News Portal

लिङदेनले बिक्रम पाण्डेलाई अघि राखेर झारे झाँको:दायाँबायाँ थाहा पाएँ भने छोडने छैन होस गर्नु (भिडियो)

एनपर्दा संवाददाता
८२२ पटक

काठमाडौँ।


लिङदेनले बिक्रम पाण्डेलाई अघि राखेर झारे झाँको:दायाँबायाँ थाहा पाएँ भने छोडने छैन होस गर्नु (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।साथमा यो प्पनी: सीके राउतले संसदीय मर्यादा विपरीत संसद्मा मौनधारण गर्न लगाए: उपप्रधानमन्त्री लिङ्देन

काठमाडौँ। उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरीत संसद्मा आफैँले शहीदहरूको सम्मान भन्दै मौनधारण गर्न लगाएको दाबी गरेका छन्।

मधेसका शहीदहरूप्रति सरकार र संसद्ले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाएका थिए। त्यो काम संसदीय मर्यादा र नियम विपरीत भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङ्देनले स्पष्ट पारेका हुन्।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङ्देनले आफूहरूले सो क्रममा शहीदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे।

उनले भने, ‘माघ ५ गते बैठक थियो त्यहाँ मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेसका शहीदहरूका प्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठ्ने र नउठ्नेको विषय बाहिर प्रचारमा आइरहेको छ। सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो । उहाँको उपप्रधानमन्त्री म थिए। हामी उठेनौँ। यसको अर्थ बाहिर के गइरहेको छ भने कि हामीले मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूका प्रति हाम्रो चाहिँ सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ। तर संसद्को एउटा मर्यादा हुन्छ । एउटा नियम हुन्छ। र, रुलिङ सभामुखको चल्छ। यति कुरा पनि दोस्रो कार्यकाल संसद्मा आएको मैले बुझिन भने, म कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा रामो छाप छोड्दैन। कि त त्यो विषय सभामुखले रुलिङ गर्नुपर्‍यो।

कि मेरो प्रधानमन्त्री उठ्नु पर्‍यो। त्यसकारण हामीले यो भ्रम नरहोस्। हामीले त्यो विषयप्रति अनादर गरेको होइन। मलाई लाग्छ प्रधानमन्त्रीले पनि गर्नु भएको होइन। यसरी गलत प्रचार जानु हुँदैन। हामीले संसदीय मर्यादा भङ्ग गर्नु हुँदैन भन्ने तथ्यलाई ध्यानमा राखेर हामी नउठेको हो भन्ने कुरा यो संसद्ले पनि बुझोस्, बाहिरी समाजले पनि बुझोस् भन्ने कुरा भन्न चाहन्छु। म त प्रधानमन्त्रीको तर्फबाट पनि भन्दैछु–यस ढंगले गलत कुरा लैजान पाइँदैन।’उपप्रधानमन्त्री लिङ्देनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै शहीदहरूप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकिर समेत गरे।अब, हेर्नुहोस समाचारको यो भिडियो

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अहिले मन्त्रालयले सुझाव संकलन गरिरहेको र सुझावलाई संस्लेषण गरेर कार्वान्यनमा लैजाने बताउनुभयो । ‘सरकारको एक तिहाइ बजेट यहि मन्त्रालयमा छ। हामीले सुशासन, यातायात क्षेत्रको सुधार र भौतिक पुर्वाधारमा भ्रष्टाचार र अनिमियताको अन्त्य गरेर देशलाई बिकासको गति दिनु छ।’ उहाँले भन्नुभयो।

भौगौलिक महत्त्व र जनसंख्या सबै हिसाबले भरतपुर राष्ट्रिय महत्वको महानगर भएको र यहाँको नेतृत्वका रूपमा रेणु दाहालले बिकासमा नयाँपन दिइरहनुभएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो। ‘यस प्रयासलाई केन्द्र सरकारले महत्त्वका साथ सहयोग गर्ने छ। निर्माणका क्रममा रहेका तर अपेक्षित गति नपाएर जनताको सास्तिकै रुपमा रहेका आयोजनाले अब गति लिनेछन्।’ उहाँले भन्नुभयो-

‘माडीको समस्यालाई मैले नजिकबाट अनुभूति गरेको छु। हामी माडीको बिकासलाई समेत प्राथमिकताका साथ अघि बढाउँछौ।’
लगत्तै उपप्रधानमन्त्री श्रेष्ठले असाध्यै ढिलासुस्ती गरिएको गुनासो आएको बसपार्क-देवघाट बाइपास चार कीमी सडकको अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा उपस्थित निर्माण व्यबसायीले असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका छन्। त्यसक्रममा चितवनकै छ लेनको सडक पनि अनुगमन गर्नु भएको छ। महानगर मेयरसहित सडक अनुगममा निस्किनु भएका उपप्रधानमन्त्रीसमक्ष छ लेन सडकका निर्माण व्यबसायीले समेत असारसम्ममा योजना सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका छ्न ।

उहाँ आजै श्री हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागि हुनुभएको छ।राज्यद्वारा बेपत्ता पारिएका योद्धा दण्डपाणी न्यौपानेको नाममा स्थापित सो विद्यालयको ४३ औ वार्षिकोत्सब समारोहमा बोल्दै उहाँले बेपत्ता योद्धाको नाममा विद्यालय नामाकरण गर्न सहयोग गरेकोमा अघिल्ला सरकारलाई धन्यवाद दिनुभयो।

यो विद्यालयलाई सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो। त्यसक्रममा उहाँले आफुले रक्सी, मासु, खैनी-चुरोट, पान-सुपारी, चिया-कफी केही नखाने र खुस, चाकडी र उपहार समेत कहिल्यै ग्रहण नगर्ने बिद्यार्थी र अभिभावकबीच प्रण गर्नुभयो।

त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले नारायणगढ-बुटवल सडक खण्डका परामर्शदाता र कन्ट्याक्टरलाई भेटी कामलाई गुणस्तरसहित तदारुकताका साथ सम्पन्न गर्न निर्देशन दिने कार्यक्रम समेत छ।

यसअघि हिजो साँझ उहाँले गोरखाको आँबुखैरेनी पुगेर मुग्लिङ-पोखरा सडक खण्डको निर्माण प्रगतिबारे आयोजना निर्देशक,कन्ट्याक्टर र परामर्शदातासङ्ग छलफल गर्नुभएको थियो। र, कामलाई द्रुत र गुणस्तरीय ढङ्गले अघि बढाउन निर्देशन दिनुभएको थियो।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...