News Portal

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

एनपर्दा संवाददाता
३३५ पटक

काठमाडौ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास लिएर बस्न सुझाव दिएका छन्।आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपाललाई संन्यास लिन सुझाव दिएका हुन्।

माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन। उहाँ सम्हालिनु पर्छ। अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ। राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ। उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु,’ उनले भने।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा माधव नेपालले ‘एमालेका १० भाइहरू दास भएर बसेको’ टिप्पणी गरेका थिए।राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धूलो उडाउनुको तुक नरहेको पनि भट्टराईले बताए।

‘उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस्। उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धूलो उडाउँदै हिँड्नुभएको छ, त्यो असम्भव कुरा हो। असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरूलाई महसुस गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने। संन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन,’ उनले भने।

गगन थापाको प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुने संकेत, काठमाडौं ४ मा रवि लामिछानेको ईन्ट्री !
आसन्न मंसिर ४ को प्रदेशसभा र प्रतिनिधीसभा सदस्यको चुनावमा देश होमिएको छ । यसपटकको चुनावलाई बहुप्रतिक्षाका साथ हेरिएको छ । यसपटकको चुनावमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । पुराना दल, नयाँ दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रने तयारी भएपछि यसपटकको चुनावमा त्रिपक्षीय भिडन्त हुने भएको हो ।

पुराना दलहरुप्रति जनताको क्रेज घट्दै गएको छ भने केही नयाँ र स्वतन्त्र उम्मेदवारप्रति जनताको क्रेज बढ्दै गइरहेको छ । यसै कारण पनि आसन्न निर्वाचन निकै रोचक बन्ने पक्कापक्की छ । सुदूरपूर्व झापादेखि सूदुरपश्चिम डडेल्धुरासम्म पनि नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारका कारण तरंग पैदा गरेको छ । संघीय राजधानी समेत रहेको काठमाडौं जस्तो सचेत मतदाता भएको क्षेत्रमा आसन्न निर्वाचन उल्टिने सम्भावना बढेर गएको छ ।

यसैबीच, अहिले काठमाडौं क्षेत्र नम्बर ४ तर्फ सबैको ध्यान मोडिएको छ । चुनावपछि प्रधानमन्त्री बन्ने घोषणा गरेर चुनावमा होमिने तयारीमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको निर्वाचन क्षेत्र हो यो । यो क्षेत्रबाट चुनाव जितेर राष्ट्रघाती मानिएको अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन मेनरोल खेलेर जनताको मतको अपमान गरेको भन्दै यहाँका जनताहरु उनीप्रति रुष्ट छन् । यसपटक थापालाई यहाँका जनताले पहिला जस्तै साथ दिन्छन् भन्ने ग्यारेन्टी छैन् ।

लगातार पछिल्ला दुई निर्वाचन काठमाडौँ ४ बाट जित्दै आएका गगन थापा यस पटक पनि सोही क्षेत्रबाट उमेदवार बन्ने पक्कापक्की नै छ । यस विचमा परिवर्तन भएको कतिपयले घटनाक्रम र परिस्थितीले थापालाई यस पटकको निर्वाचन सहज नभएको चर्चा पनि चल्न थालेको छ ।

स्वतन्त्र उमेदवारहरुले काठमाडौँ ४मा गगन थापालाई हराउँने भन्दै धमाधम उमेदवारी घोषणा गरिरहेका छन् । युवा इन्जिनियर आकर्षण पोखरेल देखी सेयर बजारकी सुन्दरी नामले चिनिएकी राधा पोखरेल सम्म अनि समाजिक संजालमा निकै खरो अभिव्यक्ति दिएर चर्चामा आएका अर्जुन प्रसाई सम्मले पनि काठमाडौँ ४ बाट उमेदवारी दिने घोषणा गरेका छन् ।

त्यत्ति मात्रै होइन सामाजिक संजालका भाइरल म्यान मुकुन्देले पनि गगन थापालाई हराउन काठमाडौँ ४ बाट उमेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले उमेदवार बन्न आवश्यक सबै कागजाज पनि व्यवस्था गरिसकेका छन् ।

स्वतन्त्र उमेदवार बन्छु भन्ने मध्येका एक अर्जुन प्रसाईले गगन थापालाई टार्गेट गरेर नै आफु काठमाडौँ चार बाट प्रतिनिधीसभाको उमेदवार बन्न लागेको बताएका छन् । गगन थापाको रबैया ठिक नभएको र उनलाई सिधा सिधी विदेशीले चलाएका कारण आफु मैदानमा उत्रिएको प्रसाइले बताएका छन् ।ओटिभी नेपाल डटकमसँग कुराकानी गर्दै प्रसाइले सांसद मात्रै हुँदा त यस्तो छ गगन थापा प्रधानमन्त्री भए भने त देशनै नरहन सक्ने जोखिम पनि देखिएका कारण उनलाई जसरी पनि रोक्नका लागी आफु मैदानमा आएको बताएका छन् ।

प्रसाइले आफुलाई काग्रेसको ठूलो तप्काको साथ रहेको दाबी गरेका छन् । प्रसाइले आफुले दैनिक दश जना भन्दा बढि पुराना काग्रेस कार्यकर्तालाई भेट्ने गरेको भन्दै गगन थापाबाट आफुहरु दिक्क भएको र तपाईलाई साथ दिन तयार रहेको बताउने गरेको सुनाएका छन् । काग्रेुस कार्यकर्ताकै आग्रहमा आफु काठमाडौँ चार बाट उमेदवार बन्न लागेको पनि उनले बताएका छन् ।

जनताबाट प्राप्त प्रतिक्रियाले उत्साहित भएको भन्दै प्रसाइले गगन थापालाई जसरी पनि संसद प्रवेश गर्न बाटै रोक्नु पर्ने बताए । प्रतिनिधीसभाको निर्वाचनमा आफु स्वतन्त्र उमेदवार उठ्न लागेको बताउने उनी यहाँ आफ्नो पक्षमा स्वतन्त्र राष्ट्रिय पार्टिका सभापती रवि लामिछानेले पनि खुलेर इन्ट्री गरेका दाबी गर्छन् ।

ओटिभी नेपाल सँगकै कुराकानीमा प्रसाइले रवि लामिछानेसँग आफ्नो कुराकानी भएको सुनाउँदै उक्त क्षेत्रमा रविको पार्टीले अर्को उमेदवार
नउठाउने बताए । रविले तपाइलाई मेरो पार्टीको समर्थन रहन्छ भनेर बचन दिइसकेको उनले भनेका छन् । प्रसाईले आफ्नो चुनावी कार्यक्रमलाई रवि लामिछानेले पनि सम्बोधन गर्ने बताए ।

आफुले पनि देशका विभिन्न ठाउँमा हुने स्वतन्त्र राष्ट्रिय पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भन्दै प्रसाइले पछि कुरा मिलेमा पार्टीनै प्रवेश पनि गर्न सक्ने बताए । स्वतन्त्र उमेदवार घोषणा गरेका राधा पोखरेल लगायतका व्यक्तिहरुसँग समन्वय गरेर अघि बढ्ने प्रसाइले भनेका छन् ।

एमसीसी पास गर्ने बेलामा गगन थापाले खेलेको भूमिका र बोलेको भाषणले आफ्नो धेरै चित्त दुखेको भन्दै प्रसाईले जो बाट बढि आशा गरिन्छ उबाटै धोका भए पछि धेरै चित्त दुख्दो रहेछ भन्दै यस पटक जसरी पनी सांसद बन्नबाट गगन थापालाई रोकिने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...