News Portal

निर्वाचनमा केपी ओलीसँग भिड्छु र हराएर देखाउँछु : रञ्जित तामाङ

एनपर्दा संवाददाता
१०७९ पटक

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता रञ्जित तामाङले आफु नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आउने संघिय निर्वाचनमा भिड्न तयार रहेको बताएका छन् ।

केपी शर्मा ओलीसँग निर्वाचन लड्न आफु तयार भएकाले गठबन्धनले आफुलाई टिकट दिओस् भन्ने कुरा आफु आबद्ध माओवादी केन्द्र पार्टीमा कुरा पनि राखेको दाबी गरेका छन् ।

जसलाई देशको विकास गरोस् भनेर सत्तामा पुर्‍याएको तर उसैले देशमा प्रतिगमन गरेको र संघिय लोकतान्त्रिक गणतन्त्रलाई बचाउँन आफुहरु सडकमा लड्नुपर्ने अवस्था आएको तर विधि र पद्दति भएकाले स्वतन्त्र उम्मेदवारहरुले जसरी उम्मेदवार घोषणा गर्दै हिड्न नमिल्ने बताए ।

‘‘यदि जनताले मलाई मत नदिएर हराएर केपी शर्मा ओलीलाई अनुमोदन गरेको खण्डमा उखान–टुक्का भनेर व्यङ्ग्य गरेर बिभिन्न आराप र टिकाटिप्पणी गर्दिन, सहर्ष स्वीकारर्ने छु ।’’

उनले भने– ‘‘मैले जहाँ यो देशले प्रतिगमनको सामना गर्नुपर्ने, संघिय लोकतान्त्रिक गणतन्त्रलाई पनि बचाउन सडकमा लड्नुपर्ने र जोबाट चाहि हामीले देशको विकास र समृद्धिको अपेक्षा गरेका थियौ, उसले विकास र समृद्धिको विरुद्ध धावा बोल्यो, मैले पार्टीलाई भनेको छु, म केपी ओलीको निर्वाचन क्षेत्रबाट लड्न चाहान्छु । गठबन्धनले मलाई टिकट दिओस्, मैले भनिसकेको छु । गठबन्धनलाई पनि मैले भनिसकेको छु । तर हामी विधि र पद्दतिमा छौं, अब यहाँ कतिपय स्वतन्त्र उम्मेदवारहरुले घोषणा गरे जस्तो घोषणा गर्दै हिड्न मिल्दैन ।

जनताले मलाई हरायो भने, जनताले मलाई मत दिएन भने र केपी ओलीलाई अनुमोदन गर्यो भने, मैले कुनै आरोप र टिकाटिप्पणी यो बिभिन्न उखान–टुक्का भनेर व्यङग्य गर्ने छैन् । सहर्ष स्वीकारर्ने छु ।

पुरानै धारमा सोझियो कोसी, प्रभावितको उद्धार हुँदै
तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ ।विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी आज बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो ।

बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोच हुँदै कोसीले बस्तीतर्फको बाटो सोझ्यायो । पैंतालीस सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । स्थानीय भन्छन्- ‘हिजो बाटो बिराएको भन्नु कि पुरानै बाटो पहिल्याएको ? आज आँगनमै बग्यो कोसी अब हाम्रो हालत के हुने हो ?’

यसरी ३४ वर्षपछि कोसीले पुरानै धार सोझ्याएको छ । स्थानीयको स्मरणमा २०४५ सालको भूकम्पपछि कोसीले बाटो बिराएर आफ्नो धार अन्यत्रै सोझ्याएको थियो । त्यसपछि त्यस्तै २०५०/५२ सालतिरबाट त्यस क्षेत्रमा बस्ती बस्न सुरु भएको थियो ।

अहिले त्यहाँ भरिभराउ घर छन् । यहाँको जनसङ्ख्या १८ हजारभन्दा बढी पुगिसकेको छ । अब अहिले आएर कोसीले फेरि उही पुरानो भङ्गालो पछ्यायो र बस्तीभित्रै छि¥यो ।

यसका कारण त्यस आसपास क्षेत्रका झण्डै दुई हजार परिवार प्रभावित हुन पुगेका छन् । प्रभावित स्थानीयको उद्धार कार्य जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म करिब एक हजार परिवारलाई उद्धार गरिएको छ ।

