News Portal

एमालेबाट टिकट नपाउने भएपछी भीम रावल गठबन्धनबाट चुनाव लड्दै….

एनपर्दा संवाददाता
३३८ पटक

काठमाडौं।

नेकपा एमालेका नेता नेता डा. भीमबहादुर रावलले आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेको ह’ल्लाबारे मुुख खोलेका छन् । उनले यस्तो हल्ला गरेर भ्र’मको खेती गरिएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता रावलले आफ्नो बारेमा सु’नियोजित प्रचार भएको भन्दै दुःख प्र’कट गरेका छन । एमाले नेता कर्ण थापा लगायतले योजनाव’द्ध ढंगले विभिन्न गल’त प्रचार गराएर ते’जोवध गर्न खोजेपछि रावलले सामाजिक सञ्जालबाट त्यसको ख’ण्डन गरेका हुन ।

उनले भ्र’मको खेती बन्द गर्न अनुरोध गर्दै भनेका छन, ‘एक समय मैले चुनाउ नलड्ने भन्ने सु’नियोजित प्रचार गरियो । मैले अछामको कार्यकर्ता भेलामा त्यसको खण्डन गरेपछि मलाई उम्मेदवार नबनाइने कुरा केन्द्रमा गरियो ।

त्यसप्रति जनता र कार्यकर्ताको वि’रोध देखिन थालेपछि मैले खुमलटारमा प्रचण्ड र कोटेश्वरमा माधव नेपालसंग भेटेको कथा प्रचा’र गर्न थालिएको छ । मैले ती नेतासंग भेटेको छैन र चुनाउबारे कुरा गरेको छैन ।

मैले साँच्चै कुरा गर्न चाहेमा गो’प्य होइन, पत्रकारहरुलाई जानकारी गराएर तथा भएका कुरा सार्वजनिक गरेर अगाडि बढ्ने सामर्थ्य राख्दछु । अतः भ्र’मको खेती गरेर अरुको ते’जोवध गरी आत्मरति नगर्नु नै उचित हुनेछ ।’

यो पनि हेर्नुहोस, गठबन्धनभित्र भागबन्डा नमिल्दा एमालेको टिकट वितरणमा ढिलाइ
सत्तारुढ गठबन्धनभित्र सिटको भागबन्डामा सहमति नजुट्दा नेकपा एमालेको टिकट वितरणमा ढिलाइ भएको छ ।गएको बिहीबार बसेको सचिवालय बैठकमै उम्मेदवारबारे मोटामोटी सहमति भए पनि एमालेले टिकट वितरणबारे अन्तिम निर्णय गरेको छैन ।भागबन्डा गर्दा टिकट नपाउने सत्तारुढ गठबन्धनका असन्तुष्ट नेता तान्ने रणनीति लिएकाले एमालेमा टिकट वितरणमा ढिलाइ भएको नेताहरु बताउँछन् ।

५६ प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस भएको र बाँकी ठाउँको निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएकाले पनि एमालेमा टिकट वितरणमा ढिलाइ हुनुपर्ने कारण देखिदैन ।

उपाध्यक्ष सुवास नेम्वाङ पनि उम्मेदवारहरू लगभग तय भइसकेको बताउँछन् । ‘धेरै ठाउँको उम्मेदवार टुंगिसकेको छ । हाम्रोमा केही समस्या छैन’, उपाध्यक्ष नेम्वाङ भन्छन् । तर गठबन्धनमा भागबन्डाको कुरा नमिल्दा एमालेले पनि दशैं अगाडि टिकटबारे कुनै निर्णय नगर्ने भएको छ ।

अध्यक्ष ओली आज (सोमबार) बिहान ११ बजे गृह जिल्ला झापा जाँदैछन् । टीका लगाएर मात्रै ओली काठमाडौं र्फकने भएकाले दशैं अगाडि एमालेको टिकट वितरणको सम्भावना टरेको हो ।

दशैं टीका सकेर निर्णय गर्दा पनि एमालेमा फरक नपर्ने नेताहरु बताउँछन् । ‘कसले चुनाव लड्छ भन्ने कुरा धेरै ठाउँमा लगभग फाइनल जस्तै छ, एक दुई दिन ढिलो हुँदैमा फरक पर्दैन’, उपाध्यक्ष युवराज ज्ञवाली भन्छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतसँग तालमेल नटुंगिदा पनि एमालेको टिकट वितरणमा ढिलाइ भइरहेको छ ।यी दुवै दलसँग एमाले नेताहरू वार्तामा छन् । तर यी दलहरुसँगको तालमेल भन्दा पनि सत्तारुढ गठबन्धनमै देखिन सक्ने असन्तुष्ट नेताहरुको लाभ उठाउन सकिने बुझाइकै कारण एमालेले ढिलाइ गरिरहेको छ ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, गठबन्धनको निर्णयबारे स्वतः चासो हुने बताउँछन् । ‘एमालेको टिकटको समस्या छैन ।सत्तारुढ गठबन्धनमा भ्यागुताको धार्नी पुर्याउनुपर्ने भएकाले उहाँहरु संकटमा हुनुहुन्छ’, रिजाल भन्छन्, ‘स्वभाविक रुपमा दुई पक्षीय प्रतिश्पर्धा हुने भएकाले सत्तारुढ गठबन्धनले के गर्छ भन्ने कुरा प्रमुख प्रतिपक्षलाई स्वतः चासो हुन्छ ।’

गठबन्धनभित्रको असन्तुष्ट दल र नेता तान्न नसकिएपनि उम्मेदवार हेरेर आवश्यक निर्णय लिनु उपयुक्त हुने बुझाइमा एमाले नेताहरु छन् ।स्थानीय चुनाव लगत्तैबाट सिट भागबन्डाको गृहकार्य थालेको सत्तारुढ गठबन्धनमा भने अझै सहमति जुट्न सकेको छैन ।

प्रतिनिधि सभाको १६५ र प्रदेश सभाको ३३० सिटमा भागबन्डा नमिल्दा गठबन्धनका सबै दलभित्र असन्तुष्टि देखिएको छ । त्यो असन्तुष्टि हल गर्दै साझा उम्मेदवार तय गर्न भएको ढिलाइको असर एमालेमा पनि देखिन पुगेको हो ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...