News Portal

जम्मा १२ लाख १६ हजारमा गतमहिना लन्च भएको हुन्डाईको नयाँ भेन्यू एन लाईन…

एनपर्दा संवाददाता
५७२ पटक

काठमाडौं ।

गाडीका पारखीहरुका लागि खुशीको खबर आएको छ । हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य मात्र भारु १२ लाख १६ हजार तोकेको छ ।

कस्तो छ गाडी ?
भेन्युको नयाँ मोडलमा स्पोर्टियर डिजाइन र कालो इन्टेरियरका साथै सस्पेनशन सेटअप र एक्जस्ट प्रणालीसँग ट्वीक गरिएको छ।यसमा उपलब्ध रहेको १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ११८ बीएचपी र १७८ एनएम टर्क उत्पादन गर्दछ । नयाँ भेन्यू एन लाइनको आन्तरिक लेआउट र सुविधाहरू नियमित मोडलको जस्तै हुनेछ ।

यसमा वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले कनेक्टिभिटीको साथ ८.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, पावर ड्राइभरको सिट, कनेक्टेड कार टेक, बोस साउन्ड सिस्टम र एलईडी प्रोजेक्टर समावेश गरिएको छ । यो गाडीले भारतीय बजारमा मारुती सुजुकी ब्रेजा, किआ सोनेट, टोयोटा अर्बन क्रुजर, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

लेखेर राख्नुहोस एमाले एक्लैले १५० सिट जित्छ : बिष्णु पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताए ।

सत्तारुढ गठबन्धनको काम कारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहोर्याए । अन्य सहयात्री दलहरूको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले भने, ‘नेकपा (एमाले) आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ । गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ ।

र, मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु । मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरी र समानुपातिक तर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा (एमाले) दुई तिहाई त म भन्दिन । साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति छ आजको मितिमा ।

र, त्यस अतिरिक्त हामीसँग निर्वाचन सहकार्य गरेका कतिपय राजनीतिक दलहरु पनि छन् । उनीहरुले पनि सरकार निर्माणमा हामीलाई साथ दिने स्थिति छ भन्दाखेरी सुविधाजनक हाम्रो आफ्नै बहुमत आउँछ । र, त्यसमा अरु पनि सहयात्री दलहरूको समर्थन गर्दाखेरी हामी सुविधाजनक बहुमतका साथ आगामी पाँच वर्ष मुलुकको नेतृत्व गर्छौं । यसमा कुनैपनि प्रकारको दुविधा राख्नुपर्ने आवश्यक्ता म देख्दिन ।’

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएकोसमेत जिकिर गरे । उनले छिटै पार्टी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने घोषणासमेत गरे । उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट आफू सानदार ढंगले विजयी हुने बताए ।

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी शासकीय स्वरूपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरूपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाई थियो ।

संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान संशोधन हुँदै जाने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले संविधानको प्रभावकारी कार्यान्वयननै आफ्नो पार्टीको केन्द्रिय विषय भएको बताए । उपाध्यक्ष पौडेलले संविधानले सुनिश्चित गरेका मौलिक हकहरुको निर्वाध रुपमा नागरिकहरुले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...