News Portal

प्रचण्डको यो जुक्तिले माओवादीलाई शहरमा पनि मालामाल, यी हुन् माओवादीले छानेका उमेद्द्वार

एनपर्दा संवाददाता
६०७१ पटक

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले आउँदो मंसिरको संघ र प्रदेशको चुनावका लागि केही फरक रणनीति लिने संकेत गरेको छ ।खासगरी, शहरी क्षेत्र जहाँ माओवादी केन्द्रको जनमत कमजोर छ, ती क्षेत्रमा चुनावी नतिजा आफ्नो हातमा पार्ने रणनीति बनाउने प्रयास थालेको छ । त्यसको संकेत प्रचण्डले सोमबारको बागमती प्रदेश कमिटीको बैठकमा पनि गरेका छन् ।त्यतिबेला प्रचण्डले बालेन शाहको जस्तो सेन्टिमेन्टको खोजी गरिरहेको मात्र बताएका थिएनन्, नयाँ अनुहारको खोजी पनि भइरहेको बताएका थिए ।

त्यसको अलावा प्रचण्डले बागमती प्रदेशको स्थानीय तहको चुनावी परिणामले एमालेभन्दा बलियो देखिएको तर काठमाडौंमा एउटा पनि पालिका जित्न नसकेकोमा अब कम्तीमा २ देखि ३ सिट जित्नेगरी रणनीति बनाइरहेको बताएका थिए ।

त्यसको खास अर्थ माओवादी केन्द्रका कार्यकर्ताले प्रष्ट पारेका छैनन्, तर प्रचण्डले नयाँ अनुहारको खोजी पनि भइरहेको भन्नुको अर्थ आउँदो चुनावमा माओवादीले केही सार्वजनिक छवि बनाएका व्यक्तिलाई चुनावी मैदानमा उतार्ने रणनीति लिएको देखिन्छ ।खासगरी, पार्टी संगठनमा नलागेका तर माओवादी समर्थक भएर पनि लोभलाग्दो सार्वजनिक छवि बनाएका व्यक्तिलाई प्रचण्डले रोज्न थालेका हुन् ।

१३ भदौमा माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा प्रचण्डले यो कुराको संकेत गरेका थिए र भनेका थिए, ‘हामी बालेनको भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौँ ।उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो ।’

यसबाट पनि थाहा लाग्छ माओवादीले काठमाडौं लगायत केही निर्वाचन क्षेत्रमा चर्चामा रहेका अनुहार चुनावी मैदानमा उर्तादैछ । काठमाडौंको ३ नम्बर क्षेत्रबाट माओवादीले उज्यालो नेपालको अभियानले लोभलाग्दो सार्वजनिक छवि बनाएका कुलमान घिसिङलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ ।

प्रचण्डसँग यही सन्दर्भमा घिसिङको पटकपटक छलफल भएको छ । तर, दुवैले यो विषयलाई सार्वजनिक चर्चामा ल्याएका छैनन् ।

स्थानीय नेता कार्यकर्ता भने त्यसैअनुसार चुनावी रणनीतिमा लागेका छन् । रामेछाप पुर्ख्याैली घर भए पनि हाल घिसिङको काठमाडौं ३ मै घर रहेको छ । ४ मंसिरपछि बन्ने सरकारमा उर्जामन्त्री बनाउने गरी घिसिङलाई प्रचण्डले उम्मेदवार बनाउन लागेका हुन् । यद्यपि, अन्तिम टुंगो भने लागिसकेको छैन ।

माओवादी नेता रामप्रसाद सापकोटा दीपशिखाका अनुसार क्षेत्र अहिले नै नटुङ्गिएको भए पनि काठमाडौंको कुनै एक क्षेत्रबाट घिसिङलाई उम्मेदवार बनाउने तयारी भएको छ ।

उनले भने, ‘काठमाडौंको यो क्षेत्र भनेर अहिले नै टुङ्गो लागेको छैन । तर कुलमान जीलाई उम्मेदवार बनाउने तयारी भएको छ ।’ सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले घिसिङसँग छलफल गरेका छन् ।त्यसरीनै, पूर्वमुख्यसचिव तथा चीनका लागि राजदूत भइसकेका लीलामणि पौडेललाई प्रचण्डले गुल्मीको १ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन चाहेका छन् ।

गठबन्धनबाट पौडेलले गुल्मी १ बाट टिकट पाए काग्रेस नेता चन्द्र भण्डारीलाई रुपन्देहीमा झारेर एमाले उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धा गराउने रणनीति देखिन्छ । सार्वजनिक रूपमा घोषणा नगरे पनि पौडेल गत वर्षको असोजदेखि सक्रिय राजनीतिमा लागेका छन् ।

गत वर्ष असोजमा पौडेलेले गुल्मीको रुरुक्षेत्र गाउँ पालिकाकामा माओवादी केन्द्र र वाईसीएलको वडा भेलालाई सम्बोधन गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रशिक्षण दिँदै पौडेल अहिलेको व्यवस्था माओवादी केन्द्रले ल्याएको भन्दै पछाडि परेको वर्ग, समुदायलाई राज्यसत्ताको मुलधारमा लैजाने अवसर दिलाएको दाबी गरेका थिए ।

