News Portal

एमालेमा पहिरो, ९० वर्षिय भीम बहादुरसहित २९३ जनाको हुल एकीकृत समाजवादीमा प्रवेश !

एनपर्दा संवाददाता
७४८ पटक

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनको पछि लाग्दो पार्टीलाई घाटा लागेको बताएका छन् ।

उनले गठबन्धनमा अन्य दलहरूमा इमानदारिता नदेखिएको समेत बताए । एकीकृत समाजवादी डोटीले आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन । आफ्नै बलमा चुनाव लडेको भए एक सयभन्दा बढी पालिकामा जित हुने थियो ।’

अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने दावी गरे । ‘स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेरमात्र हुँदैन’ उनले भने, ‘सबै बफादर हुनुपर्छ ।’ स्थानीय निर्वाचनमा अन्य दलहरु इमानदार नभएको उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष नेपालले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने पनि बताए । ‘चुनावी मोर्चा बन्न सक्छ, गठबन्धन हुन सक्छ तर अहिल्लै पार्टी एकता हुँदैन’ उनले भने ।

तर, वर्तमान सत्ता गठबन्धन अबको चुनावसम्म कायम राख्नुपर्ने उनको भनाइ छ । ‘विचार र मान्यताबाट सिर्जना भएको गठबन्धनको औचित्य समाप्त भएको छैन’ अध्यक्ष नेपालले भने ‘हामीले गठबन्धनलाई कायम राख्न चाहेका छौं तर चुनावी तालमेलका लागि कसले कति लचकता अपनाउन सक्छन् भन्ने कुरामा गठबन्धन भर पर्छ ।’

उनले नेपालले नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो भएको पनि बताए । उनले नाम मात्रको कम्युनिष्ट हुन नहुने बताए । अध्यक्ष नेपालले भने, ‘केशरजंग राइमाझीको कम्युनिष्ट पार्टीले राजाको निरंकु’शतालाई समर्थन ग¥यो । नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा आन्दो’लन ग¥यो’ ।

नाम मात्रै कम्युनिष्ट पार्टी भएर हुँदैन, व्यवहारबाटै कम्युनिष्ट हुनुपर्छ ।’ स्तै, सोही कार्यक्रममा एमालेका २९३ जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । ‘डोटीमा ९० वर्षिय भीम बहादुर माझी र २० वर्षिय शीला थापा मगर लगायत २९३ जनाले नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश’ अध्यक्ष नेपालले फेसबुकमा लेखेका छन् ।

शपथलगत्तै पदभारका लागि अर्थ मन्त्रालय पुगे शर्मा
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् ।

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनावश्यक व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।तर, संसदीय समितिले १७ दिन लगाएर छानविन गर्दा निर्दोष सावित भएपछि उनी पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

यो पनि हेर्नुहोस, पेट्रोलियम ढुवानीकर्ताको आन्दोलन : चैतको सम्झौता कार्यान्वयन नहुँदा बल्झियो विवाद
पेट्रोलियम ढुवानी व्यवसायी पछिल्लो ४ महिनाको अवधिमा दोस्रो पटक आन्दोलनमा उत्रिएका छन् । यसअघि, चैत २० गतेदेखि आन्दोलनको घोषणा गरेका ढुवानी व्यवसायीहरूले पुनः सोमबारदेखि आन्दोलनमा होमिने घोषणा गरेका हुन् ।

यसअघि चैत २० गतेदेखि देशभरको सम्पूर्ण पेट्रोलियम कारोबार रोक्ने चेतावनीसहित पेट्रोलियम सम्बन्धी तीन वटा संस्थाले आन्दोलनको घोषणा गरेका थिए । पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन र नेपाल एलपीजी ग्यास उद्योग संघले संयुक्त आन्दोलनको घोषणा गरेका थिए ।

उनीहरूले पेट्रोलियको ढुवानी, बिक्रीवितरण र खाना पकाउने एलपीजी ग्यासको समेत बिक्री÷वितरण रोक्ने चेतावनी दिएका थिए । जसअनुसार केही दिन देशभर पेट्रोलियम पदार्थको अभाव पनि भएको थियो ।

तर, २०७८ चैत १९ गते मध्यरातमा नेपाल आयल निगम र ती संस्थाबीच सम्झौता भएपछि आन्दोलन रोकिएको थियो । तर, निगमले सम्झौता कार्यान्वयन नगरेको भन्दै महासंघ फेरि आन्दोलित बनेको हो ।

यद्यपी, यसपटक नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ एक्लै आन्दोलनमा होमिएको छ । यसअघि संयुक्त आन्दोलनमा उत्रिएका अन्य दुई वटा संस्था भने आन्दोलनमा उत्रिएका छैनन् । पेट्रोलियम डिलर्स र एलपी उद्योग संघले तत्कालिन समयमा राखेका माग केही हदसम्म सम्बोधन भएको छ । जसकारण, ती दुई वटा संस्था आन्दोलनमा नउत्रिएका हुन् ।

महासंघका अध्यक्ष खगेन्द्र बोहोराले पटक–पटकको माग बेवास्ता गरेकाले आन्दोलनमा उत्रिन परेको जानकारी दिए । ‘गत वर्ष २०७८ सालको १० गते नै भाडा समायोजनसम्बन्धी सम्झौता भएको थियो । त्यसपछि, गत वर्षकै चैत १९ गते दोस्रो पटक सम्झौता भयो,’ उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘तर, अहिलेसम्म सम्बोधन भएको छैन ।’

चैत १९ गतेको सम्झौताअनुसार जेठ १५ गतेसम्ममा भाडा समायोजन गरिसक्नुपर्ने थियो । जुन, अहिलेसम्म पनि सम्बोधन नभएकाले आन्दोलनमा उत्रिएको उनको भनाइ छ ।

नेपाल आयल निगम भने सम्झौता कार्यान्वयनको चरणमा रहेको बताउँछ । व्यवसायीसँग भएको सम्झौता कार्यान्वयन गर्नेक्रममा विभिन्न चरणहरू पार गरेर सञ्चालक समितिको बैठकमा पुगिसकेको निगमको भनाइ छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले चैत १९ गते भएको सम्झौता कार्यान्वयनका लागि सञ्चालक समितिको बैठकबाट थप अध्ययनका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पस पुगेको बताए । क्याम्पसमा आवश्यक अध्ययन सकेपछि सम्झौता उद्योग मन्त्रालयको सह–सचिव उर्मिला केसी नेतृत्वको टोली हुँदै पुनः आयल निगमको सञ्चालक समितिमा पुगेको उपाध्यायको भनाइ छ ।

‘ढुवानीकर्तासँग भएको सम्झौता कार्यान्वयको चरणमा छ । यसबीचमा आवश्यक प्रक्रिया पुरा गर्दा भएको ढिलाइलाई व्यवसायीहरूले बुझ्नुहुनेछ आशा छ,’ उपाध्यायले रातोपाटीसँग भने, ‘सञ्चालक समितिबाट पारित हुनसाथ उहाँहरूको माग सम्बोधन हुन्छ ।’

यद्यपी, ढुवानीकर्ता व्यवसायी भने सरकारले पटक–पटकको सम्झौतालाई लत्याएको बताउँछ । महासंघले सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने, २० गतेबाट सम्पूर्ण पेट्रोलियको पीडीओ लोड नगर्ने र २१ गतेबाट ढुवानी नै नगर्ने चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...