News Portal

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

एनपर्दा संवाददाता
१७८७ पटक

काठमाडौँ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

बाढीपहिरोले देशभरका पाँच सडक पूर्ण अवरुद्ध
काठमाडौँ — वर्षाका कारण बाढीपहिराले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् ।वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेका छन् ।

मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ । उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ । रारा राजमार्गमा निरन्तर पहिराका कारण अवरुद्ध भएकामा अहिले एउटा निजी स्काभेटर भाडामा लिएर सडक खुलाउने प्रयास भइरहेको छ ।

साँफेबगर–मार्तडी–कोल्टे सडकमा वर्षा र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउन सकिने र अहिलेका लागि वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको विभागले जनाएको छ । सहिद मार्ग खुलाउनका लागि स्काभेटर परिचालनको तयारी भइरहे पनि अरु स्थानमा पहिरो गएकाले सो खण्डमा पुग्न कठिन भएको छ । मौरी पुलमा वर्षाका कारण अझै धेरै टुक्राटुक्री जम्मा भए पनि हटाउनका लागि सो स्थानमा उपकरण परिचालन गरिएको छ ।

हाल १३ सडक एकातर्फी रुपमा मात्रै सञ्चालनमा रहेका छन् । कोसी राजमार्गको सम्माटार, पृथ्वी राजमार्गको बाँसबारी, त्रिभुवन राजपथको छत्तीस खोला, डुम्रे–बेंसीसहर–चामे सडकको उदिपुर, म्यार्दी भीरमा सडक अवरुद्ध रहेको छ । कोसी राजमार्गको फक्सिन्डा दोभानबाट बरुण खोलासम्मको सडक, अरनिको राजमार्गको कोदारी र बसेरी, पुष्पलाल राजमार्गको खहरे र दोबिल्ला, कर्णाली राजमार्गको जारकोटको सडक पनि एकातर्फबाट मात्रै खुलाइएको छ । विसं २०७९ यता हालसम्म १९ राजमार्गको १०९ स्थानमा अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमध्ये ८९ सडक खुलिसकेको छ ।

दिल्लीमा निधिको राजनीतिक भेटघाट
नयाँदिल्ली — धार्मिक यात्राका क्रममा अयोध्या आएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दिल्ली आएर राजनीतिक भेटवार्ता थालेका छन् । बुधबार अपराह्न भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेटेका निधिले भारतका सडक परिवहनमन्त्री नितिन गडकरीसँग भेटघाट गरेका छन् ।

मन्त्रीसँगको भेटमा उनले दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मालाई पनि सहभागी गराएका छन् । पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता निधिले सरकारी भेटघाटको क्रममा राजदूतको सहभागिता गराएका हुन् ।

केही समयअघि मात्र दिल्ली आएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कुनै पनि भेटमा राजदूतलाई सहभागी गराएका थिएनन् । निधि र गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ ।

सडक परिवहनमन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या-भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (फूलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरेका छन्।

निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीहरुलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएको निधिका प्रेस संयोजक रामजी दाहालले बताए । जटही-जनकपुर-ढल्केवर ६ लेनको सडक निर्माण सम्पन्न भइरहेका बेला त्यसको कनेक्टिभिटी थप बढाउन निधिले आग्रह गरेका हुन् ।

यसैगरी, कलकत्ता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गरेका छन् ।

मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्तिमन्त्री गजेन्द्र सिंह सेखावतसँग पनि भेटघाट भएको छ । भेटमा दुवै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रणलगायत विषयमा छलफल भएको दाहालले जानकारी दिए ।

बाढीपहिरोले देशभरका पाँच सडक पूर्ण अवरुद्ध
काठमाडौँ — वर्षाका कारण बाढीपहिराले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् ।वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेका छन् ।

मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ । उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ । रारा राजमार्गमा निरन्तर पहिराका कारण अवरुद्ध भएकामा अहिले एउटा निजी स्काभेटर भाडामा लिएर सडक खुलाउने प्रयास भइरहेको छ ।

साँफेबगर–मार्तडी–कोल्टे सडकमा वर्षा र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउन सकिने र अहिलेका लागि वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको विभागले जनाएको छ । सहिद मार्ग खुलाउनका लागि स्काभेटर परिचालनको तयारी भइरहे पनि अरु स्थानमा पहिरो गएकाले सो खण्डमा पुग्न कठिन भएको छ । मौरी पुलमा वर्षाका कारण अझै धेरै टुक्राटुक्री जम्मा भए पनि हटाउनका लागि सो स्थानमा उपकरण परिचालन गरिएको छ ।

हाल १३ सडक एकातर्फी रुपमा मात्रै सञ्चालनमा रहेका छन् । कोसी राजमार्गको सम्माटार, पृथ्वी राजमार्गको बाँसबारी, त्रिभुवन राजपथको छत्तीस खोला, डुम्रे–बेंसीसहर–चामे सडकको उदिपुर, म्यार्दी भीरमा सडक अवरुद्ध रहेको छ । कोसी राजमार्गको फक्सिन्डा दोभानबाट बरुण खोलासम्मको सडक, अरनिको राजमार्गको कोदारी र बसेरी, पुष्पलाल राजमार्गको खहरे र दोबिल्ला, कर्णाली राजमार्गको जारकोटको सडक पनि एकातर्फबाट मात्रै खुलाइएको छ । विसं २०७९ यता हालसम्म १९ राजमार्गको १०९ स्थानमा अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमध्ये ८९ सडक खुलिसकेको छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...