News Portal

हामीले नबनाएको देश, एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्दैमा बन्दैन : एमाले अध्यक्ष ओलि

एनपर्दा संवाददाता
३११ पटक

काठमाण्डाै ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले केही गरेनन् अब स्वतन्त्रले गर्छ भनेर हल्ला चलाइदिने गरेको आरोप लगाएका छन् ।एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै ओलीले छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन नसक्ने बताए ।

‘स्वतन्त्रहरुका सोच हुन्छन् कि हुँदैनन् ?’ ओलीले भने, ‘हुन्छन् भने बेग्लाबेग्लै सोचका मान्छेहरु आएर एउटै तालमा कसरी जान्छन् ?’सरकारमा पुग्न मात्र स्वतन्त्र भनेको हो कि भन्ने प्रश्न गर्दै ओलीले भने, ‘सरकारमा पुगेपछि कसको सोच कसले मान्ने ? हुने कुरै होइन त्यो, तर एउटा हल्ला के चलाइदिन्छ भने स्वतन्त्र भनेर चलाइदिन्छ, संभव हुने कुरै होइन त्यो ।’ओलीले अबको मुख्य केन्द्र संघ र प्रदेश सभाको निर्वाचन रहेको भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन् ।

‘अबको मुख्य केन्द्र निर्वाचन हो । यो निर्वाचन एउटा मौका हो । यो हाम्रा निम्ति बहुतै चुनौतीपूर्ण छ । देशको आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो,’उनले भने,’ राष्ट्रिय आकांक्षा प्राप्त गर्ने गन्तव्य बनाएर अघि बढाउनुपर्नेछ ।’ अध्यक्ष ओलीले राज्य लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए।

ओलीले भने, ‘उपयुक्त सरकार बनाउनुपर्छ । त्यसले मात्रै देश आधुनिकीकरणतर्फ उन्मुख हुन्छ । बहुसंख्यक जनताको साथ र समर्थक पाउनुपर्छ । कम्तिमा हामीलाई दुई तिहाइ बहुमत चाहिने हो । तर सम्भावना कम छ।’

चुनावी तालमेलबारे रणनीति
असार २७ गते सुरु भइ साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट काँग्रेस आम चुनावमा पनि पाँच दलीय गठबन्धनसँग चुनाव तालमेलको पक्षमा उभिएको छ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा काँग्रेस पाँच दलीय गठबन्धनमा सहभागी भएको थियो । कतिपय स्थानीय तहमा गठबन्धनसहित निर्वाचनमा भाग लिएको काँग्रेसले तालमेलबाट प्राप्त परिणामप्रति सन्तोषजनक जनाएको छ ।

संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न पाँच दलीय चुनावी तालमेल गरेर अघि बढ्ने काँग्रेसको संस्थागत निर्णय छ । यस्तै काँग्रेसले आगामी निर्वाचनमा तालमेलमार्फत बहुमत ल्याउनेसम्मको लक्ष्य राखेको छ ।

पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा प्रस्तुत हुनुपर्ने काँग्रेसको ठहर छ ।

तालमेल गर्दा मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवाद मार्फत निष्कर्षमा पुग्ने काँग्रेसले जनाएको छ ।

यता माओवादी केन्द्रले आम निर्वाचनपछि दोस्रो पार्टी हुने गरी गठबन्धन गरेर जाने नीति लिएको छ । माओवादी दोस्रो दल बनाउने गरी काँग्रेसका नेताहरूसँग समझदारी समेत बनाएको सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी छ ।

​प्रचण्डका अनुसार अहिले तेस्रो दलका रुपमा रहेको माओवादी केन्द्र आगामी निर्वाचनमा गठबन्धनको साथमा दोस्रो हुने गरी चुनावी तालमेलको रणनीति अख्तियार गरिएको छ ।

गत शनिवार काठमाडौंमा आयोजित माओवादी केन्द्रको प्रदेश समन्वय समितिको कार्यक्रममा उनले दोस्रो हुने गरी मात्र तालमेल हुने बताएका थिए । उनले भनेका थिए, ‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ, मैले नेपाली काँग्रेसको नेतासँग कुरा गर्दा भनेको छु ।’

यस्तै नेकपा एकीकृत समाजवादीले पनि गठबन्धन गरेर जाने नीति लिएको छ । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालका अनुसार साउन ३ मा काठमाडौंमा बसेको सचिवालय बैठकले चुनावमा पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताका लागि पहल गर्ने निर्णय गरेको थियो ।

आम चुनावमा नयाँ धरातलबाट गठबन्धनलाई कसरी अघि बढाउने एकीकृत समाजवादीको रणनीति छ । यसबारे एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल समेत भएको छ । बैठकले पाँच दलीय गठबन्धनको विकल्प नभएको निष्कर्ष निकालेको छ । पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनमा विकल्प नभएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ ।

गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएको भन्दै उनले आफ्नो पार्टीले संघ र प्रदेशको निर्वाचनमा सोचेभन्दा बढी सिट हासिल गर्ने बताए । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा पनि सत्ता गठबन्धनकै पक्षमा छन् । सत्ता गठबन्धन दलहरु आन्तरिक रणनीति बनाएर चुनावी तालमेलको पक्षमा संस्थागत रुपमा उभिएको अवस्था छ ।

दाबी आ–आफ्नो
१६५ निर्वाचन क्षेत्र मध्ये ९९ सिट आफूलाई राख्ने गरी तालमेलको प्रस्ताव अगाडि सार्ने काँग्रेसको तयारी छ । यता माओवादी केन्द्रले ५० सिटको दाबी गरेको छ । यस्तै एकीकृत समाजवादी २५ र जसपा १५ सिट पाउनुपर्ने अडानमा छ ।

राष्ट्रिय जनमोर्चाको एउटा सिट निश्चित जस्तै छ । माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको ९१ सिटको दाबी गर्दा ७५ सिट बाँकी रहन्छ । त्यसमा बाबुराम भट्टराईको नेतृत्वमा नवगठित नेपाल समाजवादी पार्टीलाई पनि समेटर जानुपर्ने गठबन्धनलाई चुनौती छ ।

अहिले दलहरुले आआफ्नो दाबी राखे पनि सबैले कम्प्रमाइज गर्ने गठबन्धनका नेताहरु बताउँछन् । सबै पार्टीको ५–१० सिट तलमाथि हुने सक्ने नेताहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...