News Portal

गुल्मीमा गोकर्ण बिष्टको भन्दा झाक्री कै चर्चा, गठबन्धनका सबै मत पाउँदा बिष्ट भन्दा झाक्रीको मत ६ हजार बढी

एनपर्दा संवाददाता
१९६ पटक

गुल्मी ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि गुल्मी २ मा रोचक निर्वाचन हुने देखिन्छ। तत्कालिन एमालेका दुई नेताबीच चुनावी भिडन्त हुने देखिन्छ।

नेकपा एकीकृत समाजवादी पार्टीका सचिव तथा पुर्व नेकपा एमालेका नेतृ रामकुमारी झाँक्री र एमाले सचिव गोकर्ण विष्टबीच आउने निर्वाचनमा भिडन्त हुने देखिएको छ।

०५६ देखि यो क्षेत्रमा चुनाव लड्दै आएका बिष्टलाई ०६४ मा माओवादीका सागर थापाले हराएका थिए । अरु सबै चुनाव बिष्टले जितेका छन् । ०७४ मा वाम गठबन्धनको बेला त उनले १४ हजारभन्दा बढी मत अन्तरले जितेका थिए ।

त्यो बेला एमालेको साथमा रहेको माओवादी पाँचदलीय गठबन्धनमा छ भने एकीकृत समाजवादी, एमालेबाट फुटेर बनेको दल हो । सत्तारुढ गठबन्धनमा रहेका दलहरु सबै एकातिर हुँदा पनि एमालेको भोट हाराहारी रहेको भन्दै एक नेता भन्छन्, ‘२० वर्षभन्दा बढी समयदेखि उहाँ यो क्षेत्रसँग जोडिनु भएको छ, योजनाहरु ल्याउनु भएको छ, गाह्रो साह्रो पर्दा हेर्नु भएको छ । उहाँको ३र४ हजार पर्सनल भोट छ, त्यसकै बलमा जित्न सक्नुहुन्छ ।’

विद्यार्थीदेखि पार्टीको केन्द्रीय राजनीतिमा पुगेकी झाँक्रीले पछिल्ला चुनावहरुमा विष्टका लागि भोट मागिन् । तर अहिले विष्ट र झाँक्रीको पार्टी मात्र फेरिएको छैन, चुनावी मैदानमा एकअर्कालाई हराउन तम्सिएका छन् ।

एमालेमा उम्मेदवार बनाउ सचिव विष्टको नाम सिफारिस भएको छ भने रामकुमारी, सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्ने दौडमा छिन् । झाँक्री भन्छिन्, ‘मेरो उम्मेदवारी त टुंगिएको छैन, तर हामी आमने सामने भयौं भने हार्दिकतापूर्वक प्रतिस्पर्धा गर्छौं । दाइलाई पनि दुनो ढल्यो भागमा, धेरै बल नगर्नुस् भन्न चाहन्छु ।’

३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा एमाले सबभन्दा अगाडि छ । एमालेले ३१ हजार २५३ मत पाउँदा कांग्रेसले २९ हजार ८२१ मत पाएको छ ।

माओवादी केन्द्रको १८४१ र एकीकृत समाजवादीको जम्मा ६५८ मत छ । एकीकृत समाजवादीका नेताहरु भने गठबन्धन एक ठाउँमा उभिने हो भने ५/६ हजार मतले अगाडि हुने दाबी गर्छन् ।

अन्य कुन आयोजनामा कसले कति व्यहोर्नुपर्छ?
१. एक सय मेगावाट वा सोभन्दा बढी क्षममताको जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजनामा नेपाल सरकारले ५ प्रतिशत व्यावसायिक संस्थाबाट ४० प्रतिशत व्यहोर्नुपर्ने२. दश किलोमिटरभन्दा लामो मेट्रो वा मोनो रेलमार्गको लागि सरकारले ५ प्रतिशत र व्यावसायिक संस्थाले ३० प्रतिशत व्यहोर्नुपर्ने

