News Portal

बालेनले नभ्याएको काम सुनिताको जिम्मामा, दशैंको मुखमा सुनिताको एक्सन सुरु !

एनपर्दा संवाददाता
९०८ पटक

काठमाडौं ।

महानगरपालिकाले आगामी सातादेखि बजार अनुगमन गर्ने भएको छ । चाडपर्व आएसँगै बजारमा हुन सक्‍ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्‍न भन्दै काठमाडौं महानगरले बजार अनुगमन गर्ने तयारी थालेको हो ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी बजार अनुगमन गर्न लागिएको जानकारी दिइन् । बुधबार महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगतरुपमा अनुगमन गर्ने निर्णय गरेको हो । अनुगमनका क्रममा माछा मासु पसल, डिपार्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछन् ।

उपप्रमुख डंगोलले इकान्तिपुरसित भनिन्, ‘हिजो हामीले सरोकारवालासँग समन्वय बैठक बस्‍यौं । बजार अनुगमन सबै संस्थाले छुट्टाछुट्टै गर्दा नतिजा पनि नआउने र व्यवसायीहरु पनि झन्झट मान्ने हुँदै एउटा टिम बनाएर अनुगमन गर्ने निर्णय भएको छ । ‘

बजार अनुगमनका लागि निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक तरिकाबाट जाने निर्णय भएको उनले बताइन् । जस अनुसार व्यवसायीलाई जानकारी र सचेत गराउने, सचेत गराउँदा पनि लापरबाही गर्नेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नेसम्मका योजना रहेको उनले जानकारी दिइन् ।

बैठकले दसै‌ं लक्षित गरेर बजार अनुगमनका लागि विभिन्न क्लस्टरहरु पनि छुट्याएको उपप्रमुख डंगोलले जानकारी दिइन् । ‘फेस्टिभल समयमा अरु धेरै अनुगमन हुने भएकाले क्लस्टर बनाएपछि को कता अनुगमन गर्ने जाने भन्ने सजिलो पनि हुन्छ र सबै क्षेत्रमा अनुगमन पनि हुन्छ,’ उनले भनिन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को गाउँपालिका, नगरपालिकाको अधिकारको बुँदा नम्बर (ञ) स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था छ ।

वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश छन् । स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु र सेवा व्यपारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहमा दिइएको छ ।

काठमाडौँ महानगरपालिकाले २०७७ माघ २४ गते ‘काठमाडौ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ ।

स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ । यसबाट स्वच्छ तथा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने महानगरको अपेक्षा छ ।

टुकुचा जस्ताको तस्तै मौलिक शैलीमै राख्नुपर्ने पुरातत्वको प्रारम्भिक निष्कर्ष
पुरातत्व विभागले टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने औँल्याएको छ । विभागले १० दिनअघि गठन गरेको अध्ययन टोलीले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको करिब चार सय ५० मिटर डुँडलाई मौलिक शैलीमै यथावत् राख्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको हो ।

जयनेपालदेखि काठमाडौं प्लाजासम्म भूमिगत रहेको टुकुचा खोलालाई महानगरले उत्खनन गर्न थालेपछि विभागले अध्ययन टोली गठन गरेको थियो । टुकुचाको सात स्थानमा महानगरले डोजर चलाउँदा तीन स्थानमा टुुकुचालाई डुँड हालेको फेला परेको थियो । अन्य स्थानमा भने टुकुचा फेला परेको थिएन ।

टुकुचा उत्खननका क्रममा खोलामाथि रहेका संरचनासमेत भत्काउन थालिएपछि स्थानीयले अदालतमा रिट दायर गरेका थिए । रिटमा उच्च अदालत पाटनले तत्काल संरचना नभत्काउन ‘स्टे अर्डर’ दिएको छ । सोही अर्डरपछि महानगर टुकुचा उत्खननबाट पछि हटेको थियो । टुकुचाको यो खण्ड पुरातात्विक स्थान भएको र त्यसबारे थप अध्ययन हुनुपर्ने विज्ञहरूको सुझावअनुसार महानगर पछि हटेको हो ।

‘उक्त डुँड ऐतिहासिक हो भन्नेमा शंकै रहेन,’ पुरातत्व विभागद्वारा गठित अध्ययन समितिका संयोजक भास्कर ज्ञवालीले भने, ‘अब यसलाई मौलिक शैलीमै राख्नुपर्छ ।’ उनका अनुसार १० दिन अध्ययन गर्दा पनि टुकुचाको सम्रग पक्ष पत्ता लगाउन नसकिएले अब दसैँपछि यसको थप अध्ययन हुनेछ ।

तर, हालसम्मको अध्ययनअनुसार भने टुकुचाको यो खण्ड प्राचीन भएको, वीरशमशेरका पालामा निर्माण भएको, बस्ती डुबान हुन सक्ने भएकाले त्यसलाई रोक्न डुँड बनाइएको तथ्य पत्ता लागेको छ । यसबाहेक अन्य पक्षको पनि अध्ययन आवश्यक रहेको समितिको भनाइ छ । दसैँपछि समितिले टुकुचाको शिरदेखि अन्त्यसम्मै अध्ययन गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...