News Portal

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

एनपर्दा संवाददाता
३१४ पटक

काठमाडौं ।

अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।सरकारले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको छ ।

तत्कालीन अर्थसचिव मधु मरासिनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको थियो ।पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो ।मरासिनीले अर्थमन्त्री जनार्दन शर्मालाई ठूलो असहयोग गरेका थिए ।

पुष्करले भने अर्थमन्त्री जनार्दन शर्मा असल र केही गर्न सक्ने मन्त्री भएकोले साथ सहयोग गर्ने बताए । उर्जामा गरेको क्रान्तिले हाल विद्युत प्राधिकरणले बर्षमै २० अर्ब नाफा गरेको छ ।

उर्जा जस्तै अर्थमा पनि अहिले बजेटले क्रान्ति गर्छ भन्नेमा सबै सहमत छन । नवनियुक्त अर्थसचिव पुस्करले शर्माका विगत देखि अहिले सम्मका सबै गतिविधि बुझेर नै अर्थसचिव भएको एकजनाले बताए ।

मन्त्रीसंग मिलेर करोडौं कमाउन बानी परेका कर्मचारीहरुलाई सबै प्रकारका विकृतिहरु हटाउने अर्थमन्त्रीको अभियानमा जोडिन त्यति सजिलो त छैन त्यसैले पनि जनार्दन संग काम गर्न मरासिनी असहमत भएको हुन सक्छन ।

उर्जामन्त्री हुँदा पनि जनार्दन शर्मालाई सबै कर्मचारीले असहयोग गरेका थिए । विभिन्न किसिमका षड्यन्त्रलाई परास्त गर्दै बरु २५०० कर्मचारी सरुवा गर्दिए तर आफ्नो अडान बाट कत्ती पनि बिचलित नभै काम गरेका थिए ।

त्यसमा एमालेले आउट गरेका कुलमानलाई प्राधिकरणमा नियुक्त गरेपछि अलि सहज भएको थियो । मन्त्रीको योजना र कुलमाबको सक्रियताले लोडसेडिङ मुक्त भै अरबौँ घाटामा रहेको प्राधिकरण हाल २० अर्ब नाफामा छ ।

यसको सम्पुर्ण जस मन्त्रीको हैसियतले शर्मालाई जान्छ । अहिलेको बजेट पनि उत्कृष्ट भएकोले कार्यान्वयन भए फेरि जनार्दन हाई हाई हुन्छन र माओवादी पार्टी प्रती जनताको आकर्षण बढ्छ भन्ने डरले उनिमाथी प्रहार भएको बिष्लेषकहरु बताइरहेका छन ।

सरकारले मिटरब्याजीलाई चाल्यो यस्तो कदम मिटरब्याजी खोज्न सरकारले बल्ल बनायो कार्यदल
काठमाडौँ — मिटरब्याजबाट उत्पन्न अपराध नियन्त्रण तथा सुदखोरको पहिचान एवं छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्ठा सदस्य र सीआईबीका डीएसपी रोशन खड्का सदस्यसचिव रहेको कार्यदल गठन गरेका हुन् ।

पश्चिम नवलपरासीका मिटरब्याजीबाट पीडितहरू नौ दिनअघिदेखि काठमाडौंको माइतीघरमा धर्ना दिइरहेका छन् । त्यसबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित सुरक्षा निकायका उच्च अधिकारीहरूलाई बोलाएर मिटरब्याजी सुदखोर पीडितहरूको विषयमा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

त्यसपछि गृहमन्त्री खाँणले सहसचिव भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदल गठन भएकै दिन सरकारी अधिकारी र नवलपरासीका मिटरब्याजपीडितबीच शुक्रबार नै छलफल भएको छ । तर, आफू न्याय नपाई घर नफर्कने अडानमा रहेको मिटरब्याजपीडितले अडान राखेका छन् ।

डेढ लाख ऋण, ८० लाख ब्याज
वार्तामा सरकारी कार्यदलले प्रमाण संकलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरे पनि पीडितहरूले यसअघि सरकारसँग सम्झौता गरेर फर्किंदा धोका पाएकाले यस पटक न्याय पाएपछि मात्रै घर फर्कने अडान लिएका हुन् ।

कार्यदललाई स्थलगत अध्ययन गरी कारण र समाधानका उपाय पहिचान गर्ने, मिटरब्याज अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने, आगामी दिनमा यस्ता अपराध हुन नदिन अपनाउनुपर्ने उपायलगायत सिफारिस गर्ने कार्यादेश छ ।

मिटरब्याजपीडित संघर्ष समितिका संयोजक रामसुरत गुप्तले उधारो सहमति गरेर घर नफर्किने बताए । ‘उहाँहरूले घर जानुस्, प्रधानमन्त्रीजी आफैंले चासो दिनुभएपछि कार्यदल गठन भएको हो, अब अनुसन्धान गर्छौं भन्नुभयो,’ गुप्तले भने, ‘तर एक पटक धोका खाइसकेका छौं ।

