News Portal

अन्ततः एमालेसँग गठबन्धन गर्ने/नगर्नेबारे प्रचण्डले गरिदिए छिनोफानो

एनपर्दा संवाददाता
१५६२ पटक

काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेलबारे मुख खोलेका छन् । उनले एमालेसँग गठबन्धन हुन नसक्ने प्रष्ट पारेका हुन् । आज बसेको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राख्दै उनले एमालेसँग सहकार्यको सम्भावना नरहेको बताए ।

सो क्रममा प्रचण्डले अहिलेको पाँच दलीय गठबन्धन नै चुनावसम्म कायम रहने भएकाले दायाँ बायाँ नसोच्न पनि नेताहरुलाई आग्रह गरे । यद्यपि एमालेबाहेकका वामपन्थीहरुको समाजवादी मोर्चा बनाउनेबारे भने छलफल चलिरहेको उनको भनाई छ ।

त्यसअघि बैठकमा नेताहरुले पाँच दलीय गठबन्धन, समाजवादी केन्द्र निर्माण,आगामी संघ र प्रदेशको चुनावी रणनीतिलगायत समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए । त्यस्तै, पदाधिकारी चयनबारे पनि नेताहरुले कुरा राखेको बताइएको छ ।माओवादी स्थायी समिति बैठक भोलि पनि बस्दैछ ।

गठबन्धन लामै समयसम्म कायम रहनेमा प्रचण्ड ढुक्क
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेससँगको गठबन्धनलाई निरन्तरता दिने बताए । आज पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी समितिको बैठकमा बोल्दै प्रचण्डले आगामी निर्वाचनसम्म यही गठबन्धन कामय रहने बताए । उनले विचार मिल्ने सबै वामपन्थी दलहरूसँग कार्यगत एकता गरेर जानेसमेत उल्लेख गरे ।

बैठकमा संगठन सुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे लामो ब्रिफिङ गरिएको थियो । भोलि बिहान ८ बजे पुनः बस्ने बैठकमा पोलिटब्युरो चयनबारे छलफल हुने बताइएको छ ।

शपथलगत्तै पदभारका लागि अर्थ मन्त्रालय पुगे शर्मा
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् ।

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनावश्यक व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।तर, संसदीय समितिले १७ दिन लगाएर छानविन गर्दा निर्दोष सावित भएपछि उनी पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

यो पनि हेर्नुहोस, पेट्रोलियम ढुवानीकर्ताको आन्दोलन : चैतको सम्झौता कार्यान्वयन नहुँदा बल्झियो विवाद
पेट्रोलियम ढुवानी व्यवसायी पछिल्लो ४ महिनाको अवधिमा दोस्रो पटक आन्दोलनमा उत्रिएका छन् । यसअघि, चैत २० गतेदेखि आन्दोलनको घोषणा गरेका ढुवानी व्यवसायीहरूले पुनः सोमबारदेखि आन्दोलनमा होमिने घोषणा गरेका हुन् ।

यसअघि चैत २० गतेदेखि देशभरको सम्पूर्ण पेट्रोलियम कारोबार रोक्ने चेतावनीसहित पेट्रोलियम सम्बन्धी तीन वटा संस्थाले आन्दोलनको घोषणा गरेका थिए । पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन र नेपाल एलपीजी ग्यास उद्योग संघले संयुक्त आन्दोलनको घोषणा गरेका थिए ।

उनीहरूले पेट्रोलियको ढुवानी, बिक्रीवितरण र खाना पकाउने एलपीजी ग्यासको समेत बिक्री÷वितरण रोक्ने चेतावनी दिएका थिए । जसअनुसार केही दिन देशभर पेट्रोलियम पदार्थको अभाव पनि भएको थियो ।

तर, २०७८ चैत १९ गते मध्यरातमा नेपाल आयल निगम र ती संस्थाबीच सम्झौता भएपछि आन्दोलन रोकिएको थियो । तर, निगमले सम्झौता कार्यान्वयन नगरेको भन्दै महासंघ फेरि आन्दोलित बनेको हो ।

यद्यपी, यसपटक नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ एक्लै आन्दोलनमा होमिएको छ । यसअघि संयुक्त आन्दोलनमा उत्रिएका अन्य दुई वटा संस्था भने आन्दोलनमा उत्रिएका छैनन् । पेट्रोलियम डिलर्स र एलपी उद्योग संघले तत्कालिन समयमा राखेका माग केही हदसम्म सम्बोधन भएको छ । जसकारण, ती दुई वटा संस्था आन्दोलनमा नउत्रिएका हुन् ।

महासंघका अध्यक्ष खगेन्द्र बोहोराले पटक–पटकको माग बेवास्ता गरेकाले आन्दोलनमा उत्रिन परेको जानकारी दिए । ‘गत वर्ष २०७८ सालको १० गते नै भाडा समायोजनसम्बन्धी सम्झौता भएको थियो । त्यसपछि, गत वर्षकै चैत १९ गते दोस्रो पटक सम्झौता भयो,’ उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘तर, अहिलेसम्म सम्बोधन भएको छैन ।’

चैत १९ गतेको सम्झौताअनुसार जेठ १५ गतेसम्ममा भाडा समायोजन गरिसक्नुपर्ने थियो । जुन, अहिलेसम्म पनि सम्बोधन नभएकाले आन्दोलनमा उत्रिएको उनको भनाइ छ ।

नेपाल आयल निगम भने सम्झौता कार्यान्वयनको चरणमा रहेको बताउँछ । व्यवसायीसँग भएको सम्झौता कार्यान्वयन गर्नेक्रममा विभिन्न चरणहरू पार गरेर सञ्चालक समितिको बैठकमा पुगिसकेको निगमको भनाइ छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले चैत १९ गते भएको सम्झौता कार्यान्वयनका लागि सञ्चालक समितिको बैठकबाट थप अध्ययनका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पस पुगेको बताए । क्याम्पसमा आवश्यक अध्ययन सकेपछि सम्झौता उद्योग मन्त्रालयको सह–सचिव उर्मिला केसी नेतृत्वको टोली हुँदै पुनः आयल निगमको सञ्चालक समितिमा पुगेको उपाध्यायको भनाइ छ ।

‘ढुवानीकर्तासँग भएको सम्झौता कार्यान्वयको चरणमा छ । यसबीचमा आवश्यक प्रक्रिया पुरा गर्दा भएको ढिलाइलाई व्यवसायीहरूले बुझ्नुहुनेछ आशा छ,’ उपाध्यायले रातोपाटीसँग भने, ‘सञ्चालक समितिबाट पारित हुनसाथ उहाँहरूको माग सम्बोधन हुन्छ ।’

यद्यपी, ढुवानीकर्ता व्यवसायी भने सरकारले पटक–पटकको सम्झौतालाई लत्याएको बताउँछ । महासंघले सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने, २० गतेबाट सम्पूर्ण पेट्रोलियको पीडीओ लोड नगर्ने र २१ गतेबाट ढुवानी नै नगर्ने चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्

करिश्मापछि अर्की चर्चित नायिका एमाले प्रवेश गर्दै, बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट !

काठमाडौं । नायिका करिश्मा मानन्धनर एमालेमा प्रवेश गरेको केही महिनामैँ अर्की नायिका एमालेमा प्रवेश गर्ने...

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...