News Portal

ओलीले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रचण्ड र माधव नेपालसँग कुरा गर्नुहुन्छ : विष्णु रिजाल

एनपर्दा संवाददाता
२८० पटक

काठमाडौं, ।

नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले एमालेकै नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् । उनले सरकार गठनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सँग पनि छलफल अघि बढाउने बताए ।

रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने,‘सरकार गठनको लागि एमालले पहल लिन्छ, अध्यक्ष कमरेडले माओवादी र एकीकृत समाजवादीसँग पनि छलफल गर्नुहुन्छ ।’

उनले अहिलेको निर्वाचनले पनि वामपन्थीहरु मिल्नुपर्ने सन्देश दिएको सुनाए ।पछिल्लो मतपरिणामअनुसार एमाले समानुपातिकतर्फ पहिलो शक्तिको रुपमा अघि बढेको छ ।प्रत्यक्षतर्फ पनि एमाले र कांग्रेसबीच कडा टक्कर छ । माओवादी केन्द्र र एकीकृत समाजवादी भने खुम्चिएका छन् ।

०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन थियो । र, पछि दुई दलबीच एकता भएर नेकपाको सरकार गठन भएको थियो । उनले सरकार गठनको लागि ओलीले प्रचण्ड र माधव नेपालसँग पनि कुरा गर्ने बताए ।

गोरखाको ६ वटै सिट गठबन्धनलाई
गोरखाका २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य सिट गठबन्धनले जितेको छ । प्रतिनिधि सभातर्फ गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईं विजयी भए । बजगाईँले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मत अन्तरले हराएका हुन् ।

बजगाईँले ३३ हजार ४ सय २८ मत पाउँदा बस्नेतले १६ हजार ७ सय ८५ मत पाए । गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत अन्तरले हराएका हुन् ।

प्रचण्डले २६ हजार १ सय १ मत ल्याए भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाए । एमालेका अब्दुस मियाँ ७ हजार ३ सय ९२ मत पाएका छन् । प्रदेश सभा तर्फ गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल विजयी हुँदा एमालेका सुरेन्द्र थापा पराजित भए ।

प्रदेश सभा १ .(ख) मा कांग्रेसका नन्द प्रसाद न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए । क्षेत्र नम्बर २ (क) मा नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले एमालेकै राजु रानालाई हराउँदा २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डेले एमालेका बसन्त गुरुङलाई पराजित गरे ।

घन्टीले माओवादी र एकीकृत समाजवादीलाई धुलो चटायो ! समानुपातिकमा देश कै तेस्राे शक्ती
मतगणनाको प्रारम्भिक नतिजा हेर्दा राजधानी उपत्यकाका मतदाताले सत्तारुढ दलहरुबीचको गठबन्धनलाई नरुचाएको देखिएको छ । विशेष गरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार रहेको क्षेत्रमा नयाँ दल र स्वतन्त्र उम्मेदवारले उल्लेख्य मत पाएका छन् । कांग्रेसका उम्मेदवार रहेका ८ मध्ये काठमाडौं–६ बाहेकको अरु क्षेत्रमा अग्रता लिइरहेकै छ ।

काठमाडौं–१ मा ह्याट्रिक जित निकालेका कांग्रेस नेता प्रकाशमान सिंह बलियो प्रतिस्पर्धामा छन् । राप्रपाका रवीन्द्र मिश्रसँग आलोपालो अग्रता लिइरहेका छन् । काठमाडौं–३ मा एमालेका कृष्ण राईसँग कांग्रेसका सन्तोष चालिसेले अग्रता आलोपालो गरिरहेका छन् ।

काठमाडौं–४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजन केसीले लगातार अग्रता लिइरहेका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार रहेको क्षेत्रमा भने गठबन्धनका उम्मेदवार पछाडि परेका छन् ।

माओवादी केन्द्रका नेता उम्मेदवार रहेका काठमाडौं-२, ७ र ९ मा गठबन्धनविरुद्धका उम्मेदवारले अग्रता लिइरहेका छन् । काठमाडौं–१० मा गठबन्धनभित्रै मैत्री प्रतिस्पर्धा गर्ने सहमति थियो । कांग्रेसका राजन केसीले अग्रता लिइरहदा माओवादी केन्द्रकी अञ्जना विशुंखे निकै पछाडि छन् ।

काठमाडौं–२ बाट उम्मेदवार रहेकी पूर्व सभामुख ओनसरी घर्तीमगर, ७ नम्बर क्षेत्रबाट उम्मेदवार रहेकी मानुषी यमी भट्टराई र ९ नम्बर क्षेत्रमा उम्मेदवार रहेकी कल्पना धमला प्रतिस्पर्धामा पछाडि परेका छन् । माओवादीको भागमा परेको काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठसँग राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल प्रतिस्पर्धामा छन् ।

ललितपुर ३ मा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसाललाई दोस्रो स्थानमा समेत आउन मुस्किल परिररहेको छ । सत्ता गठबन्धनको समर्थन रहेपनि भुसाललाई एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछाडि पार्दै आएका छन् ।

उपत्यकामा माओवादी केन्द्रले सबै महिला नेता पम्फा, ओनसरी, मानुषी र कल्पनालाई उम्मेदवार बनाएको थियो । तर सबै जना प्रतिस्पर्धामा पछाडि छन् । माओवादी केन्द्रले भागमा पाएको भक्तपुर–१ अग्रता लिने संभावना नै छैन ।

माओवादी केन्द्रकै जस्तो अवस्था एकीकृत समाजवादीको पनि छ । काठमाडौं–८ मा गठबन्धनबाट साझा उम्मेदवार रहेका जीवनराम श्रेष्ठले अग्रता लिन सकेका छैनन् । पर्यटन मन्त्री श्रेष्ठले चौथो स्थानका लागि संघर्ष गरिरहनुपरेको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका सुमन सायमीबीच अग्रताको होड चलिरहँदा एमाले उम्मेदवार शिवसुन्दर राजवैद्य तेस्रोमा छन् ।

ललितपुर–२ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन सोमबार साँझसम्म पाँचौं स्थानमा छन् । निवर्तमान सांसद महर्जन गठबन्धनका साझा उम्मेदवार हुन् ।प्रारम्भिक मतगणनाको प्रवृत्ति विश्लेषण गर्ने हो भने उपत्यकामा तीन दललाई मात्रै प्रतिस्पर्धी हुनेगरी मत खसेको देखिन्छ, कांग्रेस, एमाले र नयाँ दलहरु ।

कांग्रेसले काठमाडौं–३, ४, ५, १० र भक्तपुर– २ मा अग्रता लिएको छ । ललितपुर १ र २ मा एमालेको अग्रता छ । काठमाडौं–९ मा घण्टीसँग प्रतिस्पर्धा भइरहेको छ । तर अप्रत्यासित प्रारम्भिक मत पाउँदा घण्टीले काठमाडौं–२, ६, ७, ८ र ललितपुर–३ मा अग्रता बनाइरहेको छ ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...