अब रित्तो हात फर्किंदैनौं, कार्यदलले साँच्चिकै अनुसन्धान गर्न खोजेको भए सँगै जाऔं भनेर प्रस्ताव गरेका छौं ।’ कार्यदलमा नराखिएकोमा पनि संघर्षरत मिटरब्याजपीडितले असन्तुष्टि जनाएका छन् ।

‘सरकारले हाम्रो माग सम्बोधन गर्न कार्यदल बनाएको छ, तर त्यो कार्यदलमा हाम्रो आफ्नै प्रतिनिधि नहुने कुरा मान्य छैन,’ गुप्तले भने, ‘हामीलाई पनि त्यसको अनुसन्धान प्रक्रियामा सहभागी गराइनुपर्छ ।’

संयोजक भुसालले पीडितहरूका कुरा सुन्ने र छलफल गर्ने काम भएको बताए । ‘उहाँहरूले बताएअनुसार समस्या एकदमै जटिल छ । हामीले उहाँहरूको समस्याको संवेदनशीलता बुझेर काम गर्ने प्रतिबद्धता जनाएका छौं,’ भुसालले भने, ‘यो अपराध हो, हामीले सबै प्रक्रियाहरू सार्वजनिक गर्ने कुरा हुँदैन । तर, आजैदेखि प्रमाण संकलन थालिसकेका छौं । सम्भवतः अर्को हप्ता फिल्डमै जान्छौं र अनुसन्धान गर्छौं ।’

कार्यदलले काम थालिसकेको र अब पीडितहरूलाई आफूले घर जान आग्रह गरेको उनले बताए । यसअघि असारमा १५ दिनसम्म धर्ना दिएपछि पनि सरकारले पीडितहरूको समस्या सुनुवाइ भएको भन्दै अनुसन्धान गर्ने आश्वासन दिएर घर फर्काएको थियो ।

तर, त्यसबेला सहमति गरेबमोजिम सरकारले काम नगरेपछि पीडितहरू पुनः काठमाडौंमा आएर धर्ना सुरु गरेका हुन् । यस पटक नवलपरासीका पाँच पालिकाका किसानहरू मिटरब्याजीविरुद्ध आन्दोलन गर्न काठमाडौं आएका छन् ।

सलमान रुस्दीको भेन्टिलेटरमा उपचार हुँदै
न्युयोर्क — छुरा प्रहारबाट घाइते भएका विश्वप्रसिद्ध लेखक सलमान रुस्दीको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार बिहान न्युयोर्कमा आयोजित कार्यक्रममा रुस्दीको घाँटीमा एक व्यक्तिले छुरा प्रहार गरेका थिए ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारीको पहिचान न्युजर्सीका २४ वर्षीय हाडी मातरका रूपमा भएको छ । रुस्दीका एजेन्टलाई उद्द्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले आक्रमणबाट रुस्दीको कलेजोमा गहिरो चोट लागेको बताएको छ ।

एजेन्ट एन्ड्य्रू वाइलले भनेका छन्, ‘खबर राम्रो छैन । सलमानले एउटा आँखा गुमाउन सक्ने चिकित्सकले बताएका छन् । पाखुरामा पनि गहिरो चोट लागेको छ । कलेजोमा पनि चोट लागेको छ ।’

आक्रमणपछि रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको थियो भने आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ । आक्रमणपछि रुस्दी मञ्चबाट ढलेका थिए । अन्य मानिस मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएका छन्  । रुस्दी राल्फ हेनरी रीजसँग हुने एउटा अन्तरसंवाद कार्यक्रमका लागि न्युयोर्कमा थिए ।

रीजको पनि अनुहारमा सामान्य चोट लागेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनले सलमान रुस्दी सिर्जनशील अभिव्यक्ति र अभिव्यक्ति स्वतन्त्रताका सशक्त रक्षक भएको बताएका छन् । रुस्दीमाथिको आक्रमणले अमेरिकामा रहेका लेखकहरूको सुरक्षामाथि चुनौती थपिएको उनले बताएका छन् ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’ बाट चर्चित बनेका हुन् । उक्त किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । यही किताबका लागि उनले प्रतिष्ठित बुकर अवार्डसमेत जितेका थिए । ७५ वर्षीय रुस्दीले हालसम्म १४ वटा उपन्यास लेखेका छन् ।सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’ का कारण उनी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । पुस्तकले इस्लाम धर्मको अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।

पुस्तक आएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा पुस्तकका अनुवादकसहित दर्जनौं मानिस मारिएका थिए ।

‘द सटानिक भर्सेज’ प्रकाशनपछि जारी भएको फतवा र विवादलाई नै केन्द्रमा राखेर उनले ‘जोसेफ एन्टोन’ शीर्षकमा उनले संस्मरणसमेत लेखेका छन् । रुस्दीले केही दिनअघि मात्रै आफ्नो प्रकाशोन्मुख उपन्यास ‘भिक्ट्री सिटी’को कभर सार्वजनिक गरेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...