
काठमाडौं ।
म यो देशको ढुकुटी को पाले हु, कसैलाइ एक रुपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन्न । यो देश सबै घुस खोरी दलालले सबै देश खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् । उनको यो बोली सबैले रुचाएका छन । भाषण गर्दा जब यो कुरा आयो अनि गडड तालीको आवाज आएको थियो ।
रवि लामिछाने कांग्रेसमै पुग्लान् ?
रवीन्द्र मिश्रपछि फेरि रवि लामिछाने पत्रकारिता क्षेत्रको जगबाट राजनीतिमा निर्णायक हस्तक्षेप गर्न सफल भएका छन् । समकालीन नेपाली राजनीति, अर्थतन्त्र, कूटनीति, संस्कृतिजस्ता क्षेत्रभित्र रहेका बेथिति, विसंगतिलाई जनमानसमा आक्रामक ढङ्गले प्रस्तुति दिएर छवि निर्माण गरेका दुई पात्रमध्ये रवीन्द्र मिश्र लगभग असफलताको साङ्लोले बाँधिइसकेका छन् । उनको यात्रा पश्चगमन र मरिसकेको राजतन्त्रलाई कहीँ कतै फिर्ता ल्याउन सकिन्छ कि भन्ने कुत्सित मनसायबाट प्रेरित घोर दक्षिणपन्थी रहेको सर्वविदितै छ ।
यता रविको लक्ष्य, नीति, योजना, कार्यक्रम, रणनीति, कार्यनीति के हो भन्ने अझै स्पष्ट छैन । कुनै राजनीतिक आकार नै नभएको दललाई नेपाली जनताले ठूलो अभिमत दिएर संसद्मा पठाएका छन् ।
हुन त लामिछानेसम्बद्ध केही नेताहरू मध्यपन्थी पार्टीको वैचारिक दिशामा अगाडि बढने पनि भनिरहेका छन् । मध्यपन्थ रवीन्द्र मिश्रको जस्तो घोर दक्षिणपन्थी नभए पनि नेपाली कांग्रेसजस्तै दक्षिणपन्थी लाइनको एउटा हाँगा नै हो ।
भर्खर सम्पन्न निर्वाचनमा प्रदेश तहमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी खडा नगर्ने जुन धृष्टता गर्यो, त्यसले मोटामोटी उनको अगामी दिशाबारे अनुमान गर्न कठिन छैन ।
१० वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन र मधेस आन्दोलनले स्थापित गरेको संघीयताको मूल मर्ममाथि उनले प्रश्न खडा गरेका छन् । त्यस्तै, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रदेशको प्रत्यक्ष र समानुपातिक दुवै मतदान प्रक्रियालाई अस्वीकार गर्दै प्रदेश खारेजीको पक्षमा आफ्नो स्पष्ट अभिमत जाहेर गरे ।
यसले भर्खर उदाउँदै गरेको युवापुस्ताको नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनको उपलब्धिलाई अस्वीकार गर्न खोजेको भान हुँदैछ । अब केही समयपश्चात् लामिछानेको वास्तविक पहिचान हुनेछ । उनले कि त संघीय संरचना स्वीकार गरेर मूलधारमा अडिन प्रयत्न गर्नेछन्, कि त उक्त संरचनाविरुद्ध जनमत खडा गरेर विद्रोही शक्तिको रूपमा संगठन विस्तारको जग हाल्न कोसिस गर्नेछन् ।
गत हप्ता सम्पन्न चुनावको सबै परिणाम घोषणा भइसकेको छ । यो चुनावले समानुपातिक प्रणालीमा नेकपा एमालेलाई ठूलो दलको रूपमा स्थापित गरे पनि नेपालमा दक्षिणपन्थी शक्तिका लागि उत्साहजनक माहौल सिर्जना गरिदिएको छ ।
२०७४ को चुनावमा साढे २ प्रतिशतवरिपरि मत प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक ५.५८ प्रतिशत मत प्राप्त गर्नु र वामपन्थी भनिएका शक्तिहरूको मत भारी ओरालो लाग्नुले त्यसको छनक दिएको छ । गणतन्त्र, संघीयता र धर्म निरपेक्षताविरुद्ध आवाज बुलन्द गरेको राप्रपाले उत्साहजानक मत प्राप्त गर्नुले पछिल्ला राजनीतिक उपलब्धिहरू जोखिममा पर्दै गएको विषयलाई नजरअन्दाज गर्न सकिँदैन ।
उदाउँदै गरेको मध्यम वर्ग एक दशकअगाडि यस लेखकको गाउँमा एक वा दुई जना मात्र करोडपतिको लाइनमा मानिसहरू थिए । तर, आज झण्डै १०० सय जना मानिस गरिबबाट मध्यम वर्गमा रूपान्तरण भएका छन् । सापेक्षमा सायद आज देशभरिको अवस्था यही हो । रेमिट्यान्सले निर्माण गरेको यस्तो समाजको दिगोपन कति हुन्छ, त्यो बहसको अर्थशास्त्रीय पाटो हुन सक्छ ।
