News Portal

माओवादी केन्द्रका ३७ जनाले दिए सामूहिक राजीनामा प्रचण्ड तनावमा

एनपर्दा संवाददाता
१६२४ पटक

काठमाडौं ।

सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी उम्मेदवारप्रति असन्तुष्ट कास्कीका ३७ जना नेता/कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। कास्की–३ प्रदेशसभा ‘क’ का नेता दुर्गादत्त भण्डारीलाई प्रदेशसभा ‘ख’ बाट उम्मेदवार उठाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।राजीनामा पत्रमा उनीहरूले पार्टीको प्रदेश कमिटी र जिल्ला समन्वय कमिटीले सिफारिस गरेको भन्दा बाहिरबाट उम्मेदवार उठाएका कारण राजीनामा दिनुपरेको उल्लेख गरेका छन्।

राजीनामा दिनेहरूमा माओवादी गण्डकी प्रदेश कमिटी सदस्यहरु नवराज भण्डारी, भोजराज पौडेल, पोखरा महानगर कमिटी उपाध्यक्ष भानुभक्त अधिकारी, माछापुच्छ्रे गाउँपालिका कमिटी उपाध्यक्ष गोपाल पोखरेललगायत छन्।

नेकपा एमालेका नेता प्रभु साहले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट उनले टिकट पाए पनि सो क्षेत्रबाट पूर्वमन्त्री साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

साहले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई पार्टीले मूल्यांकन नगरेको भन्दै असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।स्वतन्त्र उम्मेदवार दिएर आफूले ठूलो जोखिम लिए पनि आफूले जनताले चाहेको गर्न लागेको बताए।

‘जायज कामका लागि स्वतन्त्र उम्मेदवारी दिएर मैले ठूलो जोखिम मोलेको छु’, उम्मेदवारी दिने क्रममा उनले भने, ‘जनताले के चाहेका छन् भनेर हामीले टेस्ट गर्न चाहेका छौँ। रौतहटको तागत के हो चुनावमै थाहा हुन्छ।’

उनले आफूलाई सत्ताका लागि मरिहत्ते गर्ने पार्टीको टिकट नचाहिने बताए। ‘मलाई सत्ताका लागि केही गर्न तयार हुने पार्टीको टिकट चाहिएन, उनले भने, ‘पार्टीले दिएको टिकट यहीँ राखेको छौं। हामीले एक भएर स्वतन्त्र उम्मेदवारी दियौँ।’

जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए।

काग्रेसको इमान्दार खेतालामा सिमित भयो माओवादी केन्द्र , पुरा रिजल्ट नआउँदै सुरु भयो घम्साघम्सी !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गते गराएको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम देशैभरबाट धमाधम आइरहेको छ । प्रारम्भिक परिणाममा जनु रुझान देखिएको छ त्यसले अनेकौ सवालहरुलाई उजागर गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध सत्ता पक्षिय ५ दल गठबन्धन गरेर निर्र्वाचनमा होमिएका थिए । प्रतिपक्षका विरुद्ध सत्तापक्ष गठबन्धन गरेर निर्वाचनमा जाने कुरा आफैँमा अनौठो त छँदै थियो प्राप्त मत परिणामले अप्राकृतिक गठबन्धन गर्नेहरुलाई समेत जनताले लोप्पा खुवाइदिएका छन् ।

जुन किसिमको मत परिणाम आइरहेको छ यसले नेकपा माओवादी केन्द्र र नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले नमिठो धक्का खाएको छ । गठबन्धनबाट नेपाली काग्रेसले लाभ लिएको देखिए पनि माओवादी केन्द्र र नेकपा एसको भने हालत खराब देखिएको छ ।

काग्रेसका उम्मेदवार भएका ठाउँमा माओवादी केन्द्रका कार्यकर्ताले इमान्दारीताका साथ भोट हालेको चर्चा छ किनभने काग्रेस उम्मेदवारले तुलनात्मक रुपमा सहज जित निकालिरहेका छन् भने माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार बनेका ठाउँमा उनीहरु धमाधम पराजित भइरहेका छन् ।

गठबन्धन गर्दा जति सिटमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ त्यति सिट त एक्लै प्रतिष्पर्धा गरेको भए पनि जित्न सकिने थियो भनेर माओवादी केन्द्रका कार्यकर्ताहरुले नेतृत्वको आलोचना गरेका छन् । कपितयले त प्रचण्डले राजिनामा दिनु पर्ने आवाज पनि उठाइरहेका छन् ।

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अधिकांश उम्मेदवारहरु पाराजित भएका छन् । विरोध खतिवडा , रामकुमारी भाँक्री देखी जगन्नाथ खतिवडा सम्मलाई एमाले उम्मेदवारले हराएका छन् भने झलनाथ खनाल पनि हारको नजिक रहेका छन् ।

काग्रेसले माओवादी केन्द्रलाई खेताला मात्रै बनाएको चर्चा राजनितिक क्षेत्रमा व्यापक रुपमा चल्न थालेको छ । २० बर्ष सम्म गठबन्धन गछौँ भन्ने काग्रेस माओवादीको गठबन्धन २० दिन पनि टिक्न नसक्ने होकी भन्ने चर्चा पनि चल्न थालेको छ। माओवादीका नेताहरुले खुलेरै काग्रेसले धोका दिएको भन्न थालेका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले त नेपाली काग्रेसका महामन्त्री गगन थापाको नामै किटेर काग्रेसले माओवादीलाई भोट नहालेर घण्टीमा भोट हालेको आरोप लगाएका छन् ।

चुनाव अघि आफ्नो पार्टी निर्णायक तेस्रो शक्ति बन्ने र आफ्नो हातमा सत्ताको चाबी आउने बताउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि चुनावी नतिजाले मर्माहत बनेका छन् । चुनाव पछिको पहिलो प्रधानमन्त्री बन्ने दाउमा रहेका प्रचण्डको दाउमा चुनावी नतिजाले घाउ लगाइदिएको छ ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...