News Portal

भीम रावलको किल्ला र कर्णालीबाट प्रतिनिधिसभामा एमाले पत्तासाफ

एनपर्दा संवाददाता
५१७ पटक

काठमाडौं ।

आन्तरिक गठजोडका कारण यस निर्वाचनमा नेकपा एमालेले ठूलो क्षति बहोर्नुपरेको छ । टिकट वितरणको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएपछि कतिपय जित निश्चित भएको क्षेत्रसमेत एमालेले गुमाएको छ । तीमध्ये एक हो, अछाम ।

सुदूरपश्चिममा राम्रो पकड भएका नेता भीम रावललाई टिकट नदिएपछि एमालेले पश्चिममा क्षति बेहोर्नुपरेको हो । भीम रावलको गृह जिल्ला अछाममा त एमाले प त्तासाफ नै भएको छ । दुई निर्वाचन क्षेत्र र ४ प्रदेशसभा रहेको अछाममा यस पटक सबै सीट एमालले गुमाएको छ ।

अछामको निर्वाचन क्षेत्र १ र २ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने प्रदेशसभातर्फ पनि गठबन्धनले जित हासिल गरेको छ । अछाममा एमालेलाई हराएर सत्ता गठबन्धनले शक्ति बाँडफाँट गरेका छन् ।

अछाम–१ मा प्रतिनिधिसभातर्फ एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर विजयी भएका छन् । उनले एमालेका झपटबहादुर बोहरालाई भारी मतान्तर उछिन्दै जित हासिल गरेका छन् । एकीकृत समाजवादीका कुँवरले १९ हजार ५३४ मत पाउँदा बोहरा १५ हजार ४५ मतमा रोकिए ।

यस्तै, अछाम–२ मा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी भएका छन् । शाहले एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछाडि पार्दै जित हासिल गरेका हन् । गठबन्धनका उम्मेदवार शाहले २२ हजार ९५४ मत ल्याउँदा बोगटीले १६ हजार १५४ मत पाए ।

यस्तै, प्रदेशसभातर्फ पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अछामको प्रदेशसभा (१)मा नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का १२ हजार ३३७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका देवबहादुर कुँवरले ६ हजार ४९७ मत पाए ।

यस्तै, प्रदेशसभा (२)मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झपटबहादुर साउद १२ हजार ११५ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णप्रसाल जैशीले ९ हजार १९ मतमा रोकिए । यससँगै एमालेका नेता भीम रावलको किल्ला मानिएको अछाममा एमाले पत्तासाफ भएको छ ।

कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल
२०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले यसपटक शून्यमा झरेको छ । कर्णालीमा यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाको नौ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला र मुगुमा मतगणना जारी छ ।

मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि छन् । कांग्रेसले सुर्खेतका दुईवटै र दैलेख क्षेत्र नम्बर २ मा जित निकालेको छ । मुगुमा पनि फराकिलो मत अन्तरले अग्रता लिएको छ ।

नेपाली कांग्रेसबाट सुर्खेत-१ मा पार्टी उपसभापति पूर्णबहादुर खड्का, सुर्खेत-२ मा हृदयराम थानी र दैलेख-२ मा दिक्पाल शाही निर्वाचित भएका छन् । मुगुमा जारी मत गणनामा भने कांग्रेसकै उम्मेदवार ऐनबहादुर शाहीले अग्रता लिएका छन् ।

माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिममा जित निकालेको छ भने कालीकोट र हुम्लामा फराकिलो मतान्तरले अग्रता लिएको छ । रुकुम पश्चिममा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र जाजरकोटमा शक्ति बस्नेत निर्वाचित भए । कालीकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार क्रमशः महेन्द्रबहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता बनाइरहेका छन् ।

एकीकृत समाजवादीबाट दैलेख-१ मा अमरबहादुर थापा, सल्यानमा प्रकाश ज्वाला र डोल्पामा धनबहादुर बुढाले जितेका छन् । त्यस्तै जुम्लामा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही निर्वाचित भएका छन् ।२०७४ सालमा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले यसपटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको सहयोगमा चुनाव लडेको छ ।

प्रदेशसभाको कुन क्षेत्रमा कसको जित ?
प्रदेशसभातर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा यो समाचार तयार पार्दासम्म २१ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । जसमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले ८/८ वटा निर्वाचन क्षेत्रमा जित निकालेका छन् भने नेकपा एमालेले चार क्षेत्रमा चुनाव जितेको छ ।

जुम्ला (१) मा भने कांग्रेसका बागीले चुनाव जितेका छन् । अन्तिम नतिजा आउन बाँकी रहेको मुगुका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादी र एमालेले अग्रता लिएका छन् । हुम्ला (२) मा कर्णालीका मुख्यमन्त्री समेत रहेका कांग्रेस नेता जीवनबहादुर शाहीले अग्रता लिएका छन् ।

जुम्ला (१) मा कांग्रेसका बागी देवेन्द्रबहादुर शाहीले कांग्रेसकै ललितजंग शाहीलाई पराजित गरे । जुम्ला (२) मा एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकायालाई पराजित गर्दै एमालेका टेकराज पछाई निर्वाचित भएका छन् ।

जाजरकोटमा दुवै क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसले चुनाव जितेको छ । (१) मा कांग्रेसका जिल्ला सभापति वेदराज सिंह र (२) मा कांग्रेसकै राजीवविक्रम शाह निर्वाचित भएका छन् ।

सल्यानका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भए । प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) मा कांग्रेसका सुरेश अधिकारी निर्वाचित भए ।

चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा तीन वटामा कांग्रेस र एउटामा एमाले विजयी भएको छ । दैलेख-१ (१) मा कांग्रेसका पूर्णबहादुर खत्री, (२) मा कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण बिसी निर्वाचित भएका छन् । दैलेख २ (२) मा कांग्रेसकै घनश्याम भण्डारी विजयी हुँदा २ (२) मा भने एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाह निर्वाचित भए ।

चारवटै प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा भने माओवादीले दुई सिट जित्दा कांग्रेस र एमालेले एक/एक सिट जितेका छन् । सुर्खेत-१ (१) मा कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ (१) मा भने एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल दोस्रो पटक निर्वाचित भए । २ (२) मा पूर्व अर्थमन्त्रीसमेत रहेका माओवादीका युवा नेता विन्दमान बिष्ट विजयी भएका छन् ।

कालीकोटमा (१) मा माओवादीका दुर्गाबहादुर रावत र (२) मा कांग्रेसका हिकमत बिष्ट विजयी भएका छन् । डोल्पा (१)मा एमालेका शेरबहादुर बुढा र (२) मामाओवादी केन्द्रका वीरबहादुर शाही निर्वाचित भएका छन् ।

हुम्ला (१) मा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । रुकुम पश्चिममा दुवै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । (१) मा माओवादी केन्द्रका महेन्द्र केसी र (२) मा माओवादीकै राजकुमार शर्मा निर्वाचित भएका छन् ।

यसअघि प्रदेशसभामा एमाले नै पहिलो दल थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा यसअघि एमालेले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...