News Portal

लगातार जित हासिल गर्दै आएको रवि लामिछानेलाई एक्कासी आयो दुखद खबर, एक सिट गुम्ने खतरा !

एनपर्दा संवाददाता
२७६८४ पटक

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । मत गणनाको सुरुदेखि पछि परेका लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पछि पार्दै अग्रता लिएका हुन् । मतान्तर बढी नभएपनि लामिछानेले त्यसलाई बढाउँदै लैजाने अनुमान गरिएको छ ।

रविले अग्रता लिएकै बेला सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ भने पछि परेकी छन् । नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले तामाङलाई पछि पारेका छन् । ७ हजार ४३६ मत गणना हुँदा सुब्बाले १ हजार ५५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका अशोकुमार राईले १ हजार ३४१ मत पाएका छन् ।

सुरुदेखि अग्रता लिएकी तामाङ १ हजार २८८ मत ल्याउँदै तेस्रो स्थानमा झरेकी छन् । रविले यो क्षेत्रलाई पनि जतिको सूचीमा राखेका थिए । तामाङ तेस्रोमा झर्नु रविको लागि दुःखद् खबर भएको बताइएको छ । स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले १ हजार १५४ मत पाएका छन् भने राप्रपाका अशोककुमार राई अविरल १ हजार ५६ मत ल्याउँदै तेस्रो स्थानमा छन् । राप्रपाका राईले सुरुवाती अग्रता लिएका थिए ।

भरखरै प्राप्त समाचार अनुसार भोजपुरमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता सुदन किरातीले एमालेका शेरधन राईसँग मत अन्तर बढाउँदै लगेका छन् । कुल ६ हजार ३३० मत गणना हुँदा सुदनले ३ हजार २२ मत ल्याएका छन् भने शेरधनले २ हजार ४०८ मत ल्याएका हुन् । शेरधन र सुदनबीच मत अन्तर ६१४ छ । यसअघि बराबर भएका शेरधन र सुदन पछिल्लो अवस्थामा सुदनले मत अन्तर बढाउँदै लगेका छन् ।

यसैबीच प्रतिनिधि सभा गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीसँग २१९३ मतान्तर बनाएका छन् । विष्टले १११३७ मत ल्याउँदा झाँक्रीले २१९३ मत प्राप्त गरेकी छन् ।

उता कैलाली–३ मा रेशम चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ खाता खोलेको छ । यहाँ उन्मु्त्तिका गंगाराम चौधरीले विजयी भएका छन् ।

चौधरीले जम्मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये २३ हजार १ सय २० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए । यस्तै, एमालेका पूर्वमन्त्रीसमेत रहेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे। राप्रपाका वीरेन्द्र बमले भने ७ हजार ४७ मत प्राप्त गरेका छन् ।

सुनसरी क्षेत्र-२ मा एमालेका भीमप्रसाद आचार्य र कांग्रेसका सीताराम मेहतालाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।सुनसरी निर्वाचन क्षेत्र २ प्रतिनिधिसभातर्फ ५ हजार मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार लालविक्रम थापाले १ हजार ८३७ मत ल्याएका छन्।

कांग्रेसका सीताराम मेहताले १ हजार १९७ मत त्याएका छन् भने एमालेका भीमप्रसाद आचार्यले १ हजार ३२७ मत प्राप्त गरेका छन्। आचार्य प्रदेश १ का पूर्वमुख्यमन्त्री समेत हुन्।सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले सुरुवाती अग्रता लिएकी छिन् । उनले ९ सय ७३ मत प्राप्त गरी अग्रस्थान कायम गरेकी हुन्।

यस क्षेत्रमा राप्रपाका अशोक अविरल राईले ९ सय ५१ मत प्राप्त गरी दोस्रो स्थान कायम गरेकी छिन् । स्वतन्त्र उम्मेदवार धरानका पूर्व मेयर मनोजकुमार मेन्याङोले ९ सय १० मत प्राप्त गरी राई र तामाङलाई पछ्याइरहेका छन् ।सत्ता गठबन्धनका मुक्साहाङ मेन्याङबो ७ सय ४६ मत प्राप्त गरेका छन् । एमाले जसपा गठबन्धनका अशोक राई ७ सय ८५ मत प्राप्त गरेका छन् ।

धरान उपमहानगरपालिकाको को १,२ र ३ वडाको मत गणना सम्पन्न भएको छ । वडा नम्ब ४ को मतगणना जारी छ ।प्रदेश (क) तर्फ ६ हजार ४ सय ३६ मत गणना गर्दा राप्रपाका उद्धव श्रेष्ठले अग्रता कायम गरेका छन् । उनले २०७५ मत प्राप्त गरेका छन् । कांग्रेसका उमेश थापाले एक हजार ८ सय ७३ मत प्राप्त गरी श्रेष्ठलाई पछ्याइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...