News Portal

ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको चुनावको लागि आफ्नो उम्मेद्बारी यहि २३ गते घोषणा गर्ने…

एनपर्दा संवाददाता
१९४ पटक

काठमाडौं ।

राप्रपा नेपालका नेता ज्ञानेन्द्र शाहिले आफ्नो उम्मेदवारी यहि 23 गते घोषणा गर्ने भएका छन उनले फेशबुकमा स्टाटस राख्दै बताउनुभयो र सबैको साथ सहयोग पनि मागेका छन।

हेर्नुहोस उनको लेख।प्रतिनिधि सभाको चुनावको लागि मेरो उम्मेद्बारी यहि २३ गते घोषणा गर्ने छ” म यो काम गर्छु त्यो काम गर्छु भनी बाचा गर्दिन मैले जति सक्छु त्यति नै गर्छु ।झुटा बाचा भन्दा बास्तबिकतामा बिस्वास गर्छु “।सहयोगको लागि सबैलाई हार्दिक अनुरोध छ ।

र यो पनि:नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता विधेयकमा राष्ट्रपति विद्या भण्डारी नै अनिर्णीत बनेकी छन् । संसदका दुबै सदनले पारित गरेपछि गत आइतबार नै प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले विधेयक प्रमाणित गरेका थिए ।

त्यसको अर्को दिन सोमाबार नै संसद सचिवालयले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको हो । ४ दिन बितिसक्दा पनि उनले प्रमाणिकरण नगरेर रोकेर राखेकी छन्।

नागरिकता विधेयक सरकारमा हुँदा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अध्यादेश अनुरुप नै बनाएको भए पनि एमालेले विरोध जनाएको थियो । त्यसैक्रममा विधेयकप्रति राष्ट्रपतिको पनि असन्तुष्टि सार्वजनिक भएको थियो ।

संसदले पारित गरेर पठाएको विधेयकसमेत पुनर्विचारका लागि सरकारलाई पठाउने संवैधानिक अधिकार राष्ट्रपतिलाई छ । तर, त्यो अधिकार नकुरी असन्तुष्टि सार्वजनिक भएपछि राष्ट्रपतिले विधेयक प्रमाणित नगर्ने धेरैको अनुमान थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिलेसम्म राष्ट्रपति भण्डारी प्रमाणित गर्ने कि पुनर्विचारका लागि पठाउने भन्ने निर्णयमा पनि पुगिसकेकी छैनन् । “संसदबाट विधेयक आएको चारदिन भएको छ । अहिलेसम्म प्रमाणिकरण गरेर जारी गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउने भन्ने कुनै निर्णय भएको छैन।राष्ट्रपतिको निजी सचिवालयका एक सदस्यले भने, “पुनर्विचारका लागि पठाउने राष्ट्रपतिको स्वविवेकीय अधिकार हो । १५ दिनसम्म उहाँलाई समय हुन्छ । त्यतिञ्जेलसम्म उहाँले निर्णय लिनुहुनेछ ।”

ती सदस्यका अनुसार विधेयकका विषयमा व्यापक विरोध भएकाले राष्ट्रपतिलाई निर्णय गर्न केही समय लिनुपरेको हो । अंगीकृत नागरिकका सन्तानलाई पनि वंशजको नागरिकता दिनेगरी संविधान जारी भएको झण्डै सात वर्ष भएको छ ।

यसबीचमा नागरिकता विधेयक जारी नहुँदा जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तान नागरिकताको अधिकारबाटै बञ्चित भएका छन् । यससँगै वैवाहिक अंगीकृतलाई नागरिकता दिन समयसीमा नराखिएको भन्दै सडकमा समेत विरोध भइरहेको छ ।नागरिकताका विषयमा अनेक तर्क आइरहेका बेला राष्ट्रपतिबाटै असन्तुष्टि आएपछि विरोधीहरू थप उत्साही भएका थिए ।

अहिले पनि राष्ट्रपति भण्डारी एमालेसहित विरोधी स्वर सुनिरहेकाले विधेयक प्रमाणीकरण गरेर जारी गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाएर विरोधी स्वरको प्रतिनिधित्व गर्ने भन्ने विषयको निर्णयमा पुग्न ढिला गरिरहेकी छन् ।

नागरिकता विधेयक नागरिकको हितमा छैन – प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् ।प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रु टिपूर्ण रहेको आ’रोप लगाए ।

‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन’, उनले भने ।एमालले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको जानकारी गराउँदै नेता ज्ञवालीले प्रचलित ऐ’नअनुसार वैवाहिक अङ्गीकृत नागरिकता विवाह गरेर आउने बित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले उचित नभएको बताए ।

वैवाहिक अङ्गी कृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनीहरूलाई कुनै प्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने उनको भनाइ छ ।

मुलुक गम्भीर संकटमा पर्दैछ अर्थात राजसंस्था फर्किन्छ भन्ने सूचना पाएको छु: डा. बाबुराम
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन् ।

सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’सँगको कुराकानीमा डा. भट्टराईले यो कुरा उल्लेख गरेका हुन् ।

वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ डा. भट्टराइले भनेका छन्, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’

उनले देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको बताएका छन् ।‘त्यसैले मसँग भएका सूचना मैले कुनै दिन नेपाली जनतालाई बताउनुपर्छ । यो देशको कुर्सीमा बसेको प्रधानमन्त्री केपी ओलीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो ।’ भट्टराईले ओलीसँगको मध्यरातको भेटबारे बताएका छन् ।

सो सूचनाको आधारमा देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेको उनको दावी छ ।‘तपाईंले मार्ग प्रशस्त गर्नुस् एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर जाउँ, पूर्व प्रधानमन्त्रीहरु आकाँक्षी बन्नु हुँदैन, सबैलाई मान्य हुने व्यक्ति खोजेर देशलाई निकास दिउँ भन्न म गएको हुँ,’ उनले भने, ‘मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा त्यस्तो कुनै घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सूचित गरेको हो । तर मैले त्यस्तो गम्भीर विषय उठाउँदा उनले विषयान्तर गरे ।’

देशभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन अनुसार पाँच पुसदेखि जेठ ८ गते मध्यरातसम्मका परिघटना भएको भट्टराईको दाबी छ । उनले घुमाउरो पारामा देशमा फेरि राजसंस्था फर्किन सक्ने बिचार व्यक्त गरेको प्रष्ट बुझ्न सकिन्छ जुन हुन पनि सक्छ नहुन पनि सक्छ ।

प्रतिकृया दिनुहोस्

करिश्मापछि अर्की चर्चित नायिका एमाले प्रवेश गर्दै, बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट !

काठमाडौं । नायिका करिश्मा मानन्धनर एमालेमा प्रवेश गरेको केही महिनामैँ अर्की नायिका एमालेमा प्रवेश गर्ने...

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...