News Portal

ढिला नगराै‌ अब देशले धान्दैन, ७ ओटै प्रदेश खारेज गरौँ {सहमत हुनेले शेयर गराै‌}

एनपर्दा संवाददाता
२०९५ पटक

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयताले मुलुक आर्थिक संकटमा परेको बताएका छन् । राप्रपा बुटवल उपमहानगर समितिको आयोजनामा बिहीबार भएको सभालाई सम्बोधन गर्दै उनले सामान्य आँखाले हेरेभन्दा देशको अवस्था फरक र ईतिहासकै अ’फ्ठ्यारो अवस्थामा परेको दा’बी गरे

२५ वर्षदेखि नेपाली जनतालाई लोकतन्त्र, गणतन्त्र अनेकतन्त्रको नाममा झु’क्या’एर संघीयता पक्षधरले देश खाएका छन्,’ उनले भने ।देशको सम्पूर्ण राजनीतिक प्रणाली काम नलाग्ने भएको बताउँदै उनले राजनीतिमा भ्र’ष्ट प्रवृत्ति म’हा’रोग भएको बताए ।

५ वर्षका लागि म्यान्डेट पाएको सरकार बीचमा परिवर्तन हुने तथा विभिन्नि समयमा भएका सत्ताको खेलले अहिलेको सं’घी’य तथा राजनीतिक प्रणाली काम नलाग्ने प्रमाणित भएको लिङ्देनको भनाइ छ ।‘मुलुकका संवैधानिक अंगहरुबीच नियन्त्रण र सन्तुलन गु’मेको छ । मुलुक ठूलो दु’र्घ’टनातर्फ बढिरहेको छ ।

न्या’य’पालिका, कार्यपालिका र व्यवस्थापिकाभित्रका गतिविधि तथा आपसी समन्वय र सन्तुलन प्र’ति’कूल देखिएको छ,’उनले भने, ‘देश कुनै पनि बेला श्रीलंका बन्न सक्ने ख’तरामा छ ।’

नेता लिङ्देनले आफ्नो च’क्रब्युह भित्र कै’द गर्ने केही सीमित राजनैतिक नेताहरुलाई मु’क्त गर्न एउटा योजना र संकल्पसहित आफूहरु आएको उनले बताए । देश असफल राष्ट्र हुनबाट बचाउन र युवा उद्यमशीलता बढाउन आफूहरु केन्द्रित रहेको उनले बताए ।

‘कृषिप्रधान देशमा किसानलाई आवश्यक मल, बिउ नै उपलब्ध हुँदैन । उपलब्ध भएपछि उब्जनी भएसँगै त्यसको बजार पाउन नसक्ने अवस्था रहँदैन ।छोराहरु अरबियनको नो’कर बनाउन पठाउनुपर्ने बा’ध्यता छ,’ उनले भने, ‘राप्रपा यो अवस्था हटाउने अभियानमा छ ।’

राजसंस्था र हि’न्दू राष्ट्रको पक्षमा निरन्तर सं’घ’र्ष गर्दै आएका लिङ्देनले यसअघिदेखि नै संघीयता नेपालजस्तो सानो मुलुकका लागि ज्यादै खर्चिलो र अ’ना’वश्यक भएकाले ७ ओटै प्रदेशहरु खारेज गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

अरुको भएको मन्त्रि पदपनि खुस्कियो, प्रधानमन्त्रीमा चाहिँ माधव नेपाल !
स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सरकारको परिवर्तन हुने संकेत देखिएको छ । गत वर्ष (२०७८) असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । त्यसको भोलिपल्टै अर्थात २०७८ असार २९ गते देउवा

प्रधानमन्त्रीमा नियुक्त भएका थिए । देउवाले सरकारको नेतृत्व गरेको आगामी असार २९ गते एक वर्ष पुग्नेछ । देउवालाई प्रधानमन्त्री बनाउनको लागि सबैभन्दा ठूलो राजनीतिक जोखिम एमालेबाट विद्रोह गरेका माधवकुमार नेपालले लिएका थिए ।

उनले आफूहरुको सांसद पदलाई नै जोखिममा राखेर देउवालाई प्रधानमन्त्री बनाउनको लागि पहलकदमी लिएका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेपछि प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग राख्दै प्रतिनिधिसभाका १ सय ४६ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

देउवा प्रधानमन्त्री बन्नुअघि धेरैपटक देउवा निवास बुढानिलकण्ठमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल धाएका थिए । दाहाल र नेपालले देउवालाई प्रधानमन्त्री बन्नको लागि आग्रहमात्रै नगरेर सत्ताको नेतृत्वसम्बन्धी महत्वपूर्ण समझदारी पनि भएको अहिले गाईँगुँई चल्न थालेको छ ।

खासगरी देउवाले स्थानीय तहको निर्वाचनसम्म सरकारको नेतृत्व गर्ने र त्यसपछि सरकारको नेतृत्वमा माधव नेपाललाई ल्याउनेगरि त्यतिवेला सहमति भएको विशेत्र सूत्रले दाबी गरेको छ ।

अब संघ र प्रदेशको निर्वाचन हुँदैछ । संघीय संसद्को निर्वाचन अगावै सरकारको नेतृत्व परिवर्तनको बहस चल्न थालेको छ। खासगरी प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवासामू पहिले भएको समझदारी पालनामा जोड दिन थालेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...