News Portal

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

एनपर्दा संवाददाता
१४६ पटक

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मुखभरिको जवाफ दिएका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको निर्वाचनमा गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर ३बाट उमेदवार बन्न लागेका प्रचण्डलाई यस पटक राम्रो सँग होस खुलाइदिने उद्घोष पनि ज्ञवालीले गरेका छन् ।

ओटिभी नेपाल डटकम सँगको विशेष कुराकानीमा एमालेका चर्चित नेता ज्ञवालीले प्रचण्डलाई राष्ट्रिय समस्याको संज्ञा दिएका छन् । नेकपा एमालेको निष्कर्षनै प्रचण्ड राष्ट्रिय समस्या हो भन्ने रहेको भन्दै उनले यस पटक चितवनका जनताले राम्रो सँग होस खुलाएर पठाउने बताए ।

कुनै पनि हालतमा प्रचण्डलाई चुनाव हराउन सक्ने तागत आफुहरुसँग रहेको जिकिर पनी ज्ञवालीले गरेका छन् । सिंगल ,सिंगल प्रतिष्पर्धा गर्दा अहिले पनि चितवन ३ मा एमाले पहिलो शक्ति भएको हिसाब देखाउदै ज्ञवालीले प्रचण्ड गठबन्धन गरेर आएछन् भने आफुहरुले पनि अन्य राजनितिक पार्टीहरुसँग सहकार्य गरेर भए पनि प्रचण्डलाई हराइ छोड्ने घोषणा गरेका छन् ।

काग्रेस र माओवादी गठबन्धन गरेर आए छन् भने काग्रेसको विपक्षी मतलाई समेत मिलाएर भए पनि प्रचण्डलाई चितवनबाट विदा गरेरै छोड्ने घोषणा पनि उनले गरेका छन् । प्रचण्ड यो राष्ट्रकै समस्या भएको भन्दै उनले राष्ट्रिय राजिनितीको केन्द्र मैदानबाट प्रचण्डलाई विदा गर्नु यो देशकै लागी लाभदायक कुरा भएको बताए ।

प्रचण्डले कहिले एमाले तिर लागेर काग्रेसमा खेल्ने त कहिले काग्रेस तिर लागेर एमालेमा खेल्ने गरेर आज सम्म राजनिति टिकाएको भन्दै अब यस्तो फोहोरी खेलबाट उनलाई विदा गर्नै पर्ने ज्ञवालीले बताए । अहिले काग्रेससँग गठबन्धन गरेर एमाले हराउने खेलमा उनी लागे पनि सम्भव नभएको उनले बताए ।

अहिलेको गठबन्धनलाई स्वार्थ परक गठबन्धनको संज्ञा ज्ञवालीले दिएका छन् । यो गठबन्धन कुनै पनि निति र सिद्धान्तको जगमा नभएको भन्दै कुन दिन आफैँ भत्कने दाबी पनि उनले गरेका छन् । उनले यो गठबन्धनलाई बाँसको टुप्पोमा कसौडी राखेर तलबाट सानो आ गो दिएर पकाउन खोज्ने वीरवलको खिचडी जस्तो पनि भनेका छन् ।

यदि प्रचण्ड विरुद्ध पार्टीले आफैँलाई उमेदवार बनाए पनि प्रतिष्पर्धा गर्न तयार भएको ज्ञवालीले भनेका छन् । आफुले जहिले पनि व्यक्ति भन्दा पार्टी ठूलो भनेर संघर्ष गर्दै आएको भन्दै ज्ञवालीले पार्टीले भनेछ भने प्रचण्ड विरुद्ध मैदानमा उत्रन तयार रहेको भनेका छन् ।

समसामयिक बिषयमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीसँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ। यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?..पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...