अझै केही परिवार उद्धारको पर्खाइमा रहेका र उनीहरुको सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार जारी रहेको उनले जानकारी दिए । बेलका नगरपालिकाको वडा नम्बर १, २, ८ र ९ मा कोसीको एउटा भङ्गालो पसेको छ । गत वर्ष पनि सोही क्षेत्रबाट कोसी बस्तीमा प्रवेश गर्न लागेको थियो । त्यसबेला अस्थायी तटबन्धले कोसी रोकिएको थियो तर यसपाली भने कोसी धार परिवर्नत गर्न सफल भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार सो क्षेत्रमा पानीको बहाव रोक्न भन्दै तीन हप्ताअघि रु २० लाख पठाएर काम गरिएको थियो ।

त्यहाँ बनाइएको छेकबारले केही काम गरे पनि त्यसको तल्लो भागबाट कोसी पसेको उनले जानकारी दिए । ‘विसं २०४५ अघि हिँडेको क्षेत्रबाट पुनः कोसी बगेको, त्यहाँको खेतीबाली पुरेको छ, घर पनि डुबानमा छन्, केही टापुमा मानिसहरु असुरक्षित रहेका जानकारी आएको र उद्धार जारी रहेको छ’, पोखरेलले भने, ‘उद्धार गरिएकाको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।’

आज बिहान मात्रै गृहमन्त्री बालकृष्ण खाणले बस्ती स्थानान्तरदेखि उद्धार, राहत कार्य तीव्र बनाउन र आवश्यक परेमा हेलिकप्टर परिचालन गर्ने गरी तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका थिए ।

सोहीअनुसार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको जनाइएको छ । खाद्यान्न, टेन्ट, पिउने पानीलगायत सबै व्यवस्थापनका लगि परिचालन भइसकेको पनि पोखरेलले जानकारी दिए ।

सुरक्षाकर्मीले ¥याफ्टिङको सहयोगमा मानिसको उद्धार गरिरहेको छ । आवश्यकतानुसार सशस्त्र प्रहरी, सेना तथा नेपाल प्रहरी परिचालन गरिएको छ । कटान भएको क्षेत्रमा बहाव कसरी रोक्न सकिन्छ भनेर आवश्यक गृहकार्यसमेत भइरहेको पनि पोखरेलले राससलाई जानकारी दिए ।

विगत केही दिनदेखिको भारी वर्षाले नेपालका अन्य केही जिल्लासमेत प्रभावित बनाएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बासस्थानको आवश्यक व्यवस्थापनमा समन्वयात्मक रुपमा कार्य भइरहेको जानकारी दिए ।

मङ्गलबार चितवनस्थित नारायणी नदीमा समेत बहाव उच्च भएको थियो । पहिरो र गेगर खसेर नारायणगढ मुग्लिन सडक पटकपटक प्रभावित भइरहेको छ । कञ्चनपुर क्षेत्रमा समेत प्रभावित भएको प्राधिकरणले जनाएको छ । डा. भट्टराईका अनुसार मङ्गलबार म्याग्दीमा समेत ठूलो विपद्जन्य घटना भएको छ । त्यहाँ पाँच जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् ।

आज र भोलि बिहीबार पूर्वी नेपालमा वर्षा कम हुने अनुमान गरिएकाले पनि कोसीको बहाव घट्ने आशा गरिएको छ । उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादवले थप पानी परेन भने स्थानीयको व्यवस्थापनमा सहज हुने बताए । उनका अनुसार मानवीय र पशुजन्य क्षति हुन नदिन विशेष सावधानीका साथ उद्धार कार्य चलिरहेको छ ।

केही बस्तीका स्थानीय सर्न नमानेको र त्यस क्षेत्रमा स्थानीय प्रशासन र जनप्रतिनिधि पुगेपछि सार्ने क्रम जारी रहेको जनाइएको छ । अहिले भने पानी पर्ने क्रम रोकिएकाले उद्धार कार्यमा केही सहज भएको जनाइएको छ । उता कोसीको बहाव भने घटेको छैन ।

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...