News Portal

काठमाडौँमा बालेनको पुत्ला जल्यो …ठिक कि बेठीक ?मत गर्नुहोस (हामी बालेन सम्म पुर्याउने छौ)

एनपर्दा संवाददाता
५२८ पटक

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले थायमदु (बांगेमुढा)मा रहेको त्‍वा: छें (सामुदायिक भवन) भत्काएपछि मेयर बालेन शाहको पुत्ला दहन गरेको छ।शुक्रबार काठमाडौं-२५ मा रहेको उक्त भवन भत्काएपछि शनिबार आन्दोलित स्थानीयले मेयर शाहको पुत्ला दहन गरेका हुन्।

महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका हुन्। शनिबार नै नेवा: देय् दबूले विज्ञप्ति जारी गर्दै यस घटना निन्दनीय भएको बताएको छ। मंका खल, आदिवासी जनजाती स‌ंघ लगायत नेवा: समुदायसँग आबद्ध स‌ंघ संस्थाहरूले प्रदर्शन गरेका हुन‍्।

प्रदर्शनकारीले यो विरोध जारी नै रहने जनाएका छन्। उनीहरूले रिस्टोर त्वा:छें भनेर अभियान समेत सञ्चालन गरेका छन‍्।विदाको अवधि भर सबैले त्वा:छेंको तस्बिर सामाजिक सञ्जालमा राखेर पुनर्स्थापनाको माग गर्ने प्रदर्शनकारीले बताएका छन्। उनीहरूले शनिबार बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहिति लगायत घुमेर मसाल जुलुस समेत निकालेका हुन्।

यसरी शुक्रबार काठमाडौं महानगरको डोजर पहिलो पटक कोर क्षेत्रमा पर्ने बांगेमुढामा पसेर सामुदायिक भवन भत्काएको एक सहभागी बताउँछन्। यसरी कोर क्षेत्र भित्रै पस्न थालेपछि यसले अरू पनि भत्काउन सक्ने भन्दै विरोध प्रदर्शन गर्नुपरेको प्रदर्शनकारी बताउँछन‍्।

‘सहमतिका लागि तयार हुँदाहुँदै र सो सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा सो भवन भत्काउने कार्य निन्दनीय ठहर्छ,’ दबूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दसैं विदाको एकदिन अगाडि २४ घण्टे अल्टिमेटम दिएर भवन भत्काउन डोजरसहित आएर श्वेत आतंक मचाउनु भर्त्सना योग्य छ।’

दबूले अहिले वार्ता गरी सहमति गर्नु नै आवश्यकता भएको जनाएको छ। यस्तै यस्ता उत्तेजक गतिविधिबाट अप्रत्याशित र अनियन्त्रित प्रतिरोधलाई मलजल तयार गर्न सक्ने कुरामा पनि महानगरलाई सचेत रहन दबूको सुझाव छ।

दबूका अनुसार सयौं वर्ष अघिदेखि समुदायले उपभोग गरी आएको जग्गामा टोल समाजको सामूहिक पहल र लगानीमा झण्डै ५० वर्ष अगाडि सामुदायिक भवन निर्माण भएको थियो।

‘सामुदायिक भवन निर्माण पश्चात सो भवनको रेखदेखका लागि त्वाःछें परिवार गठन भई संरक्षणको काम भइआएको हो। र सो भवनबाट हुने स्थानीय सांस्कृतिक, सामाजिक तथा निर्माण कार्यमा खर्च गरी वार्षिक रुपमा लेखापरिक्षण गराइ सार्वजनिक गर्ने काम भइ आएको हो।’

यसअघि त्यही भवनमा वडा कार्यालय समेत राखिएको दबूले उल्लेख गरेको थियो।यसैगरी बालाजु-बाइपास सडक विस्तार पीडित संघर्ष समितिले पनि उक्त कामको विरोध जनाएको छ।

यही ठाउँमा इतिहास कोर्ने कामहरू भएको र महानगरले यसलाई भत्‍‍काएको भन्दै समितिले आपत्ति जनाएको हो। उक्त त्वा:छें सोही ठाउँमा पुनर्निर्माण होस् भन्दै माग समेत गरेको छ।

बालेनविरुद्ध फेरी आन्दोलन , विजय उन्माद नदेखाउन चेतावनी
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेवा: सभ्यता र संस्कृतिमाथि नै डोजर चलाएर आतंकित बनाएको भन्दै ‘कोर सिटी’का नेवार समुदायले बगावत शुरु गरेका छन् ।

टुकुचाको डेढ सय वर्ष पुरानो सुरुङ भत्काएपछि असन र बाङ्गेमुढामा आक्रमण गरिएको भन्दै स्थानीयले शनिवार साँझ बाङ्गेमुढा चोकमा खबरदारी सभा गर्दै महानगरपालिकाको गुण्डागर्दी बन्द गर्न माग गरेका छन् ।

विरोध सभालाई सम्बोधन गर्दै नेवा दे दबुका अध्यक्ष पवित्र बज्राचार्य, रमेश श्रेष्ठलगायतले मेयर बालेनमा विजय उन्माद बढेको भन्दै नेवा: समुदायले सबै खाले अन्यायविरुद्ध लड्नु परेमा कहिल्यै पराजित नभएको बताए । उनीहरूले नेवा: समुदायमाथिको दमनको प्रतिरोध हुने बताए ।

बाङ्गेमुढाको त्वाःछेँ भवन (सामुदायिक भवन) महानगरपालिकाले शुक्रवार डोजर लगाएर भत्काएपछि यहाँका स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरूको आन्दोलनमा सुमन सायमी लगायतले पनि समर्थन जनाएका छन् ।

वडा भवन बनाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै महानगरपालिकाले जबरजस्ती भत्काइदिएको विरोधमा बाङ्गेमुढाका स्थानीय बासिन्दाबाट खबरदारी सभा आयोजना गरिएको भाषा अभियन्ता विराजकाजी राजोपाध्यायले बताए ।

उनका अनुसार ४५ वर्षअघि स्थानीयले बनाएको सामुदायिक भवन नभत्काउन आग्रह गर्ने ८२ वर्षका वृद्धलाई समेत प्रहरी लगाएर लछारपछार गरिएको थियो । त्यस बेला २५ नम्बर वडाका वडाध्यक्ष राजेश डंगोल पनि थिए ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...