News Portal

रवि लामिछाने र राजेन्द्र लिङदेन त महाचोर बने बरु पुराना त चोर मात्र थिएः आरेन राई (भिडियो)

एनपर्दा संवाददाता
३६४ पटक

काठमाडौ ।

रवि लामिछाने र राजेन्द्र लिङदेन त महाचोर बने बरु पुराना त चोर मात्र थिएः आरेन राई (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस। साथमा यो पनि: अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा एफबीआईको छापा, गोप्य कागजात बरामदअमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेर गोप्य सरकारी दस्ताबेजहरू जफत गरेको छ।

अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म खोजी गर्दै चिन्ह लगाएर राखिएका ६ वटा थप गोप्य कागजातहरू फेला पारेको समाचार संस्था एपीले जनाएको छ।

न्याय मन्त्रालयका अन्वेषकहरूले राष्ट्रपतिको घरबाट थप ६ वटा गोप्य कागजातहरू फेला पारेको वाइडेनका वकिलले जानकारी दिएका हुन्। बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका केही सामग्रीहरू पनि जफत गरिएको वकिल बब बोवरले एपीसँग भने।

बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने भन्दै न्याय विभागलाई आफ्नो घरमा अनुसन्धान गर्न अनुमति दिएका थिए। तर यो अनुसन्धानको समयमा राष्ट्रपति वाइडेन र प्रथम महिला घरमा उपस्थित थिएनन्। उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनले प्रयोग गरेको कार्यालयमा वर्गीकृत दस्ताबेज खोज्न अनुमति दिएका हुन्।

यसअघि शुक्रबार विल्मिङटनस्थित एउटा घरबाट पनि यस्तै किसिमका केही कागजातहरू फेला परेका थिए। यी कागजातहरू बाइडेनका उपराष्ट्रपति र सिनेटरको समयका हुन्।

यस्ता दस्ताबेजहरू सबैभन्दा पहिले नोभेम्बर २ मा वाइडेनले स्थापना गरेको थिङ्क ट्याङ्क कार्यालय ‘पेन बाइडन सेन्टर’मा फेला परेका थिए। २० डिसेम्बर र १२ जनवरीमा पनि त्यस्ता थप कागजातहरू फेला परेका थिए। राष्ट्रपतिको टोलीले यी कागजात प्राप्त हुनेबित्तिकै राष्ट्रिय अभिलेखालय र न्याय मन्त्रालयलाई बुझाएको बताएको छ।

जफत भएका कागजात के गर्ने भन्ने विषयमा अनुसन्धान गर्न विशेष काउन्सिल रोबर्ट हेरलाई नियुक्त गरिएको थियो। पूर्व राष्ट्रपति ट्रम्पमाथि पनि अमेरिकी न्याय मन्त्रालयले छानबिन गरिरहेको छ।

एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको निवासमा ३२५ वटा गोप्य र अतिगोप्य वर्गीकरण गरिएका कागजातहरू भेटिएपछि ट्रम्पमाथि अनुसन्धान अघि बढेको थियो। ट्रम्पले कागजपत्रहरू नष्ट गरे वा नगरेकोबारे अनुसन्धान भइरहेको छ। तर उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्अ ब, हेर्नुहोस समाचारको यो भिडियो

कोरियामा कामदारको तलब बढ्यो, मासिक न्यूनतम तलब २ लाख रुपैयाँ पुग्यो
सोल, दक्षिण कोरिया — रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत दक्षिण कोरिया आएका कामदारको तलब बढेको छ । नयाँ वर्षसँगै यहाँ कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) प्राप्त गर्नेछन् भने मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) पाउने छन् ।

पाँच जनाभन्दा धेरै कामदार भएको कम्पनीले एक घण्टा ओभर टाइम गरे १४ हजार ४ सय ३० (१४ सय ४०) प्राप्त गर्नेछन् । राति १० बजेदेखि बिहान ६ बजेभित्र काम गरे १९ हजार २ सय ४० (झन्डै २ हजार रुपैयाँ) पाउने छन् ।

पाँच जनाभन्दा कम कामदार भएका कम्पनीको हकमा भने यो नियम लागू हुँदैन । कोरियामा कृषि क्षेत्रमा काम गर्ने प्रायः कम्पनीको कामदार पाँच जनाभन्दा कम छन् । कम कामदार भएको कम्पनीमा ओभरटाइम गरे पनि थप पैसा पाउँदैनन् । कोरियाली श्रम कानुनअनुसार पाँच जनाभन्दा कम कामदार भएको कम्पनीहरूले न्यूनतम ज्याला ९ हजार ६ सय २० वनमै कामदारलाई काम लगाउने छूट छ ।

ओभरटाइमलगायतका अन्य कामदारले कोरियाली श्रम कानुनअनुसार नै पाउनु पर्ने माग कोरियाली ट्रेड युनियनहरूले राख्दै आएका छन् । कोरियाली सरकारले भने सानो पुँजी भएका कम्पनीलाई पनि यो कानुन लगाए कम्पनी बन्दहुने र लाखौं मानिस प्रभावित हुने भन्दै श्रम कानुन लागू गर्न नसक्ने जनाउँदै आएको छ ।

