News Portal

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

एनपर्दा संवाददाता
३६६ पटक

काठमाडौं।

पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन इतर पक्ष भने आन्तरिक छलफलमा जुुटेको छ । शेखर समूूहले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा ख’बर दारी भेला गर्ने लागेको छ।

‘हामीले यस अघि पनि ख’बरदारी भेला गरेका थियौँ । तर, त्यो कुरामा सम्बोधन भएको छैन । आज हामी वि’द्रोह गर्ने गरि निर्णायक भेला गर्दैछौँ’ महासमिति सदस्य क्षितिज भण्डारीले भने, ‘हामी एमालेसँग तालमेल गरेर उम्मेदवारी दिने मनस्थितिमा छौँ ।’

यस अघि पनि आफूहरूले राखेको बिषयमा संस्थापन पक्षले चासो नदिएको उनले आ’रोप लगाए । यस अघि असोज ८ गते पनि शेखर पक्षले भेला आयोजना गरेको थियो । उक्त भेलामा नेपाली कांग्रेस नेता भरत खड्काले शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्ने बताएका थिए ।

‘अहिले सम्म पनि सम्मानजनक रुपमा टिकटकको सुनिश्चितता भएको छैन’ उनले भने, ‘आजको भेलाले त्यसको निकास दिन सक्छ । ’ समानुपातिकमा पनि सम्मानजनक हैसियत नपाएको यो समूहले प्रत्यक्षमा पनि टिकट नपाउने अवस्था सृजना भएको भन्दै वि द्रो’ह हुन सक्ने सङ्केत उनले दिए ।

यता, गठब’न्धनको बैठक आज पनि बस्दै छ । गठब’न्धनले विजया दशमीको दिन पनि छलफल गर्यो तर सहमति जुटाउन सकेन ।स्रोतका अनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभाकै हाराहारीमा प्रदेशसभामा पनि भाग खोजेपछि सहमति जुट्न नसकेको हो । हिजो टीका लगाएर बसेको बैठक पनि विना निष्क’र्ष टुंगिएको छ ।

हिजो नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको तर पनि सहमति हुन नसकेको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिन खोजेपछि पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमै माधवकुमार नेपाल र उपेन्द्र यादवले अ’सहमति जनाएका छन ।

शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने
नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ ।संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो ।

आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ ।

यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनीहरुको सूची संसदीय समिति ( बोर्ड) मा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल हुने नेता घिमिरेले बताए ।

पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु बैठक जारी छ ।बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ ।

निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज पनि बैठक सुरु भएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेद्वारी दर्ता कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेद्वार तोक्नुपर्छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्व सहभागी रहेको बताइएको छ ।

आफ्नै मापदण्ड उल्लंघन, पहुँचवालाकै राइँदाइँ
नेपाली कांग्रेसले आफ्नै मापदण्ड उल्लंघन गर्दै समानुपातिकको संशोधित बन्दसूची तयार पारेको पाइएको छ ।कांग्रेसले १६ असोजमा निर्वाचन आयोगमा बुझाएको बन्दसूची बुधबार सार्वजनिक भएको छ, जसमा प्रत्यक्षबाट चुनाव जितेर मन्त्री भइसकेका, समानुपातिकमा पटकपटक अवसर पाएकाहरु नै छन् । २९ भदौमा बसेको कांग्रेस संसदीय बोर्डले समानुपातिक उम्मेदवार चयनको चार मापदण्ड तोकेको थियो, जसमा २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरुलाई संघ र प्रदेश दुबैतिर उम्मेदवार बनाउने उल्लेख छ ।

तर कांग्रेसले आयोगमा बुझाएको सूचीले यो मापदण्ड उल्लंघन गर्छ । जस्तो, खसआर्य महिलाको छैटौं नम्बरमा मन्जु खाँडको नाम छ । गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती समेत रहेकी उनी २०७४ को बन्दसूचीमा पनि खसआर्य महिलाको आठौं नम्बरमा थिइन् । यद्यपि समानुपातिक संसद भने बन्न पाएकी थिइनन् ।

