
काठमाडौं ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा प्रतिष्ठित समाजसेवी, शिक्षासेवी तथा अन्य पार्टीबाट डेढ सयभन्दा धेरैलाई एमाले प्रवेश गराएका छन् ।
शुक्रबार दिउँसो एक कार्यक्रमका लागि विराटनगर पुगेका ओलीले त्यहाँका केही प्रतिष्ठित व्यक्तिहरुलाई एमाले प्रवेश गराएका हुन् । शुक्रबारको कार्यक्रमबाट यसअघि राप्रपामा रहेका तथा शिक्षासेवी भगवान थापा पनि एमाले प्रवेश गरेका छन् ।
त्यस्तै, लोसपा नेता नन्दलाल मण्डल, नेकपा माओवादी केन्द्रका नेता तथा ६ नम्बर वडाका पूर्वअध्यक्ष विजय कामतलगायत १ सय ५० भन्दा बढी व्यक्ति विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका हुन् ।
यो पनि पढ्नुहोस
भाग्यमानी एमाले : ‘गोला प्रथाबाटै चुनिए एमालेबाट ३ जना जिसस प्रमुख काठमाडौं । एमाले र गठबन्धनको बराबरी मत आएपछि गोला तान्दा एमालेबाट ३ जना जिसस प्रमुख विजयी भएका छन् । गोला तान्दा एमाले भाग्यमानी सावित भएको छ ।
१.भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका ईश्वर थापा गोला प्रक्रियाबाट निर्वाचित भएका छन् । भक्तपुरमा जिसस बनाउन कुनै पनि दलको बहुमत थिएन ।
एमालेका तीन,कांग्रेस माओवादी गठबन्धनको ३ र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको थियो । एमाले र गठबन्धनको बराबरी मत आएपछि गोला तान्दा एमालेका ईश्वर थापा विजयी भएका हुन् ।
त्यस्तै उपप्रमुखमा गोला तान्दा कांग्रेसकी सुजाते बादे श्रेष्ठ निर्वाचित भएकी छन् । कांग्रेसबाट उपप्रमुखसहित एक सदस्य जित्दा एमालेले प्रमुखसहित ५ सदस्य जितेको छ ।
२. कपिलवस्तुको जिसस प्रमुखमा नेकपा एमालेका बाबुराम आचार्यले गोला प्रथाबाट जितेका छन् । उपप्रमुखमा एमाले-लोसपा- राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भए ।
२० मत रहेका जिससका लागि भएको मतदानमा बराबरी १०-१० मत आएपछि गोलाबाट छिनोफानो गरिएको हो । त्यसैगरी मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको छ ।
३. रसुवा जिल्ला समन्वय प्रमुखमा नेकपा एमालेका अशोककुमार घिमिरे निर्वाचित भएका छन् । समन्वय समितिमा एमाले र इतरको गठबन्धन बनेको थियो ।
शनिवार भएको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारले बराबर मत ल्याएपछि भएको गोला तान्दा प्रमुख उपप्रमुखसहित एमालेले ५ सदस्य तथा कांग्रेसले ४ सदस्य जितेको हो ।
उसो भए उनीहरु स्वयम्का लागि आउँदो आमचुनाव कति चुनौतीपूर्ण होला ?देउवाका ६ दबाव
कांग्रेसको सभापतिमा दोस्रोपटक प्रतिस्पर्धा गर्दै गर्दा शेरबहादुर देउवाले निकटस्थहरुसँग आउँदो चुनावमा पार्टीलाई पहिलो बनाउने आफ्नो लक्ष्य रहेको बताएका थिए । ०७४ को प्रतिनिधिसभा चुनावमा पार्टीको खराब रिजल्ट उनकै कारणले आएको आरोप खेपिरहेका देउवा राजनीतिको उत्तरार्ध र पार्टी नेतृत्वको सम्भवत: अन्तिम कार्यकालमा आफूले बिगारेको भनिएको पार्टीको पोजिसन फिर्ता गर्न चाहन्छन् ।
हुन त उनले यसअघि सरकारमा रहँदा कमाएको बदनामी पनि यसैपटक पखाल्न चाहेका थिए, तर सरकारको विवादास्पद छविको विरासतले यसपल्ट पनि सुरुदेखि नै प्रकट हुन थाल्यो । त्यसैले केन्द्रीय समिति बैठकले निर्णय गरेझैं पार्टीलाई पहिलो दल बनाउने लक्ष्यका सामु देउवाका अघिल्तिर मुख्यतः ६ चुनौती देखिन्छन् ।
