News Portal

राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिरकण नगरे पछि प्रचण्डमा खपिनसक्नुको छट्पटी ! महाअभियोगको तयारी

एनपर्दा संवाददाता
४६३ पटक

काठमाडौं ।

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विद्ययेक प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको छ । राष्ट्रपती समक्ष गएको धेरै दिन भइसक्दा पनि विद्ययेक प्रमाणिकरण नभए पछि कतै विद्ययेक फिर्ता हुन लागेको त होइन ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

राष्ट्रपती विद्यादेवी भण्डारीले विद्ययेकलाई आवश्यक अध्यययन गरिरहेको र छिट्टै निर्णय लिने राष्ट्रपती निवास स्रोतले जानकारी दिएको छ । विद्ययेकमा भएका कतिपय प्रावधानहरुका कारण देशको भविश्यनै गम्भिर संकटमा पर्न सक्ने भन्दै प्रमाणिकरण नगर्न राष्ट्रपती समक्ष अनुरोध गर्नेहरुको तप्का धेरै देखिएको छ ।

विद्ययेक ल्याएर पारित गराउँनेहरुमा भने अहिले सम्म राष्ट्रपतीले विद्ययेक प्रमाणिकरण नगरेकोमा छट्पटी देखिन थालेको छ । राष्ट्रपती विद्यादेवी भण्डारीले नागरिता विद्ययेक प्रमाणिकरण नगरेकोमा सबैभन्दा धेरै छट्पटी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डमा देखिएको छ ।

भखैरै मात्रै जापान भ्रमणमा गएर आएका प्रचण्डले नेपाल आउँने वित्तिकै विद्ययेक प्रमाणिकण नगरेकोमा राष्ट्रपती विद्यादेवी भण्डारी प्रति आक्रोस पोखे । अहिले सम्म विद्ययेक रोकिन हुँदैनथ्यो यो राम्रो भएन भन्दै उनले आक्रोस व्यक्त गरेका छन् ।

नेपाली काग्रेस , जसपाका लगायतका दलका नेता भन्दा पनि बढि चिन्ता प्रचण्डमा देखिएको छ । उनले पटक पटक राष्ट्रपतीलाई दबाव दिने गरि अभिव्यक्ति दिइरहेका छन् । जापानमै रहँदा पनि उनले राष्ट्रपतीले विद्ययेक रोकेमा राम्रो नहुने भन्दै धम्कीपुर्ण भाषा बोलेका थिए ।

राष्ट्रपतीले संविधानले दिएको अधिकार क्षेत्र भित्र रहेर काम गरिरहँदा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा नागरिकता विद्ययेकका कारण किन यति धेरै छट्पटी देखिएको होला भनेर खोजी सुरु भएको छ । विद्ययेक बारे अध्ययन गर्न संविधानलेनै राष्ट्रपतीलाई १५ दिनको समयावधी दिएको छ । तर प्रचण्डलाई भने धेरैनै खसखस परेको छ ।

लचिलो खालको नागरिकता विद्ययेकको पक्षमा रहेका लोसपाका नेता राजेन्द्र महतो बरु अहिले यो बिषयमा चुँइक्क बोलेका छैनन्् तर प्रचण्डलाई किन यति धेरै खसखस भन्दै आलोचना पनि सुरु भएको छ । विद्ययेक प्रमाणिकरण नभए राम्रो हुँदैन भनेर उनले अभिव्यक्ति दिए पछि झनै प्रचण्डको आलोचना सुरु भएको छ ।

नेकपा एमालेका नेता भिम रावलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतीमाथी धम्कीपुर्ण भाषा बोलेको भन्दै आपत्ती जनाएका छन् । रावलले प्रचण्डको बोल्ने तरिका ठिक नभएको भन्दै आलोचना पनि गरेका छन् ।

नागरिकता विद्ययेकलाई नेकपा माओवादी केन्द्र भित्रै पनी दुई खाले मत रहेको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतले वैवाहिक अंगिकृतलाई नागरिकताका लागी ७ बर्षे प्रावधान राख्नु पर्ने पक्षमा रहेका छन् भने प्रचण्ड इण्डिया भ्रमण गएर आए लगत्तै विवाह गरेकै दिन नागरिकता दिनु पर्छ भन्ने लाइनमा उभिएर विद्ययेक पारित गराएका छन् ।

पारित भएको विद्ययेकको विपक्षमा माओवादी केन्द्र भित्रै चर्को मत हुँदा पनि प्रचण्डले पुरै वेवास्ता गरेर नागरिकता विद्ययेकको जस आफुले लिएका छन् । विद्ययेक पारित भएको भोलिपल्टै उनी कुदेर जनकपुर पुगेर खुशी बाँढ्न आएको भनेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...