News Portal

खुल्यो प्लेन दुर्घटना हुनुको भित्री कारण, यस्तो भएको रहेछ भित्र भित्र, अब यति सधैको लागि बन्द गरौ

एनपर्दा संवाददाता
६८०४७ पटक

काठमाडौँ ।

काठमाडौं । समाजसेवी युवा राहुल केसीले नेपाली नेपाल नागरिक उड्डयन प्राधिरकरणलाई दुई वटा बनाएपछि मात्रै नेपाली आकाश सुरक्षित हुने अन्यथा सधैँ काल पर्खिएर बस्नुपर्ने चेतावनी दिएका छन् ।

आइतबार बिहान पोखरामा यती एयरलाईन्सको जहाज दुर्घटना भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर युवा समाजसेवी केसीले यती एयरलाईन्सलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएका छन् ।

उनले भनेका छन, ‘म यो क्षेत्रको विज्ञ त हैन । तर, मेरो २४ वर्षे भाई जो अब नेपाली आकाशमा जहाज उडाउँदैछ उसको र उसले उडाउने सम्पूर्ण यात्रुको चिन्ताले यत्तिको जानकारी चाहिँ राख्छु ।’

केसीले भनेका छन्, ‘पहिलो कुरो, यती एयरलाईन्सलाई पूर्ण रुपले प्रतिबन्ध लाउनुपर्ने बेला उहिले नै भएपनि यसपालीको दुर्घटना प्लेन पुरानो भएको कारण चाहिँ होइन ।’‘२००७ मा बनेको यो प्लेन अहिले बल्ल–बल्ल १५ वर्ष कट्यो’, केसीले भनेका छन्, ‘यद्दपि यती एयरलाईन्सलाई अहिले समेत बिदाइ नगर्ने हो भने हामी हाम्रो पालो पर्खेर बस्दा फरक नपर्ला ।’

उनले भनेका छन्, ‘यस्ता कैंयौ घटना भए र सामसुम पनि भए ।’‘दोस्रो कुरो सिभिल र एभिएशन नितान्त अलग्गै कुरा हुन्, जबसम्म सिभिल ईन्जिनियरिङ र एभिएशन ईन्जिनियरिङलाई अलग्गै बनाइँदैन तबसम्म यस्ता घटना भैरहन्छन ।

‘तबसम्म हामी नेपाली एभिएशनलाई कालो सूचीमा राखिरहनेछौं भनेर ईयूले बारम्बार ताकेता गर्दा पनि पदको या कमिशनको लोभले पुल्चोक ईन्जिनियरिङ क्याम्पसका ईन्जिनियर र अहिलेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले यो कुरो सुनेनन्’, केसीले भनेका छन् ,

‘यो गुनासो हरेक एयरलाईन्सभित्र सर्वविदित छ, बोल्ने हिम्मत कसैको भएन’, उनले भनेका छन् ।केसीले भनेका छन्, ‘त्यसर्थ अल्पायुमै ज्यान गुमाउने ती ७२ जनाको पूरापूर जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणले लिनुपर्छ किनकि स्ट्याण्डर्ड अपरेटिङ प्रोड्युसर (एसओपी) पूर्णत स्पष्ट नहुन्जेलसम्म चिनियाँ सरकारको दबाबमा या उसलाई खुसी बनाउन गौतम बुद्द विमानस्थल पनि असफल भएपछि यात्रुको चाप देखाउन हतारमा ७२ जनाको ज्यानको जुवा खेल्न हुँदैनथ्यो ।’

युवा समाजसेवी केसीले सम्पूर्ण मृत आत्माहरूमा हार्दिक समवेदना प्रकट गरेका छन् ।युरोपियन युनियनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरेर दुई वटा बनाउन सुझाव दिँदै आएको छ । ईयूको सुझाव मान्ने हो भने नेपाली जहाजहरूलाई कालो सूचीबाट हटाउनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फुटाएर सिभिल ईन्जिनियरिङ र एभिएसन ईन्जिनियरिङलाई अलग बनाएमा नेपाली आकाश सुरक्षित हुने ईयू र नेपाली जहाज कम्पनीहरूको सधैँ माग रहँदै आएको छ ।कमिशन र कमाउ धन्दाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सीमित स्वार्थ समूहको कब्जामा राखिएको छ ।

यसैगरी वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका छन् ।आइतबार बिहान पोखरामा भएको यती एयरलाईन्सको जहाज दुर्घटना भएको घटनामा महानिर्देशक अधिकारीले जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत डा.संग्रौलाले जहाज दुर्घटनाको जिम्मेवारी प्राधिकरणले लिनुपर्ने बताएका छन् ।उनले भनेका छन्, ‘पोखराको विमान दुर्घटना सानो होइन । तर, यसको जिम्मेवारी केवल बिमान कम्पनीको मात्र होइन, उड्डयन प्राधिकरणले यो जिम्मा लिनुपर्छ ।’

‘दोश्रो विश्वयुद्धताकाको प्लेन अहिले पनि उडाइराखेका छन्’, डा.संग्रौलाले भनेका छन्, ‘पहिला कारबाही शुरु गर । बयान लिन थाल । यो प्लेनका बारेमा अन्तर्राष्ट्रिय दृष्टीकोण के हो ? जनतालाई जानकारी गराउ ।’डा.संग्रौलाले भनेका छन्, ‘अयोग गठन गरेर हुँदैन । यो घटनामा हेल्चेक्राइ गर्नेलाई फौजदारी अपराधमा कारबाही हुनुपर्छ ।’

‘केहि वर्षअघि बाङ्लादेशबाट आएको विमान त्रि.वि.मा दुर्घटना हुँदा २२ जना डाक्टरको समेत मृत्यु भएको थियो’, उनले भनेका छन्, ‘अहिलेसम्म क्षतिपूर्ति पाएका छैन । मुद्दा अदालतमा छन् । तर, छिनिदैंन । खोज किन यस्तो भएको हो ?’

उनले भने, ‘बिदाभन्दा महत्वपूर्ण कुरा परिवारका सदस्यमाथीको बज्रपात हो । पहिला क्षतिपूर्तिको ब्यवस्था गर ।’‘यो घटनामा परेको विमान र चालकका बारेमा तुरुन्त सार्वजनिक जानकारी गराउ’, संग्रौलाले भने, ‘के यो प्लेन अन्तर्राष्ट्रिय कानूनअनुसार उडाउन पाउने प्लेन हो ? जानकारी गराउ ।’ उनले भने, ‘त्यस कारण म नेपालका घरायसी प्लेन कहिले पनि चडदिन ।’

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...