्की नायिका एमालेमा प्रवेश गर्ने...

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...