उनले उक्त भिडियोमा भनेका छन्, ‘यो व्यवस्था कसले ल्याएको हो ? यो व्यवस्थाको वकालत गर्ने को हो ? स्थापित गर्ने को हो ? समाज रुपान्तरण भनेको त त्यो हो नि ।

हिजो समाजमा जुन किसिमले पछाडि परेको वर्ग, समुदाय थियो । जाति थियो । त्यसलाई राज्यसत्ताको मुलधारमा लैजाने अवसर दिलाउने शक्ति माओवादी केन्द्र हो । लड्यो, लडेर स्थापित गर्‍याे । संविधानमा, कानुनमा, राज्य प्रणालीमा, व्यवस्थामा । त्यसकारण त तपाईंहरू प्रतिनिधि भइराख्नुभएको छ ।’

पौडेलले प्रशिक्षणमात्र दिएनन्, उनी स्थानीय तहको निर्वाचनमा रुरुक्षेत्र गाउँपालिकामा खटेका थिए । एमालेको आधार क्षेत्र नै रहेको रुरुक्षेत्र गाउँपालिकमा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवालीलाई विजयी बनाउन प्रमुख भूमिका पौडलले खेलेका थिए । ज्ञवालीले ५ हजार ८१७ मत पाएका छन् । एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत पाएका छन् ।

उपाध्यक्ष पदमा एमालेकी मिनादेवी गौतम विजयी भएकी छन् । गौतमले ५ हजार ४५१ मत पाएकी छन् । यो पालिका पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको गृहपालिका पनि हो ।

यो पालिकाबाहेक प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्रमा पर्ने गुल्मीदरबार, चन्द्रकोट, कालीगण्डकी र रेसुंगा हुन् । यही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रले पौडेललाई चुनावमा उतार्ने तयारी गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य सापकोटाले बताए ।स्थानीय तहको निर्वाचनमा आफ्नो पालिकामा पौडेल खुलेर खट्नुभएको माओवादी केन्द्रका रुरुक्षेत्र गाउँपालिका सहइन्चार्ज रामलाल विकले बताए ।

विकले भने, ‘उहाँ स्थानीय तहको निर्वाचनमा खट्नुभयो । उहाँले माओवादी पार्टीको प्रचारप्रसार गर्नुभयो । माओवादीको पालिका अध्यक्षको उम्मेदवार राम्रो मान्छे हुन्, युवा हुन् उहाँलाई भोट दिनुहोस् भन्दै हिँड्नुभएको हो ।’

माओवादी कोटामा पौडेल चीनको लागि राजदूत भएका थिए । नेकपा विभाजन नहुँदै प्रचण्डसँग रिस देखाउन केपी ओली र प्रदीप ज्ञवालीले एक महिना कार्यकाल बाँकी छँदै पौडेललाई फिर्ता बोलाए । त्यो समय परराष्ट्रमन्त्री ज्ञवाली थिए । खासमा पौडेल स्वयम् पनि त्यतिबेलाको बदला ४ मंसिरमा आफैँले चुनाव हराएर ज्ञवालीसँग असुल्न चाहिरहेका छन् ।

त्यसमाथि गत वर्षको साउनमा संसदको रोष्ट्रममा उभिएर ज्ञवालीले माओवादी हारेर आएको भन्दै प्रचण्डमाथि कठोर शब्दवाण प्रहार गरेपछि रोष्ट्रममै प्रचण्ड आक्रोशित भएर जवाफ दिएका थिए ।

त्यो आक्रोशका कारण पौडेललाई उम्मेदवार बनाएर ज्ञवालीसँग बदला लिने मुडमा प्रचण्ड स्वयम् पनि रहेको टिप्पणी माओवादीभित्र भइरहेको छ ।माओवादीले प्राज्ञिक छवि भएका र इन्जिनियरिङ क्षेत्रमा प्रभावशाली छवि बनाएका हरिराम पराजुलीलाई पनि उम्मेदवार बनाउने प्रयास गरिरहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट थापाथली इन्जिनियरिङ क्याम्पसका पूर्वक्याम्पस प्रमुखसमेत भइसकेका पराजुलीलाई उम्मेदवार बनाउने प्रयास भएको हो । उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्टक्चरल इन्जिनियरको गोल्ड मेडल्सिट पनि हुन् ।

क्युटो विश्वविद्यालय जापानबाट स्टक्चरल इन्जिनियरिङमा पीएचडी गरेका पराजुलीसँग राष्ट्रिय पुननिर्माण प्राधिकरणमा ६ वर्ष काम गरेकाे अनुभव छ । उनी यो क्षेत्रको चर्चित अनुहारमा पर्छन् । पराजुलीको स्थायी घर गोरखाको हर्मी भए पनि अहिले काठमाडौंको ७ नम्बर क्षेत्रमा बस्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...