News Portal

भ्रष्टचार गर्दिनँ, गर्नेलाई जेल हाल्छुः ज्ञानेन्द्र शाही {साथ दिनुहुन्छ भने शेयर गर्नुस}

एनपर्दा संवाददाता
२७३ पटक

काठमाडौं ।

जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही ज्ञानेन्द्रले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने बताएका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।

म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, उनले भने, अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु ।

निर्वाचित भएपछि जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठूलो आशा र भरोसाका साथ दिएको मतलाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता जनाए । शाहीले आफूले जुम्लाका सबै स्थानीय तहमा पुगेर मतदाताको दुःख पीडा सुन्ने पनि बताए ।

उनले जुम्लाका आवाजलाई बारम्बार दवाउने प्रयास भएको दाबी गर्दै त्यस्ता व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिने बताए ।

उनले आफूलाई कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको पनि भोट आएको भन्दै सबैलाई समान व्यवहार गर्ने बताए । उनले भने, साझा एजेन्डा लिएर अघि बढौं, अब जुम्ला बन्छ । जुम्ला बनाउन सबै तयार छौँ ।

डडेलधुराका जनता भगवान् हुन्, कृपया गाली नगर्नुस्ः सागर ढकाल
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेलधुराबाट प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेलधुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् ।बिहीबार प्रेस विज्ञप्ति निकालेर ढकालले डडेलधुराका जनता भगवान् सरह रहेको र उनीहरूको कुनै गल्ती नरहेको बताएका छन् ।

उनले भनेका छन्–उहाँहरूको गल्ती केही पनि छैन । मेरो मत १३ हजारभन्दा बढी आएको छ जुन निकै राम्रो हो । यसमा अहिले मैले सच्चिनु पर्ने मुख्य रूपमा नेता र प्रशासन देखेको छु । गगन वा प्रकाशमान सिंहले जत्तिको पनि आचारसंहिता मानेको भए ढुक्क मेरो २५ हजार मत आउँथ्यो शेरबहादुरको १३ हजार मत पैसा र मौन अवधिमा

भ्रमको बेजोड खुल्लमखुल्ला चलखेल भयो । बजारमा यसको असर त केही पनि भएन तर डाँडाका गाउँमा अन्तिमको भ्रम सागर गुल्मी गइसक्यो भन्ने पत्याइदिनु भयो । डाँडाडाँडामा ४ महिना लगाएर निकै दुःख गरेर दाँतबाट पसिना बगाएर बनाएको माहौल ५–७ दिनको हेलिकप्टर, पैसा र भ्रमले उडाइदियो ।

उनले गाउँका जनताको आर्थिक अवस्था कमजोर रहेका कारण पैसा बाढिएकाले पैसाको खोलो बगाउने नेताप्रति आक्रोश व्यक्त गरेका छन् । उनले गठबन्धन दल र प्रधानमन्त्री पदको खुलेआम नियम कानुनको धज्जी उडाउँदै पैसाको ओइरो लगाएको आरोप लगाएका छन् । उनले आफूले पाएको मत निकै शक्तिशाली मत रहेको बताउँदै अब दुई चार दिने हेलिकप्टरको हावाहुरीले जनतालाई केही पनि नहल्लाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

काग्रेसको इमान्दार खेतालामा सिमित भयो माओवादी केन्द्र , पुरा रिजल्ट नआउँदै सुरु भयो घम्साघम्सी !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गते गराएको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम देशैभरबाट धमाधम आइरहेको छ । प्रारम्भिक परिणाममा जनु रुझान देखिएको छ त्यसले अनेकौ सवालहरुलाई उजागर गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध सत्ता पक्षिय ५ दल गठबन्धन गरेर निर्र्वाचनमा होमिएका थिए । प्रतिपक्षका विरुद्ध सत्तापक्ष गठबन्धन गरेर निर्वाचनमा जाने कुरा आफैँमा अनौठो त छँदै थियो प्राप्त मत परिणामले अप्राकृतिक गठबन्धन गर्नेहरुलाई समेत जनताले लोप्पा खुवाइदिएका छन् ।

जुन किसिमको मत परिणाम आइरहेको छ यसले नेकपा माओवादी केन्द्र र नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले नमिठो धक्का खाएको छ । गठबन्धनबाट नेपाली काग्रेसले लाभ लिएको देखिए पनि माओवादी केन्द्र र नेकपा एसको भने हालत खराब देखिएको छ ।

काग्रेसका उम्मेदवार भएका ठाउँमा माओवादी केन्द्रका कार्यकर्ताले इमान्दारीताका साथ भोट हालेको चर्चा छ किनभने काग्रेस उम्मेदवारले तुलनात्मक रुपमा सहज जित निकालिरहेका छन् भने माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार बनेका ठाउँमा उनीहरु धमाधम पराजित भइरहेका छन् ।

गठबन्धन गर्दा जति सिटमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ त्यति सिट त एक्लै प्रतिष्पर्धा गरेको भए पनि जित्न सकिने थियो भनेर माओवादी केन्द्रका कार्यकर्ताहरुले नेतृत्वको आलोचना गरेका छन् । कपितयले त प्रचण्डले राजिनामा दिनु पर्ने आवाज पनि उठाइरहेका छन् ।

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अधिकांश उम्मेदवारहरु पाराजित भएका छन् । विरोध खतिवडा , रामकुमारी भाँक्री देखी जगन्नाथ खतिवडा सम्मलाई एमाले उम्मेदवारले हराएका छन् भने झलनाथ खनाल पनि हारको नजिक रहेका छन् ।

काग्रेसले माओवादी केन्द्रलाई खेताला मात्रै बनाएको चर्चा राजनितिक क्षेत्रमा व्यापक रुपमा चल्न थालेको छ । २० बर्ष सम्म गठबन्धन गछौँ भन्ने काग्रेस माओवादीको गठबन्धन २० दिन पनि टिक्न नसक्ने होकी भन्ने चर्चा पनि चल्न थालेको छ। माओवादीका नेताहरुले खुलेरै काग्रेसले धोका दिएको भन्न थालेका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले त नेपाली काग्रेसका महामन्त्री गगन थापाको नामै किटेर काग्रेसले माओवादीलाई भोट नहालेर घण्टीमा भोट हालेको आरोप लगाएका छन् ।

चुनाव अघि आफ्नो पार्टी निर्णायक तेस्रो शक्ति बन्ने र आफ्नो हातमा सत्ताको चाबी आउने बताउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि चुनावी नतिजाले मर्माहत बनेका छन् । चुनाव पछिको पहिलो प्रधानमन्त्री बन्ने दाउमा रहेका प्रचण्डको दाउमा चुनावी नतिजाले घाउ लगाइदिएको छ ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...