News Portal

अरुको घण्टी बजाउन हिडेँका रविको आफ्नै घण्टी बजेपछि…

एनपर्दा संवाददाता
७५८४ पटक

काठमाण्डाै‌ ।

दाेहोरो नागरिकताका कारण खारेज भएको नेपालको नागरिकता ब्युँताउने कानुनी प्रक्रिया पुरा नगरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीसँगै पार्टीको सभापति पद समेत खारेज हुने भएको छ।

उनी आफैँले अध्यागमन विभागमा निवेदन दिने बाहेकको अन्य प्रक्रियामा नगएको र २०५० सालमा निकालेको नागरिकताकै आधारमा उम्मेदवारी दर्ता गरेको स्वीकार गरिसकेका छन्। सो नागरिकता खारेज भइसकेको छ।उनको स्वीकारोक्तिले उनको नागरिकता बैध कि अवैध भन्ने बहस सक्काउँदै अहिले नेपालमा उनको कानुनी हैसियत अनागरिक रहेको पुष्टि गरेको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले लामिछानेको नागरिक अवैध रहेछ भने उनको उम्मेदवारीसँगै पार्टीको सभापति पद समेत खारेज हुने बताए।मतदान अगाडि नै निर्णय हुन नसकी उनले निर्वाचन जितेमा सो नतिजा खारेज गरेर निर्वाचन आयोगले उप-निर्वाचन गर्ने थपलियाले बताए।

‘नतिजा जित हार जे पनि हुन सक्छ। यदि उनले जिते र उनको अवैध नागरिकता रहेछ भने उनी उम्मेदवार रहेको क्षेत्रमा उप-निर्वाचन हुन्छ,’ थपलियाले उकेरासँग भने’ उनको नागरिकता अवैध रहेछ भने उनी त्यो पार्टीको सभापति पनि रहँदैनन्। पार्टीका सदस्यले सभापति फेर्छन्। पार्टी भने खारेज भने हुँदैन।’

थपलियाले निर्वाचन आयोगमा उजुरी नआई अहिले जिल्ला निर्वाचन आयोगमा उजुरी आएको र जिल्लाले ७ दिन भित्र सम्बन्धित पक्षलाई स्पष्टीकरण सोध्ने, उताबाट स्पष्टीकरण आएपछि जिल्लाले केन्द्रमा पठाउने र केन्द्रले अनुसन्धान गरेर ७ दिन भित्र टुङ्ग्याउने बताए।‘नागरिकता अवैध रहेछ भने उनको उम्मेदवारी खारेजी हुन्छ। आयोगमा नटुङ्गिए सर्वोच्च अदालत पुग्छ। सर्वोच्चले जे निर्णय गर्छ सोही हुन्छ,’ उनले भने।

चितवन २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका लामिछानेको नागरिकता अवैध रहेको दाबीसहित उजुरी परेपछि उनले खारेज भइसकेको नागरिकता नै प्रयोग गर्दै कानुनी अधिकार प्रयोग गर्दै आएको खुलेको थियो।

उकेराले गत मङ्गलवार उनले आयोगमा पेस गरेको नागरिकता पहिलो पटक सार्वजनिक गरेको थियो। उनले आफ्नो नागरिकतासम्बन्धी विवाद चार वर्ष अगाडि नै टुङ्गिएको र अदालतबाट समेत विवेचना भएको भन्दै झुट बोले पनि बिहीबार उनले अध्यागमन कार्यालयमा निवेदन दिने बाहेक अन्य प्रक्रिया अगाडि नबढाएको स्वीकार गरेका थिए।

खारेज भइसकेको नागरिकता ब्युँताउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर नयाँ नागरिकता लिन अपनाउनुपर्ने विधि अपनाएपछि मात्रै पुरानै नागरिकताको मिति राखेर नयाँ नागरिकता जारी हुने कानुनी प्रावधान छ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, बुधबार वादीका ७ र प्रतिवादीका २ वकिलले बहस गरे
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

बुधबारको बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए । नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु लक्ष्मण उपाध्याय घिमिरे, महेश प्रसाद खत्री, कृष्णा भण्डारी, सहायक जिल्ला न्यायाधिवक्ता सुरविर परियारले बहस गरेका थिए । त्यसैगरी वादीकै तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शशी अधिकारी र सुनिता रेग्मी तथा अधिवक्ता शान्ति काफ्लेले बहस गरेका थिए ।

यता प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेलले बहस सकेका छन् । बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता बराल भण्डारी लगायतले बहस गर्ने तयारी गरिएको छ ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिल पक्षले प्रतिवादीका वकिलले उठाएका विषयको जवाफ दिनेछन् । त्यसपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन् ।

बुधबारको बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका छन् । प्रतिवादीका तर्फबाट किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन् ।

गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लीग खेल्न जमैकामा पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो । प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौं आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...