News Portal

डडेल्धुरामा सागर ढकालको फन्डा क्षणभर मै चैट्, यस्तो रहेछ चर्चामा आउनुको कारण

एनपर्दा संवाददाता
२४८३३ पटक

काठमाडौं ।

सोमबार साँझ डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले सामाजिक सञ्जालमा आफूलाई प्रचारमा रोक लगाइएको स्टाटस लेखे । ‘मलाई जोगाइदिनुस् । जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचारप्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन। मलाई रोकेको छ,’ उनले यस्तो लेखेपछि सर्वत्र चासो उत्पन्न भयो ।

उम्मेदवारले नै सामाजिक सञ्जालमा लेखेपछि धेरैले विश्वास गरेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गालीगलौजमा उत्रिए । निर्वाचन प्रचारकै क्रममा यस्तो हुँदा विपक्षी उम्मेदवार विवादमा पर्नु स्वाभाविक हो ।

ढकाल पनि यसरी नै देशको ध्यान खिच्न चाहन्थे । बाहिरी जिल्ला घर भएका उनी डडेल्धुरा गएर कांग्रेस सभापति देउवासँग प्रतिस्पर्धामा उत्रिएका छन्। भलै उनले जितुन् कि नजितुन् एक खाले स्वतन्त्रहरू जसरी पनि ढकालको प्रचारप्रसारमा लागिरहेका छन् ।

ढकालले आफूलाई प्रचार प्रसारमा प्रहरीले रोक्यो भनेर सामाजिक सञ्जालमा ठेलेपछि धेरैको ध्यान तान्यो । देउवाविरुद्ध सामाजिक सञ्जाल रंगीन थाले। तर, केही घन्टाभित्रै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले विज्ञप्ति जारी गर्दै ढकाललाई माइकिङ गर्न नरोकिएको मात्र होइन, उम्मेदवारको सुरक्षामा आफ्नो ध्यानाकर्षण भएको जनायो ।

जिल्ला प्रहरी कार्यालयले नै विज्ञप्ति निकालेपछि तत्काल ढकालले देउवालाई बदनाम गर्न मात्र यस्तो फण्डा निकालेको पुष्टि भयो । जानकारहरूका अनुसार देउवा गृहजिल्ला पुगेपछि विभिन्न ठाउँमा चुनावी सभामा सहभागी भएका थिए ।

कांग्रेसले आयोजना गरेको चुनावी सभाको छेउछाउ पुगेर ढकालले माइकिङ गरेका रहेछन् । त्यही बेला उनको प्रहरीसँग भनाभन परेको भिडियोसमेत सार्वजनिक भएको छ ।अर्कै पार्टीले आयोजना गरेको चुनावी सभामा भोट माग्न जानु उचित हुन्न । तर, ढकालले यस्तो हर्कत गरेको र प्रहरीले सभाको छेउछाउ माइकिङ नगर्न भनेको पाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका देउवाबारे केही सामाजिक सञ्जालमा लेखेमा त्यसबाट चर्चा पाइनेमा उनी ढुक्क थिए । सोही कारण आफूलाई प्रचारमा रोक लगाइएको भनेर उनले लेखेको बताउन थालिएको छ ।तर, डडेल्धुरामा देउवाप्रति देखिएको समर्थन देखेर ढकाल अत्तालिएका छन् । त्यही भएर उनले यस्तो फन्डा निकालेको हुन सक्ने एक कांग्रेस मतदाताले तर्क गरे ।

मंसिर ४ गते देशले ‘सरप्राइज’ पाउँछः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मंसिर ४ गते देशले ‘सरप्राइज’ पाउने बताएका छन्।हेटौंडामा मंगलबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते हुने निर्वाचनले नपत्याउँदो नतिजा दिएर देशलाई नै सरप्राइज दिने दाबी गरेका हुन्।

आफ्नो पार्टीको लागि भोट माग्दै उनले भने‚ मैले सुनेको छु देशले यो पटक सरप्राइज कुरिरहेको छ रे१ काठमाडौं र धरानबाट त्यो सरप्राइज शुरु भइसकेको छ। चितवनबाट म सरप्राइज दिन्छु, मकवानपुरबाट तपाईंहरूले एउटा आवाज निकाल्नुहोला। त्यो आवाज घण्टीको हुनेछ।

लामिछानेले मतदातालाई भ्रमित बनाउने काम गर्नेलाई नाङ्गेझार पार्ने चेतावनी दिए। कैयौं नेताहरूले भोट हाल्ने ठाउँमा सिसी क्यामेरा राखेका हुन्छौं‚ हामीलाई भोट हाले नहालेको थाहा हुन्छ भन्दै जनतालाई तर्साउने काम गरेको सुनेको छु‚ उनले भने‚ ‘स्तो झुटो गरेर मतदातालाई झुक्याउनेलाई नाङ्गेझार पार्न नपरोस्।

उनले पत्रकारिताबाट आफूले धेरै चेलीबेटी र युवाहरूलाई विदेशबाट उद्धार गरेर ल्याएको भन्दै विदेश नै जान नपर्ने नीति बनाउन राजनीतिमा आएको दाबी गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बने युवाहरू रोजगारीमा विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने दाबीसमेत गरे। उनले आफू सधैं जनताको घरदैलो र चोक चौतारामा भेटिने भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गरे। लामिछानेले भने‚ ‘चिनी नहालेको कालो चिया पकाएर राख्नुहोस्, म कुनै पनि वेला तपाईंहरूका घरमा आउन सक्छु।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...