News Portal

झ्याल झ्यालमा कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो ? ति सबै खारेज गरौं : रवि लामिछाने

एनपर्दा संवाददाता
८६७ पटक

मकवानुपर ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालयहरू राखिएकोमा आपत्ति जनाउनुभएकाे छ । प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभएकाे

छ । हेटौँडामा आज शुक्रवार आयोजित बाग्मती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेश सरकारलाई आफ्नो कार्यकर्ता पोस्ने स्थान बनाइएको बताउनुभयाे । उहाँले बाग्मती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको सङ्ग्या दिँदै भन्नुभयाे, ‘यो प्रदेशलाई १८–१८ जना

साँढे भन्छु म, माफ गुर्नहोला मेरो शब्दलाई, १८–१८ जना साँढे किन चाहिन्छ ? यदि यसलाई सही ढङ्गबाट चलाउन सकेको भए, चुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पुग्न सकेको भए एउटा अर्को तह हुन सक्थ्यो ।

भेलालाई सम्बाेधन गर्दै लामिछानेले नागरिकलाई विभिन्न झुटा आश्वासन देखाएर नागरिककै पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताउनुभयाे । मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारकाखा

बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको उहाँकाे भनाइ छ । ‘हेटौँडा कपडा उद्योग जहाँ ११ सय जनाभन्दा बढी मानिसले राेजगारी गर्थे, तिनका परिवार चलेको थियो’, उहाँले भन्नुभयाे, ‘आफूले बनाउनु त कहाँ हो ? अर्काले बनाइदिएको उद्योग

पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौँडामा उभिएको छु ।’ उहाँले हेटौँडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको बताउनुभयाे । लामिछानेले हेटौँडामै

भएको निजी सिमेन्ट उद्योगहरू नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौँ रुपैयाँ घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताउनुभयाे । यसैगरी सभापति लामिछानेले बाग्मती

प्रदेशमा एउटै प्रदेशमा १८ जना केका लागि भन्दै प्रश्नसमेत गर्नुभयाे । उहाँले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्‍याउन अनुरोध पनि गर्नुभयाे । सही नेतृत्व चुन्न सकेमात्र देश परिवर्तन हुन सक्ने उहाँकाे भनाइ छ ।

नागरिकता विधेयक : कानुनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल कुनैपनी हालतमा पास हुन नदिने…{शेयर गरौं}
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद मा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीवार संसदमा

छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतल निवासमा संवि धानविद्, कानुनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गरेकी हुन् ।छलफलमा संविधानविद् डा.सुरेन्द्र भण्डारी,संविधानविद् डा.भीमार्जुन आचार्य,

संविधानविद् डा.विपिन अधिकारी, अधिकार कर्मी सुवोध प्या कुरेल, वरिष्ठ पत्रकार आदित्य मान श्रेष्ठ र ध्रुवहरि अधिकारी लगायतको उप स्थिति थियो ।

छलफलमा सहभागीहरुले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रपतिले दिएको सन्देशलाई सरकार र संसदले गम्भिर रुपमा नलिएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी सँगको छलफलका क्रममा उनीहरुले राष्ट्रपतिले संवैधानिक दायरा अनुसार दिएको सुझावहरु मनन नगरी हठात र संसदीय मर्यादा विपरित सरकार अघि बढेको बताए ।छलफलमा संविधानविद् डा.सुरेन्द्र भण्डारीले राष्ट्रप्रमु खले गरेका प्रत्येक संवैधानिक कदमका जिम्मेवारी प्रधानमन्त्री ले लिनुपर्ने अन्तराष्ट्रिय अभ्यास भएपनि नेपालमा भने दुर्भाग्य पूर्ण अवस्था देखिएको बताए ।

