News Portal

कांग्रेसभन्दा ठूलो दल बन्न स्वतन्त्रहरुलाई पार्टीमा भित्र्याउने ओलीको तयारी

एनपर्दा संवाददाता
५७६ पटक

काठमाडौं, ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम जारी छ । दुई÷तीन जिल्लामा मतगणना अझै सुरु हुन सकेको छैन् । तर, अहिलेसम्म प्राप्त नतिजाअनुसार पहिलो दलको लागि कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । प्रत्यक्षतर्फ कांग्रेसले लिड गरेको छ भने समानुपातिकतर्फ एमाले अगाडि छ ।

दुवै दलले समान ८५/८५ सिट जित्ने आँकलन भैरहेको छ । यस्तामा पहिलो दल बनाउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र जितेकाहरुलाई पार्टीमा प्रवेश गराउने गृहकार्य थालेका छन् । हुन त ओलीले हिजादेखि नै सरकार गठनको लागि पहलकदमी लिन थालेका छन् ।

उनले नेकपा विभाजन भएपछि पहिलो पटक हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर सहकार्यको प्रस्ताव राखेको खुलेको छ । यद्धपी एमाले नेताहरुले भने अध्यक्ष ओलीले चुनावमा जितेकोमा बधाई साट्नमात्रै फोन गरेको विषयलाई माओवादीले सरकार गठनको अस्त्र बनाएर कांग्रेससँग बार्गेनिङ थालेको टिप्पणी गर्न थालेका छन् ।

तर, तिक्ततापूर्ण सम्बन्धलाई बिर्सिएर ओलीले दाहाललाई फोन गर्नु बधाई साटासाटमात्रै हो भनेर भन्न नसकिने राजनीतिक विषयका जानकारहरुको दाबी छ । ओलीले आफ्नै नेतृत्वमा सरकार गठनको लागि गृहकार्य थालेको उच्च स्रोतको दाबी छ ।

सहमतिको सरकार गठनमा कसैको पनि बहुमत नपुग्ने हुँदा राष्ट्रपतिबाट ठूलो दलको नेतृत्वमा बहुमतको सरकार गठनको आह्वान हुने हुँदा त्यसको लागि ओलीले एमालेलाई ठूलो दल बनाउन अहिलेदेखि नै होमवर्क गरेका छन् ।

विभिन्न क्षेत्रमा स्वतन्त्र रुपमा जितेकाहरुलाई उनले आफ्नो पार्टीमा प्रवेश गराउन सके भने कांग्रेसभन्दा ५/७ सिटले ठूलो नै बन्ने उनको विश्वास छ। निर्वाचनको विजयोत्सव मनाउन झापामा छन् । झापाबाट फर्किनेबित्तिकै प्रचण्डसँग गहन वार्ता गर्ने बुझिएको छ ।

काग्रेसको इमान्दार खेतालामा सिमित भयो माओवादी केन्द्र , पुरा रिजल्ट नआउँदै सुरु भयो घम्साघम्सी !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गते गराएको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम देशैभरबाट धमाधम आइरहेको छ । प्रारम्भिक परिणाममा जनु रुझान देखिएको छ त्यसले अनेकौ सवालहरुलाई उजागर गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध सत्ता पक्षिय ५ दल गठबन्धन गरेर निर्र्वाचनमा होमिएका थिए । प्रतिपक्षका विरुद्ध सत्तापक्ष गठबन्धन गरेर निर्वाचनमा जाने कुरा आफैँमा अनौठो त छँदै थियो प्राप्त मत परिणामले अप्राकृतिक गठबन्धन गर्नेहरुलाई समेत जनताले लोप्पा खुवाइदिएका छन् ।

जुन किसिमको मत परिणाम आइरहेको छ यसले नेकपा माओवादी केन्द्र र नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले नमिठो धक्का खाएको छ । गठबन्धनबाट नेपाली काग्रेसले लाभ लिएको देखिए पनि माओवादी केन्द्र र नेकपा एसको भने हालत खराब देखिएको छ ।

काग्रेसका उम्मेदवार भएका ठाउँमा माओवादी केन्द्रका कार्यकर्ताले इमान्दारीताका साथ भोट हालेको चर्चा छ किनभने काग्रेस उम्मेदवारले तुलनात्मक रुपमा सहज जित निकालिरहेका छन् भने माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार बनेका ठाउँमा उनीहरु धमाधम पराजित भइरहेका छन् ।

गठबन्धन गर्दा जति सिटमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ त्यति सिट त एक्लै प्रतिष्पर्धा गरेको भए पनि जित्न सकिने थियो भनेर माओवादी केन्द्रका कार्यकर्ताहरुले नेतृत्वको आलोचना गरेका छन् । कपितयले त प्रचण्डले राजिनामा दिनु पर्ने आवाज पनि उठाइरहेका छन् ।

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अधिकांश उम्मेदवारहरु पाराजित भएका छन् । विरोध खतिवडा , रामकुमारी भाँक्री देखी जगन्नाथ खतिवडा सम्मलाई एमाले उम्मेदवारले हराएका छन् भने झलनाथ खनाल पनि हारको नजिक रहेका छन् ।

काग्रेसले माओवादी केन्द्रलाई खेताला मात्रै बनाएको चर्चा राजनितिक क्षेत्रमा व्यापक रुपमा चल्न थालेको छ । २० बर्ष सम्म गठबन्धन गछौँ भन्ने काग्रेस माओवादीको गठबन्धन २० दिन पनि टिक्न नसक्ने होकी भन्ने चर्चा पनि चल्न थालेको छ। माओवादीका नेताहरुले खुलेरै काग्रेसले धोका दिएको भन्न थालेका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले त नेपाली काग्रेसका महामन्त्री गगन थापाको नामै किटेर काग्रेसले माओवादीलाई भोट नहालेर घण्टीमा भोट हालेको आरोप लगाएका छन् ।

चुनाव अघि आफ्नो पार्टी निर्णायक तेस्रो शक्ति बन्ने र आफ्नो हातमा सत्ताको चाबी आउने बताउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि चुनावी नतिजाले मर्माहत बनेका छन् । चुनाव पछिको पहिलो प्रधानमन्त्री बन्ने दाउमा रहेका प्रचण्डको दाउमा चुनावी नतिजाले घाउ लगाइदिएको छ ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...