३. शुल्क लिई सञ्चालन हुने सडक, फ्लाइओभर, अण्डरपास, सिग्नेचर पुल, सुरुङमार्गजस्ता आयोजनामा नेपाल सरकारले १० प्रतिशत र व्यावसायिक संस्थाले ३० प्रतिशत शुल्क व्यहोर्नुपर्नेछ।४. अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माण तथा क्षमता विस्तार आयोजनामा सरकारले २० प्रतिशत र व्यावसायिक संस्थाले ३० प्रतिशत व्यहोर्नुपर्नेछ।

५. दुई अर्ब रुपैयाँभन्दा माथिको स्वास्थ्य, कृषि शिक्षा, पर्यटन, सूचना प्रविधि औद्योगिक पूर्वाधारलगायतका आयोजनामा सरकारले १० प्रतिशत र व्यावसायिक संस्थाले २० प्रतिशत व्यहोर्नुपर्नेछ।६. नेपाल सरकारले निर्णय गरी तोकेको अन्य किसिमको आयोजना रहेको खण्डमा त्यसमा अधिकतम २० प्रतिशत शुल्क सरकारले व्यहोर्ने उल्लेख छ।

विदेशी लगानी भित्र्याउन हेजिङ : अर्थमन्त्री शर्मा
यसैबीच, अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङको विषय टुंग्याएको बताएका छन्। तर राष्ट्र बैंक र कर्मचारीहरुले समेत नबुझेको भनी अर्घेलो थापेको उनको आरोप छ।उनले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको गुनासो गरे।

उनले विगत लामो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमावली बनाउने कुरा अगाडि बढे पनि राष्ट्र बैंक र ब्यूरोकेसीलाई बुझाउन नसक्दा ठूलो लडाइँ लडेर अहिले मन्त्रिपरिषद्बाट हेजिङसम्बन्धी नियमावली पास भएको जानकारी दिए।

मन्त्री शर्माले नेपालको जलविद्युत क्षेत्रमा सबैभन्दा बढी हेजिङको आवश्यकता भएपनि हाइड्रो व्यवसायीहरुले नै चाहिँदैन भनेको बताए। उनले विदेशी लगानी ल्याउन नेपालको वैदेशिक लगानीसम्बन्धी नीति निकै कसिला भएको बताए।

त्यस्तै लगानी बोर्डका सीईओ सुशील भट्ट पनि हेजिङ विदेशी लगानीको लागि महत्वपूर्ण विषय रहेको बताउँछन्।उनले भने, ‘यदि विकासका लािग विदेशी लगानी र त्यसको प्रोत्साहन गर्ने हो भने यस्ता व्यवस्थाहरु आवश्यक छन्। यो मात्र नभई प्रतिफल ग्यारेन्टी गर्ने अन्य फण्डहरुको समेत आवश्यकता छ।’

के हो हेजिङ?
हेजिङ भन्नाले अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेसियल ड्रइङ राइट्स (एसडीआर) भित्र पर्ने विदेशी मुद्रामा गरेको ऋण लगानी फिर्ता गर्दा हुनसक्ने विदेशी विनिमयको जोखिम न्यूनीकरण गर्ने उपकरण हो।

विदेशी विनिमय दर जोखिम न्यूनीकरणको लागि त्यस्तो लगानी गर्दा जुन विनिमय दरमा विदेशी मुद्रा बैंकमा जम्मा गरेको हो सोही विनिमय दरमा हेजिङ सम्झौता निर्धारण भएबमोजिम ऋणको सावाँ ब्याज भुक्तानी गरी लगानी फिर्ता लैजान पाउने गरी गरिएको विदेशी मुद्राको विनिमय दर स्थिर (लक) गर्ने कार्यलाई नियमावलीले परिभाषित गरेको छ।यो नियमावली विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ बमोजिम निर्माण भएको हो।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...