नेपाली कांग्रेसका लागि चुनावपूर्व नै गठबन्धन गर्ने राजनीति नयाँ हो । तालमेल गर्दा पार्टी कस्तो मनोदशामा रहन्छ भन्ने गत स्थानीय तहको भरतपुर महानगरमा कांग्रेसका नेता कार्यकर्ताहरुले गरेको व्यवहार सम्झे पुग्छ । त्यसैले कांग्रेसले जसरी पनि तालमेल गरेर जाने हो भने पार्टी पंक्तिलाई मनोवैज्ञानिक रुपमै त्यसका लागि तयार गर्नुपर्ने पहिलो चुनौती छ ।पार्टीभित्रको समस्या समाधान गरेर मात्रै देउवालाई यसपालि पुग्ने छैन । गठबन्धनमा रहेका दलहरुसँग भागवन्डा कसरी र कहाँ गर्ने भन्ने कुरा उनका सामु अर्काे सकस हो ।
त्यसको संकेत गत केन्द्रीय समिति बैठकमा देखिइसकेको पनि छ । त्यतिखेर बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले आउँदो चुनावमा तालमेल आवश्यक रहे पनि आफ्नो निर्वाचन क्षेत्रमा भने आवश्यक नरहेको र एक्लै जित्न सक्ने बताएका थिए । त्यसैले तालमेल अहिलेका लागि आवश्यकीय राजनीति हो भनेर देउवाले पार्टी पंक्तिलाई प्रशिक्षित गर्न सकेनन् भने नेताहरुले माथि–माथि गठबन्धन गरे पनि चाहेझैं भोट नआउन सक्छ, जुन दृश्य स्थानीय तहको निर्वाचनमा देखिसकिएको छ ।
यसरी पार्टी पंक्तिलाई मनोवैज्ञानिक रुपमा तयारी अवस्थामा राखेपछि देउवाले पार्टीभित्रका विभिन्न विचारसमूहलाई समेटेर अघि बढ्नुपर्ने हुन्छ । सबै समूहलाई समानुपातिक रुपमा सहभागी नगराइए पार्टीभित्र अर्काे लडाईं सुरु हुने संकेत संस्थापन इतरका नेताहरुले दिइसकेका छन् । देउवाले सबै विचार समूह समेट्न सकेनन् भने उनको पार्टीभित्र अन्तरविरोध र अन्तर्घातको श्रृंखला दोहोरिन सक्छ, जुन पार्टीलाई पहिलो शक्ति देउवा चाहनाको अवरोधक हो ।
गठबन्धनमा गएर राजनीतिक भागवण्डा गरिसकेपछि देउवाका सामु अर्काे तेस्रो चुनौती खडा हुने छ, नेतृत्वको व्यवस्थापन कसरी गर्ने ? उदाहरणका लागि स्याङ्जामा गोपालमान श्रेष्ठलाई अन्तिम कार्यकालका लागि उठाउने या धनराज गुरुङलाई पहिलोपटक टिकट दिन्ने भन्नेजस्ता विषयको अलमलमा देउवा धेरैतिर उभिनुपर्ने हुन्छ । चुनावका बेला आफ्ना नेता कार्यकर्ताको मन नदुख्ने गरी भागवण्डा गर्नु उनका लागि ठूलो चुनौती हो ।
पार्टीभित्रको समस्या समाधान गरेर मात्रै देउवालाई यसपालि पुग्ने छैन । गठबन्धनमा रहेका दलहरुसँग भागवन्डा कसरी र कहाँ गर्ने भन्ने कुरा उनका सामु अर्काे सकस हो । आफू पहिलो दल बन्नैपर्ने र त्यसका लागि सत्ता गठबन्धनमा रहेका दलहरुको साथ लिनै पर्ने देउवाको अर्को चुनौती छ । जुन कहाँ कहाँका कति सिट कसको भागमा पार्ने भन्नेसँग सम्बन्धित छ ।
‘देउवा, ओली, प्रचण्डका लागि यो चुनाव संभवतः अन्तिम चुनाव हो । अनि हाम्रो लागि प्रारम्भको चुनाव हो’, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘यो अन्तिम चुनावको नेतृत्व गरेकाले हाम्रो सभापति देउवाले चुनावमा पार्टीलाई पहिलो बनाउने गरी अघि बढ्नुपर्नेछ । त्यसका लागि कांग्रेसले आउँदो भदौ २ गतेदेखि चुनावी अभियान नै सुरु गर्दैछ ।’