News Portal

ओली फेरि प्रधानमन्त्री बन्नुपर्छ र मात्र समृद्ध नेपाल निर्माण संभव छ: सुनीता डंगोल

एनपर्दा संवाददाता
९१९ पटक

काठमाडौं ।

नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखकी उमेदवार सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन् ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन् ।“समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ ।

फेरि विकासको लहर आउनुपर्छ । नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाउनुपर्छ । पुनः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ,” उनले भनिन्, “देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ ।

समृद्ध नेपाल, सुखी नेपालीलाई नारामा होइन, यथार्थमा बदल्न यो आवश्यक छ ।”आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ७० प्रतिशत स्थानमा विजयी हासिल गर्नुपर्ने उनले बताइन् ।अबको संघीय निर्वाचनबाट एमालेले दुईतिहाइ बहुमत ल्याउनुपर्ने र त्यसको आधार स्थानीय निर्वाचन भएको उनको भनाइ छ ।

मुलुक गम्भीर संकटमा पर्दैछ अर्थात राजसंस्था फर्किन्छ भन्ने सूचना पाएको छु: डा. बाबुराम
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन् ।

सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’सँगको कुराकानीमा डा. भट्टराईले यो कुरा उल्लेख गरेका हुन् ।

वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ डा. भट्टराइले भनेका छन्, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’

उनले देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको बताएका छन् ।

‘त्यसैले मसँग भएका सूचना मैले कुनै दिन नेपाली जनतालाई बताउनुपर्छ । यो देशको कुर्सीमा बसेको प्रधानमन्त्री केपी ओलीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो ।’ भट्टराईले ओलीसँगको मध्यरातको भेटबारे बताएका छन् ।

सो सूचनाको आधारमा देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेको उनको दावी छ ।

‘तपाईंले मार्ग प्रशस्त गर्नुस् एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर जाउँ, पूर्व प्रधानमन्त्रीहरु आकाँक्षी बन्नु हुँदैन, सबैलाई मान्य हुने व्यक्ति खोजेर देशलाई निकास दिउँ भन्न म गएको हुँ,’ उनले भने, ‘मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा त्यस्तो कुनै घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सूचित गरेको हो । तर मैले त्यस्तो गम्भीर विषय उठाउँदा उनले विषयान्तर गरे ।’

देशभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन अनुसार पाँच पुसदेखि जेठ ८ गते मध्यरातसम्मका परिघटना भएको भट्टराईको दाबी छ । उनले घुमाउरो पारामा देशमा फेरि राजसंस्था फर्किन सक्ने बिचार व्यक्त गरेको प्रष्ट बुझ्न सकिन्छ जुन हुन पनि सक्छ नहुन पनि सक्छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...