उनले संसदमा छलफल गर्नुभन्दा अगाडि संविधानले नचिनेको गठबन्धनले विधेयकको बारेमा निर्णय गरेको पनि बताए । त्यस्तै अर्का संविधानविद् डा.विपिन अधिकारीले राष्ट्रपतिको सन्देशमाथि संसदमा छलफल हुनुपर्ने भएपनि संसदमा आवश्य क विषयमा छलफल नै नभएको बताए ।

अधिकारीले अबका विकल्प जोखिमपूर्ण रहेको भन्दै देशले ठूलो जोखिम मोल्नुपर्ने अवस्था भएकोले सुझबुझपूर्ण निर्णय गर्नुपर्ने सुझाव दिए । त्यस्तै संविधानविद् डा.भीमार्जुन आचार्य ले पनि राष्ट्रपतिको सुझाव संवैधानिक प्रयोगको उत्कृष्ठ प्रयोग भएको बताए ।

आचार्यले सभ्य समाजले कल्पना गर्न पनि नसक्ने कार्य सरका रबाट भएको भन्दै संविधान को सिद्धान्तअनुसार राष्ट्रप्रमुखले अबको निर्णय लिनुपर्ने सुझाव दिए । उनले लोकतन्त्र निजी लोकतन्त्र जस्तो भएको टिप्पणी गर्दै सरकारमा हदैसम्म को अहंकार देखिएको बताए ।

उनले चुनाव घोषणा भएपछिको सरकारले दीर्घकालसम्म असर पर्ने कार्य गर्न नहुने संवैधानिक मान्यतालाई लत्याएको उल्लेख गर्दै संसद भित्रको गतिविधि पनि आपत्तिजनक रहेको बताए । त्यस्तै अधिकारकर्मी सुवोध प्याकुरेलले उग्र अराजकताका कारण मुलुक ज्वालामुखी माथि उभिएको अवस्थामा रहेको टिप्पणी गरे ।

उनले अति कानुनका कारण देश बिग्रिएको भन्दै उनले मुलुकमा खास राजनीतिक संक्रमण शुरु भएको बताए । अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ र ध्रुवहरि अधिकारी ले हतारमा गरेको विधेयक पासले मुलुक संवैधा निक मुठभेड तर्फ उन्मुख हुने हो कि भन्ने आशंका उब्जिएको बताए ।

अर्का वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि नागरिकता जस्तो विषयलाई संसदको दुई तिहाइबाट टुंग्याउनुपर्ने विषय भएपनि संविधान निर्माणका क्रममा नै त्रुटी भएको बताए । उनले सरकार र संसद संवैधानिक दायित्वबाट पन्छिएको बताए ।

अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सरकारले देशमा अराजकता उत्पन्न गराउन खोजेको बताउँदै गम्भिर विषयमा पनि संसद र सरकारले ख्यालख्याल गरेको बताउनु भयो । नागरिकता बाट कुनैपनि नेपाली वञ्चित हुन नहुने तर विदेशी नागरिकको हकमा भने राज्य कडा नै रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र पूर्व उपाध्यक्ष यशोदा तिमिल्सिनाले संसद सिमि त नेताहरुको निर्णय अनुमोदन गर्ने थलोमात्र भएको उल्लेख गर्दै अबको १५ दिनभित्र राष्ट्रप्रमुखले सरकार, प्रमुख दलहरूसँग संवाद गरी उपयुक्त निर्णय लिनुपर्ने सुझाव दिए ।

विज्ञहरुले दिएको सुझावपछि राष्ट्रपति भण्डारी ले नागरिक ताको समस्या लामो समयदेखि रहेको र त्यसलाई सल्टाउनुपर्ने तर राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राख्नुपर्ने बताए । आफूले संवैधानिक क्षेत्राधिकार भित्र रहेर सुझाव दिएको उल्लेख गर्दै उनले दिएका सुझावहरूमाथि भ्रम छर्ने प्रयास भएको गुनासो गरे ।

प्रतिनिधिसभाबाट बिहीवार नागरिकता विधेयक पुनः बहुमतले पारित भएको छ ।बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो । जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० मत परेको थियो ।

सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...