News Portal

देश घाती नागरिकता विधेयक राजा विरेन्द्रले रोकेको जस्तै राष्ट्रपतिले रोकिन् {शेयर गराैँ}

एनपर्दा संवाददाता
१७७ पटक

काठमाण्डाै ।

नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता विधेयकमा राष्ट्रपति विद्या भण्डारी नै अनिर्णीत बनेकी छन् । संसदका दुबै सदनले पारित गरेपछि गत आइतबार नै प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले विधेयक प्रमाणित गरेका थिए ।

त्यसको अर्को दिन सोमाबार नै संसद सचिवालयले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको हो । ४ दिन बितिसक्दा पनि उनले प्रमाणिकरण नगरेर रोकेर राखेकी छन्।

नागरिकता विधेयक सरकारमा हुँदा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अध्यादेश अनुरुप नै बनाएको भए पनि एमालेले विरोध जनाएको थियो । त्यसैक्रममा विधेयकप्रति राष्ट्रपतिको पनि असन्तुष्टि सार्वजनिक भएको थियो ।

संसदले पारित गरेर पठाएको विधेयकसमेत पुनर्विचारका लागि सरकारलाई पठाउने संवैधानिक अधिकार राष्ट्रपतिलाई छ । तर, त्यो अधिकार नकुरी असन्तुष्टि सार्वजनिक भएपछि राष्ट्रपतिले विधेयक प्रमाणित नगर्ने धेरैको अनुमान थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिलेसम्म राष्ट्रपति भण्डारी प्रमाणित गर्ने कि पुनर्विचारका लागि पठाउने भन्ने निर्णयमा पनि पुगिसकेकी छैनन् । “संसदबाट विधेयक आएको चारदिन भएको छ । अहिलेसम्म प्रमाणिकरण गरेर जारी गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउने भन्ने कुनै निर्णय भएको छैन।

राष्ट्रपतिको निजी सचिवालयका एक सदस्यले भने, “पुनर्विचारका लागि पठाउने राष्ट्रपतिको स्वविवेकीय अधिकार हो । १५ दिनसम्म उहाँलाई समय हुन्छ । त्यतिञ्जेलसम्म उहाँले निर्णय लिनुहुनेछ ।”

ती सदस्यका अनुसार विधेयकका विषयमा व्यापक विरोध भएकाले राष्ट्रपतिलाई निर्णय गर्न केही समय लिनुपरेको हो । अंगीकृत नागरिकका सन्तानलाई पनि वंशजको नागरिकता दिनेगरी संविधान जारी भएको झण्डै सात वर्ष भएको छ ।

यसबीचमा नागरिकता विधेयक जारी नहुँदा जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तान नागरिकताको अधिकारबाटै बञ्चित भएका छन् । यससँगै वैवाहिक अंगीकृतलाई नागरिकता दिन समयसीमा नराखिएको भन्दै सडकमा समेत विरोध भइरहेको छ ।

नागरिकताका विषयमा अनेक तर्क आइरहेका बेला राष्ट्रपतिबाटै असन्तुष्टि आएपछि विरोधीहरू थप उत्साही भएका थिए । अहिले पनि राष्ट्रपति भण्डारी एमालेसहित विरोधी स्वर सुनिरहेकाले विधेयक प्रमाणीकरण गरेर जारी गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाएर विरोधी स्वरको प्रतिनिधित्व गर्ने भन्ने विषयको निर्णयमा पुग्न ढिला गरिरहेकी छन् ।

उसो भए उनीहरु स्वयम्का लागि आउँदो आमचुनाव कति चुनौतीपूर्ण होला ?देउवाका ६ दबाव
कांग्रेसको सभापतिमा दोस्रोपटक प्रतिस्पर्धा गर्दै गर्दा शेरबहादुर देउवाले निकटस्थहरुसँग आउँदो चुनावमा पार्टीलाई पहिलो बनाउने आफ्नो लक्ष्य रहेको बताएका थिए । ०७४ को प्रतिनिधिसभा चुनावमा पार्टीको खराब रिजल्ट उनकै कारणले आएको आरोप खेपिरहेका देउवा राजनीतिको उत्तरार्ध र पार्टी नेतृत्वको सम्भवत: अन्तिम कार्यकालमा आफूले बिगारेको भनिएको पार्टीको पोजिसन फिर्ता गर्न चाहन्छन् ।

हुन त उनले यसअघि सरकारमा रहँदा कमाएको बदनामी पनि यसैपटक पखाल्न चाहेका थिए, तर सरकारको विवादास्पद छविको विरासतले यसपल्ट पनि सुरुदेखि नै प्रकट हुन थाल्यो । त्यसैले केन्द्रीय समिति बैठकले निर्णय गरेझैं पार्टीलाई पहिलो दल बनाउने लक्ष्यका सामु देउवाका अघिल्तिर मुख्यतः ६ चुनौती देखिन्छन् ।