खासआर्य पुरुषको पिछडिएको क्षेत्रमा जयपति रोकाय छन्, उनी अघिल्लो पटक पनि यही क्लस्टरमा बसेका थिए ।आदिवासी जनजाति महिलाको तेस्रो नम्बरमा रहेकी सीता राना मगरले २०७४ मा पनि समानुपाचिकको बन्दसूचीमा थिए । आदिवासी जनजाति पुरुषतर्फ रहेका गोपालसिंह राजभण्डारी, महिलातर्फ मनोरमा शेरचन, दलित महिलातर्फ आशा विक, मधेसी महिलातर्फ मिनाक्षी झा पनि २०७४ सालको समानुपातिकको बन्दसूचीमा थिए ।

यदि संसदीय बोर्डले बनाएको मापदण्डअनुसार समानुपातिकको उम्मेदवार छनोट गरेको भए उनीहरु यो पटक स्वतः बन्दसूचीबाट बाहिर हुन्थे । तर आफैंले बनाएको मापदण्ड उल्लंघन गरेर कांग्रेसले उनीहरुलाई फेरि समानुपातिकको उम्मेदवार बनाएको छ ।

पहुँचवालाकै राइँदाइँ
मापदण्ड उल्लंघन गर्दै समानुपातिकको बन्दसूचीमा राखिएका धेरैले सांसद बन्ने अवसर भने पाउने सम्भावना कम छ । किनकी उनीहरु आ आफ्नो क्लस्टरको पहिलो नम्बरमा छैनन् ।

कांग्रेसको बन्दसूची हेर्दा यो पटक समानुपातिकको लाभ पहुँचवाला र पटकपटक मन्त्री सांसद भइसकेकाहरुले पाउने देखिन्छ । जस्तो, खसआर्य महिलाको पहिलो नम्बरमा अम्बिका बस्नेत, दोस्रो नम्बरमा सरीता प्रसाई, तेस्रो नम्बरमा आरजु राणा देउवा र चौथो नम्बरमा ईश्वर न्यौपानेको नाम छ । उनीहरु सबै २०७० को संविधानसभामा समानुपातिक सांसद थिए । अहिले फेरि उनीहरुले नै अवसर पाउने भएका छन् ।

खसखार्य पुरुषको पहिलो नम्बरमा प्रकाशशरण महत छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनी २०७० मा पनि समानुपातिकबाटै सांसद भएका थिए । खासआर्य पुरुषको तेस्रो नम्बरमा रहेका आनन्द ढुंगाना पनि २०७० मै समानुपातिक सांसद भएका थिए ।

आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ छन् । पूर्वमन्त्री समेत रहेका श्रेष्ठ २०७० मा पनि समानुपातिकबाटै सांसद भएका थिए । दलित पुरुषको पहिलो नम्बरमा रहेका जीवन परियारले पनि २०७० मै समानुपातिक सांसद बन्ने अवसर पाएका थिए । पार्टी सहमहामन्त्री समेत रहेका उनी फेरि समानुपातिकमै बसेका छन् ।

मधेसी पुरुषतर्फ पहिलो नम्बरमा बिमलेन्द्र निधि छन् । पटकपटक चुनाव जितेका र उपप्रधानमन्त्री भइसकेका निधि सांसद बन्ने सुरक्षित बाटो खोजेर समानुपातिकमा बस्न आएका हुन् । अनिल रुंगटा २०७० को दोस्रो संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनित सांसद थिए ।

मधेसी महिलाको पहिलो नम्बरमा नागिना यादव, दोस्रोमा मुक्ताकुमारी यादव र तेस्रो नम्बरमा चन्दा चौधरी छिन् । २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद बनेकी उनी १२ असोजमा मात्र कांग्रेस प्रवेश गरेकी थिइन् । तर कांग्रेसले समानुपातिकको बन्दसूची संशोधन गर्दा आफ्नो नाम पनि घुसाउन सफल भइन् ।थारु पुरुषको पहिलो नम्बरमा रहेका योगेन्द्र चौधरी २०७४ मा तत्कालीन फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद थिए ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...