News Portal

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

एनपर्दा संवाददाता
१८३ पटक

दमक (झापा) ।

स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमाले एक्लैको ४१ हजार ६१९ मत छ ।

नेपाली कांग्रेसले २२ हजार २२, नेकपा माओवादी केन्द्रले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीले १ हजार ९८८ मत पाएका थिए ।

अहिलेसम्मको तयारीअनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर प्रतिनिधि सभाको चुनावी मैदानमा उत्रिनेछन् । वडाध्यक्षमा पाएको मत जोड्दा तीन दलको कुल मत ३४ हजार ७९८ छ । यतिमात्रै हिसाबले सोझै बताउँछ– एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ गठबन्धनका उम्मेदवारलाई हराउन कुनै मेहनत गर्नुपर्दैन ।

अझ काठमाडौंबाट हेर्दा देखिने राप्रपा–एमाले सम्बन्ध र अघिल्लो आम चुनावको तालमेलका आधारमा ओलीलाई राप्रपाको पनि मत आउँछ । र, उनले सहजै जित्छन् । तर क्षेत्र नं. ५ मा झापाको अरु क्षेत्रझैं राप्रपा एमालेसँग नजिक छैन ।

यही क्षेत्रको दमक नगरपालिकाको प्रमुख जित्दा राप्रपाका राम थापाले गठबन्धनको बलियो साथ पाएका थिए । उनी आसन्न चुनावमा गठबन्धनलाई धोका दिने पक्षमा छैनन् ।

राप्रपाले वडामा पाएको मत गठबन्धनमा जोड्ने हो भने एमालेको भन्दा १,५३२ बढी हुनेछ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सबभन्दा बढी मतबाट विजयी भएका र यो चुनावमा एमालेले भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका ओलीका लागि यो सुखद हिसाब होइन ।

यसलाई राम्ररी बुझेका ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सम्वाद बाक्लो बनाएका छन्, जसलाई झापा-३ को चुनाव जित्न एमालेको उत्तिकै साथ चाहिन्छ ।

लिङ्देन पनि एमालेसँग सहकार्य गर्न तयार देखिएका छन् । तर व्यक्तिगत पकड भएका दमकका मेयर थापाले नचाहेसम्म झापा-५ मा राप्रपाको सबै भोट ओलीमा नजान सक्छ ।

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक हुबहु पारित
राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ ।राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो । राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो ।

अब यो विधेयक फेरि प्रतिनिधिसभामा जान्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेको संदेश प्रतिनिधिसभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ ।यसअघि पहिलो पटक प्राप्त नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी पुनर्बिचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

२४ असार २०७९ मा दर्ता भएको यो विधेयक प्रतिनिधिसभाबाट साउन ६ र राष्ट्रियसभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । तर, विधेयक प्रमाणीकरण नगरी २९ साउनमा राष्ट्रपति भण्डारीले संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि भन्दै सातवटा बुँदा र ध्यानाकर्षणका लागि आठ वटा बुँदामा सन्देशसहित विधेयक फिर्ता गरिदिइन ।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक पुनः संघीय संसदको दुबै सदनबाट पारित भएको छ । पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई नरहेको सरोकारवालाहरु रहेको भनाई रहेको छ ।

संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार दुबै सदनले फिर्ता भएको विधेयक प्रस्तुत रूपमा (जस्ताकोे तस्तै) वा संशोधन सहित पारित हुन सक्छ ।

‘राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ’ संविधानको धारा ११३ उपधारा (४) मा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...