News Portal

जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)

एनपर्दा संवाददाता
१९७ पटक

महेश बोहरा, गुल्मी

बारीपारी घना जंगल, ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ । तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ । २०५१ सालमा डिल्लीराज सापकोटाले पत्ता लगाएको एउटा सानो गुफामा त्ततिसकोटी देवताको आकार लगायत बिभिन्न प्रकारका आकृतिहरु देख्न सकिन्छ ।

बिस्तारै त्यसको बिकास हुदै भौतिक संरचनाहरु निमार्ण भए । तर जति उक्त मन्दिरको महिमा छ सोही अनुरुप बिकास हुन भने सकेन । अहिले पनि सो मन्दिरमा गुल्मी, अर्घाखाँची,बाग्लुङ, पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्लाहरुबाट श्रद्धालुभक्तजनहरु

पुजापाठको लागी त्यहाँपुग्ने गर्दछन । त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होला । यदि नसके पनि यो भिडियोलाई हेरी एक एक सेयर सबैले गर्नुहोला । हेरौ सोही मन्दिरको भिडियो ।

बालेनकाे एकपछि अर्काे एक्शन, महानगरको २४ घन्टे अल्टिमेटम, कर नतिरे बन्द गरिदिने {साथदिन शेयर गरौं}
व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन दिएको छ ।समाज कल्याण परिषद्‍को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन ।

फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको महानगरपालिकाले जनाएको छ । महानगरका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकाले पत्र लेख्ने कार्य भएको बताए ।

व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्ज कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न भनिएको छ ।

महानगरपालिकाले फनपार्कलाई तिर्न बाँकी सम्पूर्ण रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न भनेको छ । तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी समेत गर्ने चेतावनी महानगरले दिएको छ । काठमाडौं महानगरपालिकाले पछिल्लो केही दिनयता महानगरभित्र अनधिकृत रुपमा बनाइएका संरचनाहरू भत्काउँदै आएको छ ।

ओलीलाई जनताले नपत्याउने भन्दै घनश्याम भुसालले अर्कै नेतालाई प्रधानमन्त्रीको रुपमा अघि सारेपछि एमालेमा लफडा
नेकपा (एमाले) को शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक एवम् पोलिटब्युरो सदस्य विशाल भट्टराई नेता घनश्याम भुसालले भने जनताले ‘नयाँ नेतृत्व खोजेको’ बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकपूर्व गत विहीबार ललितपुरको च्यासलमा बसेको एमाले स्थायी कमिटीको बैठकमा नेता भुसालले केपी ओलीको नेतृत्वमा चुनावमा गएर सफलता नपाइने संकेत गर्दै नयाँ नेतृत्व अघि सार्नुपर्ने बताएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य भुसालले पूर्वसभामुख नेम्वाङलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्ने संकेत गरेको बैठकमा सहभागी एमाले नेताहरुको भनाइ छ ।

‘हिजो संसद विघ’टन असफल भएसँगै केपी कमरेडको ठाउँमा सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएको भए नेकपा एमाले फुट्दैनथ्यो,’ बैठकमा भुसालको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘फरक समुदायको नेतालाई प्रधानमन्त्री बनाउँदा नयाँ सन्देश दिन सकिन्छ ।’

नेता भुसालले विहीबार स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको लिखित प्रस्तावमा पनि नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने उल्लेख गरेका छन् । भुसालको यो प्रस्तावले ओलीको नेतृत्वमा चुनावमा जाँदा जनताले नपत्याउने दाबी गर्छ ।

भुसालले स्थायी कमिटीमा पेश गरेको प्रस्तावमा भनिएको छ, ‘यो असाधारण चुनौतिले घे’रिएको तर ऐतिहासिक अवसर बाँकी नै रहेको अवस्था हो । यस अवस्थामा पनि इतिहासमा हामीले गरेका कमजोरीको जिम्मेवारीबाट उम्किने प्रयास गर्यौं भने आ’न्दोलन र पार्टीमाथि घोर बेइ’मानी हुनेछ ।

जनताले समग्र राजनीतिमै नयाँ सङ्कल्प र नेतृत्व खोजेका छन्। त्यसलाई नजरअन्दा’ज गर्ने जोसुकैले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’जनताको विश्वास जित्नका लागि केपी ओलीले त्याग गर्नुपर्नेतर्फ संकेत गर्दै भुसालले लिखित प्रस्तावमा भनेका छन्, ‘आउनुहोस्, जनताको चाहनालाई सम्वोधन गर्न हामी कस-कसले केके त्याग गर्नुपर्ने हो, तयार होऔँ ।’

नेता भुसालले आगामी चुनावमा केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर सफलता नपाइने विश्लेषण गरे पनि शुक्रबार र शनिबार दुई दिन बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भने केपी ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर जनतासँग बहुमत माग्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...