कोरियाली सरकारले सन् १९८६ मा न्यूनतम ज्याला निर्धारण गर्ने नियम पारित गरेको थियो । त्यसको दुई वर्षपछि सन् १९८८ देखि यो नियम लागू हुँदै आएको छ । यसअघिका राष्ट्रपति मुन जे–इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ प्रतिशत ज्याला बढाइएको थियो ।

त्यस्तै सन् २०२१ मा १.५ प्रतिशत तलब बढेको थियो । यो अहिलेसम्मकै सबैभन्दा कम बढेको तलब हो । तलबवृद्धिले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका ३५ हजारभन्दा बढी नेपाली कामदार पनि लाभान्वित हुनेछन् ।

कृषि अर्थशास्त्री पौड्यालको परराष्ट्र यात्रा
काठमाडौँ — राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले परराष्ट्रमन्त्रीको पदभार सम्हालेकी छिन् । पदभार सम्हाल्दै उनले जनताले पाउने सेवासुविधालाई सहज बनाउने कुरा आफ्नो प्राथमिकतामा रहेको बताएकी छिन् । चीन र भारत तथा चीन र पश्चिमा देशहरूको भूराजनीतिक प्रतिद्वन्द्विता तीव्र भएको समयमा संवेदनशील समयमा पौडेल परराष्ट्र मन्त्रालयको जिम्मेवारी सल्हाल्न आइपुगेकी हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित रुपमा अघि बढाउनु पर्ने चुनौती रहेको छ भने अन्तरिक रुपमा कमजोर बन्दै गएको परराष्ट्र मन्त्रालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने दबाब रहेको छ । राहदानीजस्तो अत्यावश्यक कागजात समय र सहज रूपमा उपलब्ध गराउन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

उनले बेलायतको म्यानचेस्टर विश्वविद्यालयबाट विकास प्रशासनमा प्रोस्ट ग्य्राजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्तानकोत्तरको अध्ययन गरेकी छिन् । उनले नेदरल्यान्ड्सको इन्स्टिच्युट फर सोसल स्टडिजबाट विकास अध्ययनमा विद्यावारिधि गरेकी छिन् ।

पौड्यालले राष्ट्रिय योजना आयोगको सदस्यको भूमिका निर्वाह गरिसकेकी छिन् । हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अस्थायी रूपमा विकास अध्ययन विषय अध्यापन पनि गर्दै आएकी छिन् ।

पौड्यालले नेपालका विभिन्न सरकारी निकायलगायत बहुपक्षीय आर्थिक सहायता निकाय र गैर-सरकारी संस्थाहरूमा काम गरेकी छिन्। २०७२ सालको भूकम्पपछि उनी नेपालको विपद् पछिको आवश्यकता अध्ययन लैंगिक समानता, सामाजिक समावेशिता र संरक्षण तथा विधागत टोलीको प्रमुख भई कार्यभार पनि सम्हालेकी थिइन् । पेशाले उनी कृषि अर्थशास्त्री हुन् ।

उनले सन् २०१६ देखि २०१८ सम्म यूएन वुमेन इन नेपालका प्राङ्गारिक कृषिसम्बन्धी उच्चस्तरीय कार्यदल र नागरिक समाजको सल्लाहकार समूह सदस्यको रूपमा काम गरेकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञको रुपमा काम गरेकी थिइन् ।

पौड्याल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने ३ सदस्यमध्ये एक सदस्य हुन् । गत वर्षमा चितवनमा भएको एमालेको दसौं महाधिवेशनबाट पौड्याल केन्द्रीय सदस्य नियुक्त भएका थिए । १९६६ मा मोरङमा जन्मिएकी पौड्यालले राष्ट्रपति भण्डारीसँग निकट मानिन्छिन्।

प्रतिकृया दिनुहोस्

रविको मुद्दामा बोल्यो गृह, दियो कसैले कल्पनै नगरेको जवाफ !

काठमाडौं । गृह मन्त्रालयले उपप्रधानमन्त्री रवि लामिछानेको मुद्दामा विदेशी मुलुकको नागरिकता लिएको आधिकारिक जानकारी नहुँदासम्म...

भर्खरै रविबारे आयो यस्तो खबर, अब रविलाई कसैले छुन पनि नसक्ने {रबिलाई साथ दिन शेयर गरौं}

काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस) यी प्रश्नहरूको सेरोफेरोमा हुनेछ गृहमन्त्री लामिछानेको नागरिकता विवादमाथि...

सारा नेपाल चकित पर्नेगरी धमलापत्नी एलिजा भोलि लिदैछिन् जीवनकै बोल्ड डिसिजन, भाग्यमा लेखेरै ल्याएकी रहेछिन् !

रुपन्देही । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेकी छन् । उनी रिपोटर्स...

चितवन–२ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार रवि लामिछानेलाइ बनाउने

काठमाडौं । काठमाडौँ सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं...

रबि लामिछानेको सांसद र मन्त्रि पद खारेज भएपछी दिपकराज गिरीले भर्खरै लेखे यस्तो रमाईलो स्टाटस

काठमाडौँ । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलापछि कलाकार दीपक राज गिरीले व्यङ्ग्य गरेका...