नेपाली कांग्रेसका लागि चुनावपूर्व नै गठबन्धन गर्ने राजनीति नयाँ हो । तालमेल गर्दा पार्टी कस्तो मनोदशामा रहन्छ भन्ने गत स्थानीय तहको भरतपुर महानगरमा कांग्रेसका नेता कार्यकर्ताहरुले गरेको व्यवहार सम्झे पुग्छ । त्यसैले कांग्रेसले जसरी पनि तालमेल गरेर जाने हो भने पार्टी पंक्तिलाई मनोवैज्ञानिक रुपमै त्यसका लागि तयार गर्नुपर्ने पहिलो चुनौती छ ।पार्टीभित्रको समस्या समाधान गरेर मात्रै देउवालाई यसपालि पुग्ने छैन । गठबन्धनमा रहेका दलहरुसँग भागवन्डा कसरी र कहाँ गर्ने भन्ने कुरा उनका सामु अर्काे सकस हो ।

त्यसको संकेत गत केन्द्रीय समिति बैठकमा देखिइसकेको पनि छ । त्यतिखेर बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले आउँदो चुनावमा तालमेल आवश्यक रहे पनि आफ्नो निर्वाचन क्षेत्रमा भने आवश्यक नरहेको र एक्लै जित्न सक्ने बताएका थिए । त्यसैले तालमेल अहिलेका लागि आवश्यकीय राजनीति हो भनेर देउवाले पार्टी पंक्तिलाई प्रशिक्षित गर्न सकेनन् भने नेताहरुले माथि–माथि गठबन्धन गरे पनि चाहेझैं भोट नआउन सक्छ, जुन दृश्य स्थानीय तहको निर्वाचनमा देखिसकिएको छ ।

यसरी पार्टी पंक्तिलाई मनोवैज्ञानिक रुपमा तयारी अवस्थामा राखेपछि देउवाले पार्टीभित्रका विभिन्न विचारसमूहलाई समेटेर अघि बढ्नुपर्ने हुन्छ । सबै समूहलाई समानुपातिक रुपमा सहभागी नगराइए पार्टीभित्र अर्काे लडाईं सुरु हुने संकेत संस्थापन इतरका नेताहरुले दिइसकेका छन् । देउवाले सबै विचार समूह समेट्न सकेनन् भने उनको पार्टीभित्र अन्तरविरोध र अन्तर्घातको श्रृंखला दोहोरिन सक्छ, जुन पार्टीलाई पहिलो शक्ति देउवा चाहनाको अवरोधक हो ।

गठबन्धनमा गएर राजनीतिक भागवण्डा गरिसकेपछि देउवाका सामु अर्काे तेस्रो चुनौती खडा हुने छ, नेतृत्वको व्यवस्थापन कसरी गर्ने ? उदाहरणका लागि स्याङ्जामा गोपालमान श्रेष्ठलाई अन्तिम कार्यकालका लागि उठाउने या धनराज गुरुङलाई पहिलोपटक टिकट दिन्ने भन्नेजस्ता विषयको अलमलमा देउवा धेरैतिर उभिनुपर्ने हुन्छ । चुनावका बेला आफ्ना नेता कार्यकर्ताको मन नदुख्ने गरी भागवण्डा गर्नु उनका लागि ठूलो चुनौती हो ।

पार्टीभित्रको समस्या समाधान गरेर मात्रै देउवालाई यसपालि पुग्ने छैन । गठबन्धनमा रहेका दलहरुसँग भागवन्डा कसरी र कहाँ गर्ने भन्ने कुरा उनका सामु अर्काे सकस हो । आफू पहिलो दल बन्नैपर्ने र त्यसका लागि सत्ता गठबन्धनमा रहेका दलहरुको साथ लिनै पर्ने देउवाको अर्को चुनौती छ । जुन कहाँ कहाँका कति सिट कसको भागमा पार्ने भन्नेसँग सम्बन्धित छ ।

‘देउवा, ओली, प्रचण्डका लागि यो चुनाव संभवतः अन्तिम चुनाव हो । अनि हाम्रो लागि प्रारम्भको चुनाव हो’, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘यो अन्तिम चुनावको नेतृत्व गरेकाले हाम्रो सभापति देउवाले चुनावमा पार्टीलाई पहिलो बनाउने गरी अघि बढ्नुपर्नेछ । त्यसका लागि कांग्रेसले आउँदो भदौ २ गतेदेखि चुनावी अभियान नै सुरु गर्दैछ ।’

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...