News Portal

अन्तत: सन्दिपले आफै देखाए आफू निर्दोष भएको प्रमाण: गरे तत्काल नेपाल आउने घोषणा

एनपर्दा संवाददाता
६१०२ पटक

काठमाडौैं ।

पछिल्लो एक दुई दिन यता सामाजिक सञ्जाल छोटो समयमै करिअरको चुचुरोमा पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि लागेको आरोपको समाचारले रङ्गिएको छ । सन्दीपमाथि लागेको आरोपपछि समर्थकहरु निराश र आक्रोशित बनेका छन् ।

लामिछानेमाथि बज्रपात हुने संकेत देखिएको छ । आरोप पुष्टि भए उनी १२ बर्ष जेल जानेछन् । बलात्कार जस्तो जघन्य अपराध गरेको आरोप उनीमाथि लागेको छ।मंगलबार १७ वर्षकी किशोरीले आफूलाई लामिछानेले होटलमा लगेर पटक पटक बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिने तयारी अगाडि बढाइसकेको छ।यससँगै उनलाई उनी रहेको देशको स्थानीय प्रहरी वा इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी पनि सुरु भइसकेको छ।उनी क्यारेबियन प्रिमियर लिग खेल्न गएका छन् र अहिले सेन्ट लुसियामा छन् ।

यसैबीच, लामिछानेले निडरता देखाएका छन् । उनले आफूले गल्ती नै नगरेका कारण आफू निर्दोष रहेको बताएका छन् ।उनले आफू निर्दोष रहेको र आफूलाई फसाउन षडयन्त्र भइरहेको प्रतिक्रिया दिएका छन् ।बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।

क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन् ।कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताए ।सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।

‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने ।सन्दीपले आफ्नो कानूनी प्रक्रियामा क्यानले सहजीकरण गरिदिने आशा पनि व्यक्त गरेका छन् ।उनले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरेको मल्लले जानकारी दिए । यसैबीच, क्यानले सन्दिपमाथि तत्काल कुनै एक्सन नलिने भएको छ ।

हिजो क्यानका पदाधिकारीहरुबीच भएको अनौपचारिक कुराकानीमा अहिले पर्ख र हेरको रणनीति लिने समझदारी भएको हो ।मल्लले भने, ‘अहिलेसम्म सन्दिप एक आरोपी मात्र हुन् । जाहेरीकै आधारमा मात्र हामीले कारवाही गर्न हतार नगरौं भन्ने सल्लाह भएको छ ।भोलि प्रहरीले अदालतमा मुद्दा दायर गरिसकेपछि हामी आफ्नो निर्णय लिनेछौं ।’

यो पनि पढ्नुहोस
स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन ।

आज ओलीको यहि डाइलग खानलाई रहेछ प्रचण्डलाई हिजो त्यत्ति बोल्नु परेको !
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले झुटको खेती गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रति कडा कटाक्ष गरेका छन् ।

जपान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जापानको विमानस्थल पुग्ने वित्तिकै बोलेको एउटा झुटको कारण उनी ट्रोल बनिरहेका छन् , यहि बिषयमा एमाले अध्यक्ष ओलीले पनि प्रचण्डलाई दरै खालको डाइलग पेलेका छन् ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे नेपाल भ्रमणमा आएका बेला आफ्नो दुई तिन पटक राम्रो कुराकानी भएको र जापान आउँदा पनि उहाँसँग भेटेर नेपाल र जापानको सम्बन्ध राम्रो बनाउँने धोको थियो तर पुरा भएन भनेर प्रचण्डले बोलेको झुटको नागरिक स्तरबाट त चर्को आलोचना भएकै छ एमाले अध्यक्ष ओलीले पनि प्रचण्डलाई नमज्जाले जवाफ फर्काएका छन् ।

अध्यक्ष ओलीले प्रचण्डले सिन्जु आबे बारे बोलेको झुटको बारेमा बोल्दै भनेका छन् भन्नलाई जे पनि भन्छन्। नेपालै नआएकोसँग तीनपटक दोस्ती हुँदो रहेछ। मौका मिले भनिहाल्दो रहेछ मान्छे। प्रचण्ड कति सम्म झुटो बोल्ने मान्छे भन्ने यहि कुरा बाट पनि बुझ्न सकिने जिकिर उनले गरेका छन् ।

फरक प्रशंसगमा एमाले अध्यक्ष ओलीले आगामी चुनावमा गठबन्धन बनाउने निर्णय डुब्न लागेकाको त्यान्द्रोुको सहारा भएजस्तै रहेको टिप्पणी गरेका छन्। उनले अहिले उनीहरुको भाग्यमै गठबन्धन अनिवार्य शर्त भएको बताएका छन्।

उनले भने, हिन्दीमा भनिन्छ नि डुब्तेको तिन्केका सहारा। डुब्दै गर्दा त्यान्द्रो समातेर बाँच्न खोज्छ। यी सबै डुब्न लागेकाहरु हुन्। एकले अर्कालाई निकालिदिए त हुन्थ्यो तर डुबिएला भनेर एकले अर्कालाई समातेको छ। सबै डुब्न बेर छैन।

गएको निर्वाचनमा माओवादी केन्द्रलाई एमालेले डुब्नबाट बचाएको दाबी गरे। अहिले उक्त पार्टी आफूलाई नेपाली कांग्रेसले हेपेको महशुस गरेर पनि गठबन्धनमा रहन बाध्य भएको बताए।

उनले थपे, बिहान हामीलाई हेप्यो। यस्तै चाल हो भने अर्कै मोर्चा बनाउँछौं भन्छन्। अलिक दिउँसो अलि–अलि डराउँछन् भन्छन् मोर्चा कायमै राख्नुपर्छ। बेलुकातिर आएपछि भन्छन् चुनावपछिसम्मै कायम राख्नुपर्छ।

उनले छट्पटी भएपछि अलि नधम्क्याइ टेर्दैनन् भनेर धम्क्याउने र डराएपछि फेरि गठबन्धन बनाएर जाने सिलसिला चलिरहेको बताए। उनले अहिले एमालेविरुद्ध कम्युनिष्ट विरोधी, प्रगति विरोधी र राष्ट्रियता विरोधि एक ठाउँ आइपुगेको उल्लेख गरे।

उनले गठबन्धन एमालेलाई रोक्नका लागि मात्रै बनेको बताए। एमालेले गएको तीन वर्षमै २० वर्षमा हुन नसकेको काम आफूले गरेको दाबी गरे। एमाले लोकप्रिय भएर अरुको अस्तित्व संकटमा परेपछि अनेकक आरोप लगाइएको बताए। उनले थपे, अरुको अस्तित्व संकट पर्दै गयो। एमालेलाई रोक्क सकिएन। सिकन्दर बढेजस्तै बढ्ने भयो। मै हुँ भन्नेहरु लिलिपुट देखिन थाले। त्यसपछि अनेक आरोप लगाइयो।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...