News Portal

प्रचण्डले यहाबाट चुनाव लड्ने तयारि गरिरहेका छन् ! हुनेभयो सबैलाई सरप्राइज

एनपर्दा संवाददाता
१३२३ पटक

काठमाडौं ।

पार्टी नेताहरूले पूर्वी रुकुम वा रोल्पाबाट चुनाव लड्न गरेको प्रस्तावलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् । उनले आफू चितवनबाटै चुनाव लड्ने बताएका छन् । प्रचण्डविरुद्ध मोर्चाबन्दी हुनसक्ने भन्दै पार्टीकै नेताहरुले उनलाई सहज निर्वाचन क्षेत्र रोज्न प्रस्ताव गरेका थिए ।

पूर्वी रुकुम, रोल्पा र रुकुम माओवादीको आधार क्षेत्र मानिँदै आएको छ । रोल्पाबाट वर्षमान पुन र रुकुमबाट जनार्दन शर्मा सांसद छन् । पूर्वी रुकुममा माओवादीका स्थापित नेता छैनन् । तर, माओवादी प्रभाव भने बलियो रहेको नेताहरू बताउँदै आएका छन् ।

माओवादीका एक शीर्ष नेताले भने, “हामीले कमरेड प्रचण्डलाई निर्वाचन क्षेत्र सार्ने कि भनेर प्रस्ताव गरेका थियौं । उहाँले चितवन नछाड्ने भन्नुभयो । उहाँ चितवनबाटै चुनावमा प्रतिस्पर्धा गर्नुहुन्छ ।”यसअघि प्रचण्ड विभिन्न जिल्लाबाट चुनाव लडिसकेका छन् । पछिल्लो समय उनको सक्रियता चितवनमै बढ्दै गएको छ ।

भर गठबन्धनकै
दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्ड अहिले सत्ता गठबन्धनका प्रमुख नेतामध्येका एक हुन् । अहिले कांग्रेससहितको गठबन्धन कायम छ । अहिलेकै सत्ता गठबन्धन चुनावसम्म सहकार्य गर्ने मुडमा देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपालले सत्ता गठबन्धनमै जोड दिँदै आएका छन् ।

तर, वाम एकताका लागिसमेत केही नेताहरू सक्रिय छन् । यस्तो अवस्थामा अहिले नै चुनावमा कस्तो गठबन्धन हुन्छ भनेर यकिन गर्न कठिन भएको नेताहरूको भनाइ छ ।

तर, कांग्रेससँगकै गठबन्धनले निरन्तरता पाउने सम्भावना बढी देखिन्छ । प्रचण्डले कांग्रेससँग मिलेर चुनावमा गए दोस्रो दल बन्ने सम्भावना रहेको बताउँदै आएका छन् ।

दुईपटक प्रधानमन्त्री भइसकेका मओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पछिल्लो समयमको निर्वाचन क्षेत्र चितवनको क्षेत्र नम्बर–३ हो । यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन् ।

०७९ को स्थानीय तह निर्वाचनको परिणाममा यो क्षेत्रमा माओवादी केन्द्र कमजोर देखिन्छ । गठबन्धन गरेर भरतपुरमा महानगरपालिकाको प्रमुख माओवादीले जितेको थियो भने माडी नगरपालिका पराजित भएको थियो ।तर, नेताहरु प्रचण्ड राष्ट्रिय व्यक्तित्व भएकाले स्थानीय चुनावजस्तो संघको चुनाव नहुने दाबी गर्छन् ।

२०७४ मा भएको निर्वाचनमा प्रचण्ड वाम गठबन्धनको सहयोगमा चितवनको क्षेत्र नम्बर–३ बाट चुनाव लडेका थिए । उनले ४८ हजार २७६ मत ल्याएका थिए । कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सघाउँदा ३८ हजार ९३५ मत आएको थियो ।

यो पनि हेर्नुहोस, पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताए ।सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए ।

“अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाइ हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन । ७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छोड्न नै दिएको छैन । यसपटकको चुनावमा त लड्नैपर्छ । जित्नैपर्छ । राजनीतिलाई एउटा मोडमा पुर्‍याउनैपर्छ,” उनले भने ।अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने पनि बताए ।

मंसिर ४ लाई अर्जुनदृष्टि लगाएर काम गर्छौं : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अर्जुनदृष्टि लगाएर काम गर्ने बताएका छन् ।

सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै आज आयोजित पत्रकार सम्मेलनमा उनले स्वच्छ निर्वाचन गर्ने प्रतिबद्धता जनाए । उनले निर्वाचन मिति घोषणा अपेक्षित भएको पनि बताए ।

“यो अपेक्षित र नियमित विषय नै थियो भन्ने आयोगको बुझाइ छ । आयोगले परामर्श गरेसँगै आन्तरिक तयारीमा जुटेको थियो । हामीले आवश्यक प्रक्रिया प्रारम्भ गरिसकेका थियौँ,” थपलियाले भने, “१०७ दिनको अवधि भएपनि आयोगले आगामी मंसिर ४ लाई अर्जुनदृष्टि लगाएर काम गर्नेछ । भयरहित, स्वच्छ मतदान सम्पन्न हुनेछ ।”ठुला चाडपर्व परेकाले केही समस्या आउन सक्ने उनको भनाइ छ ।

गठबन्धन संसदीय मूल्य र मान्यताविपरीत, मंसिर ४ गते जनताले उचित फैसला गर्छन् : सुवास नम्वाङ
नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन संसदीय मूल्य र मान्यताविपरीत रहेको बताएका छन् । प्रेस चौतारी नेपाल रूपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेम्वाङले गठबन्धनको क्रियाकलापलाई मंसिर ४ गते हुने निर्वाचनबाट जनताले उचित फैसला गर्ने पनि बताृए ।

सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै छलफलसमेत नगरी छापामार शैलीमा निर्वाचन घोषणा गरेको उनको भनाइ छ । उनले निर्वाचन समयमा नै हुनेमा आशंका देखिएको र एमालेको दबाबपछि नै सरकारले मिति घोषणा गरेको जिकिर गरे ।

संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उनले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले निर्वाचनमा आफ्ना एजेन्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको र आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको धारणा राखे ।

पार्टीले निर्वाचनको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उनले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...