News Portal

केपी ओलीको निगरानी गर्न चार जना गुप्तचर, ‘फोन ट्यापिङ’ !

एनपर्दा संवाददाता
२९७ पटक

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।सरकारले ‘फोन ट्यापिङ’ गरिरहेको भन्दै ओलीले आफ्नो पछाडी सरकारले गुप्तचर छोडेको समेत बताए ।

विदेशी र नेपाली सञ्चारमाध्यमका केही पत्रकारहरूसँग बिहीबार गरेको अन्तरक्रियामा अध्यक्ष ओलीले आफ्नो घर अघिल्तिर चार जना गुप्तचर परिचालन गरेको दाबी गरे ।ओलीले त्यतिमात्र होइन अहिलेको सरकारले जनताको समेत फोन ट्यापिङ गरिरहेको गम्भीर आरोप सरकारलाई लगाए ।

उनले जनतालाई सरकारले नै ब्ल्याकमेलिङ् गरिरहेको समेत बताए । ‘नागरिकको वैयक्तिक जीवनमै हस्तक्षेप गर्ने? अहिले सरकारले जनताको फोन नै ट्यापिङ् गरिरहेको छ। यस्तो गर्न मिल्छ?’

उनले भनेका थिए, ‘हेर्नुस् मेरो घर अघिल्तिर चार जना गुप्तचर राखेको छ सरकारले। राज्य संयन्त्रले मेरा विरुद्ध गुप्तचर नै परिचालन गरेको छ। यसरी ब्ल्याकमेलिङ् गर्ने? ब्ल्याकमेलर सरकार होइन त यो?’

मुलुक गम्भीर संकटमा पर्दैछ अर्थात राजसंस्था फर्किन्छ भन्ने सूचना पाएको छु: डा. बाबुराम
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन् ।

सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’सँगको कुराकानीमा डा. भट्टराईले यो कुरा उल्लेख गरेका हुन् ।

वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ डा. भट्टराइले भनेका छन्, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’

उनले देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको बताएका छन् ।

‘त्यसैले मसँग भएका सूचना मैले कुनै दिन नेपाली जनतालाई बताउनुपर्छ । यो देशको कुर्सीमा बसेको प्रधानमन्त्री केपी ओलीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो ।’ भट्टराईले ओलीसँगको मध्यरातको भेटबारे बताएका छन् ।

सो सूचनाको आधारमा देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेको उनको दावी छ ।

‘तपाईंले मार्ग प्रशस्त गर्नुस् एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर जाउँ, पूर्व प्रधानमन्त्रीहरु आकाँक्षी बन्नु हुँदैन, सबैलाई मान्य हुने व्यक्ति खोजेर देशलाई निकास दिउँ भन्न म गएको हुँ,’ उनले भने, ‘मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा त्यस्तो कुनै घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सूचित गरेको हो । तर मैले त्यस्तो गम्भीर विषय उठाउँदा उनले विषयान्तर गरे ।’

देशभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन अनुसार पाँच पुसदेखि जेठ ८ गते मध्यरातसम्मका परिघटना भएको भट्टराईको दाबी छ । उनले घुमाउरो पारामा देशमा फेरि राजसंस्था फर्किन सक्ने बिचार व्यक्त गरेको प्रष्ट बुझ्न सकिन्छ जुन हुन पनि सक्छ नहुन पनि सक्छ ।

प्रतिकृया दिनुहोस्

राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिरकण नगरे पछि प्रचण्डमा खपिनसक्नुको छट्पटी ! महाअभियोगको तयारी

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विद्ययेक प्रतिनिधीसभा र...

करिश्मापछि अर्की चर्चित नायिका एमाले प्रवेश गर्दै, बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट !

काठमाडौं । नायिका करिश्मा मानन्धनर एमालेमा प्रवेश गरेको केही महिनामैँ अर्की नायिका एमालेमा प्रवेश गर्ने...

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...