News Portal

चुनावको मुखैमा लुकाइएको फुटेज बाहिरिने गोप्य सूचनाले देउवाकै पद धरापमा, जनार्दन एक सातामै राजीनामा दिँदै !

एनपर्दा संवाददाता
६०८ पटक

काठमाडौं ।

माओवादी नेता जनार्दन शर्मा अर्थ मन्त्रालयमा फर्किएपछि पार्टी वृतमा फेरि हलचल भएको छ । एक गोप्य सूचना लिक भएपछि पार्टी तरंगित भएको हो । जेठ १४ गतेको बजेट हेरफेर प्रकरणलाई छानबिन गर्न गठित संसदीय विशेष समितिका सदस्यसमेत रहेका माओवादी नेता शक्ति बस्नेतले अध्यक्ष प्रचण्डलाई भेटेरै जनार्दनलाई पुनः अर्थमन्त्रीको जिम्मेवारीमा फर्काइनु कुनै पनि बेला आ’त्मघा’ती हुने भन्दै त्यस्तो गल्ती नगर्न सुझाव दिएका थिए ।

माओवादीका एक शीर्षस्थ नेताका अनुसार बस्नेतले संसदीय छानबिन समितिले पाउन नसकेको जेठ १४ गते मध्यरातको सीसीटीभी फुटेज कतिपय दूतावास र शक्तिकेन्द्रमा पुगेको आशं का गर्दै चुनावको मुखमा वा माओवादीलाई अप्ठे रो पार्नका लागि कुनै पनि बेला सार्वजनिक गरिन सक्ने आशंकासमेत प्रचण्डसमक्ष व्यक्त गरेका थिए ।

ती नेताले भने, ‘शक्तिजीले प्रचण्डसँग जनार्दनजीलाई अर्थमन्त्रीमा नफर्काउन सुझाव दिने क्रममा कतिपय महत्वपूर्ण सूचनासमेत दिनुभएको थियो । चुनावको मुखमा वा कुनै पनि बेला त्यसरातको सीसीटीभी फुटेज सार्वजनिक हुँदा प्रधानमन्त्रीले समेत पद त्याग्नुपर्ने अवस्था आउन सक्ने भने पनि प्रचण्डसमेत अदृष्य शक्तिको दबाबमा परेको बुझियो । कतिपय महत्वपूर्ण नीतिगत निर्णय जनार्दनबाटै गराउन बालुवाटारलगायत शक्तिहरू लागे ।

संसदीय समितिले नपाएको फुटेज र कतिपय ‘एभि’डेन्स’ हरू शक्तिकेन्द्रमा पुगेको र कुनै पनि बेला ती सार्वजनिक हुने सम्भावना रहेको संसदीय समितिमा रहेका माओवादीकै सदस्यहरूको ठम्याइ छ । समितिले जनार्दनलाई क्लिन चिट दिएको नभई बाहिरी व्यक्तिको बजेट निर्माणमा संलग्नताको फुटेज नभेटिएको मात्र भनेको उनीहरूको भनाइ छ ।

पुनः अर्थमन्त्री बनेपछि बधाई दिन फोन गर्ने र भेट्ने कतिपय व्यापारिक घरानाका व्यक्तिहरूसँग उनले आफू बढीमा एक सातामात्र अर्थमन्त्रालययमा रहने बताएका छन् ।

‘अध्यक्षले शक्तिको कुरा पनि सुन्नुभयो तर जनार्दनलाई फर्काउनै पर्ने बा ध्यतामा देखिनुभयो । माओवादीविरु’द्ध कुनै पनि बेला प्रयोग गर्नका लागि शक्ति केन्द्रहरुले प्रमाण राखेको आशंका छ’ माओवादीका एक स्थायी कमिटी सदस्यले भने ‘सायद चुनावकै अगाडि गर्नैपर्ने कतिपय नीतिगत निर्णय होलान्, आर्थिक लाभको विषयमा बालुवाटार र खुमलटारबीच गहिरो सम्बन्ध देखियो ।

अर्थमन्त्री शर्मा दलाल पुँजि वादको च’क्रव्यू’हमा फसेको र बजेट निर्माणमा नीतिगत तहबाटै ठूलो कैफियत भएकाले संसदीय समितिको राजनीतिक प्रतिवेदनकै आधारमा जो’खिम नलिन शक्तिले प्रचण्डलाई सुझाव दिएको माओवादी नेताहरू बताउँछन् । जनार्दन कुनै पनि बेला यो प्रक’रणमा फ’स्न सक्ने र अरु धेरै प्रमाण सार्वजनिक हुन सक्ने आशंका समितिमा सदस्य बसेका माओवादी नेताहरूको छ ।

अर्थमन्त्रीका रूपमा दोस्रोपटक सपथ लिएर आइतबार मन्त्रालयमा पुग्दा उनको स्वागतमा सचिव मधु मरासिनी थिएनन् । शर्मा स्वयं पनि खुसी देखिएका थिएनन् भने उनले जुन अभि’योग लागेर आफूले राजीनामा दिएका थिए त्यसबारेमा केही बोलेनन् । उनले औपचारिकताका लागि मन्त्रालयका कर्मचारीले तयार पारेको एउटा फाइल सदर गरेका थिए ।

पुनः अर्थमन्त्री बनेपछि बधाई दिन फोन गर्ने र भेट्ने कतिपय व्यापारिक घरानाका व्यक्तिहरूसँग उनले आफू बढीमा एक सातामात्र अर्थमन्त्रालययमा रहने बताएका छन् । शर्मासँग व्यवसायिक कामले भेट्न खोजेका एक व्यवसायिक घरानाका सदस्यसँग फोनमा कुरा गर्दा उनले आफूले कुनै निर्णय नगर्ने बताएका थिए ।

स्रोतले भन्यो, ‘मन्त्रीज्यूसँग भेटेर कुरा गरौं भन्दा उहाँले म एक सातापछि राजीनामा दिन्छु भन्नुभयो । पदवहाली गर्दा औपचारिकताका लागि फाइलमा सदर गरे पनि कुनै नीतिगत निर्णय आफूले नगर्ने बताउँनुभयो । उहाँले स्केप हुन खोज्नुभएको हो कि साँच्चै इगोका लागिमात्र मन्त्रालयमा केही दिनलाई फर्किनुभएको हो भन्ने बुझ्न सकिएन ।’

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...