तर, त्यसले निर्माण गर्न खोजेको वैचारिक दिशा नेपाली राजनीतिमा कम अध्ययन गरिएको पाटो हो । यस्तो मध्यमवर्गीय शक्ति आर्थिक हिसाबले आत्मनिर्भर हुने हुँदा राजनीतिक निर्णय कसैको करकाप वा जोरजबर्जस्तीभन्दा आफ्नो रुचि, चाहना वा स्वविवेकले लिन्छ । २०७४ को चुनावमा रवीन्द्र मिश्रको पक्षमा यस्तो समूहको मनग्य मत खसेको थियो । यस पटक रवि लामिछानेले त्यो चिट्ठा आफ्नो पक्षमा पारेका छन् ।
तर, निर्माण हुँदै गरेको मध्यम वर्गको मत माओवादीले प्राप्त गर्न सकेको देखिँदैन । क्रान्तिकारी जार्गनको अति सहारा लिनुपर्ने उसको बाध्यतालाई जनताले एकपछि अर्को गर्दै बेवास्ता गरिरहेका छन् । यसबारे उसको मूल नेतृत्व बेखबर छ भन्ने चुनावी मतपरिणामले दिन खोजेको अर्को सन्देश हो ।
गठबन्धनमा माओवादी र समाजवादी (वामपन्थी) लाई चित्त नपार्ने कट्टर कांग्रेसीहरूले उस्तै रङका लामिछानेलाई मत दिएर आफ्नो चित्त बुझाउने कोसिस त गरे, तर उनीहरूलाई नै त्यस्तो निर्णयले घण्टी बजाइदियो ।
यस्तो मध्यम वर्ग मतपरिणाममा एकदम विध्वंसकारी हुन्छ । यो वर्गले सिर्जना गर्ने अनपेक्षित मतपरिणामले सिङ्गो राजनीतिक प्रणालीको जग भत्काउन हमेसा प्रयत्न गर्छ । मुख्य शक्तिको पूजा गर्नु र त्यो शक्तिले आफ्नो पक्षमा काम गरेन भने वैकल्पिक शक्ति निर्माणका लागि वातावरण बनाउने यसको वर्गगत स्वार्थप्रेरित चरित्र हुन्छ । स्वभावैले यसको चरित्र श्रमिक, मजदुर, किसान, पिछडा वर्गभन्दा विकसित र विश्व भू-राजनीति र आपूर्ति शृङ्खलासँग जोडिएको हुन्छ ।
हुन त माओवादीले अँगाल्ने अर्थ, कूटनीति, सुरक्षा र राजनीतिक मामिला कांग्रेसको भन्दा पृथक् छ । त्यसैलाई मूल आधार मानेर गगन समूह रणनीतिक योजनाका साथ अगाडि बढेको देखिन्छ । सामाजिक सञ्जाल मुख्यतः ट्विटरतिर कांग्रेसनिकट बुद्धिजीवीहरूका मतलाई नियाल्ने हो भने पनि त्यसको छनक मिल्छ । गठबन्धन भए पनि यो तप्काले माओवादी र यसको मुख्य नेतृत्वलाई निसाना साँधेर दिएका अभिव्यक्तिलाई कम आकलन गर्न सकिँदैन । चुनाव प्रचारको समयमा पनि त्यो तप्का थापालगायत विश्वप्रकाश शर्माहरूको प्रचारमा निकै क्रियाशील देखिन्थ्यो ।
खुला बजार अर्थतन्त्र, अमेरिकी नेतृत्वको एक ध्रुवीय उदार विश्व-व्यवस्था, बहुलवादी शासन प्रणाली, कम्युनिस्ट पार्टीसम्बद्ध राजनीतिक विचारधाराविरुद्ध खरो आवाज उचाल्ने एउटा बौद्धिक तप्काको ध्रुवतारा हुन् थापा यतिखेर । अमेरिका तथा युरोपका उत्कृष्ट शैक्षिक संस्थाबाट प्रशिक्षित यस्तो तप्का लोकतान्त्रिक मूल्यमान्यताविरुद्धका सबै खाले हर्कतविरुद्ध कडाइपूर्वक उभिने मत राख्ने जिकिर गर्छ ।
नेपालमा २०७४ को निर्वाचनको सेरोफेरोमा वामपन्थीहरूको पक्षमा जुन ऐतिहासिक जनमत प्राप्त भयो, त्यसले त्यस्ता बौद्धिक तप्का र कांग्रेसको राजनीतिक नेतृत्वलाई पनि त्रसित पार्नु स्वाभाविक थियो । यधपि वामपन्थी दलहरू आन्तरिक खिचतानीका कारण आफैँ विघटनको सिकार भए । गगन थापा त्यस समूहका लागि एउटा तिलस्मी नेतृत्व बनेर उदाउँदै थिए ।
आफ्नै पार्टीभित्र शेरबहादुर देउवाको नेतृत्वलाई चुनौती खडा गर्दै समग्र राजनीतिको बागडोर हातमा लिने गरी रणनीतिक लक्ष्यका साथ अगाडि बढेका थापालाई वामपन्थी राजनीतिमा चुनौती दिने भरपर्दो नेता देखिएको छैन ।
यस्तो अवस्थामा माओवादी- कांग्रेस गठबन्धनलाई व्यवस्थित गर्दै बहुमत प्राप्त गरेर पार्टीको नेतृत्व आफ्नो पोल्टामा आउन सक्ने वातावरण सिर्जना गर्न सकेको भए नेपाली राजनीतिले कोल्टे फेर्न सक्थ्यो । थापा सर्वमान्य नेताको रूपमा स्थापित हुन सक्ने अनुकूल वातावरण तयार हुन्थ्यो । परिणामत: वामपन्थी र उदारवादी दुवै खेमाको राजनीतिक नेतृत्व काँधमा आउन सक्थ्यो ।
तर, उनका सन्देहास्पद गतिविधिले वामपन्थी मात्र होइन, उनकै दलभित्रको ठूलो तप्का उनीप्रति झन् अनुदार छ । प्रधानमन्त्रीको रहर गरे पनि त्यो माओवादीको सहमतिबिना सम्भव छैन । उनले चाल्ने हरेक चालको वामपन्थी नेतृत्वले निगरानी राखिरहेको छ । देउवा स्वयम् उनको प्रगतिमा काँडेतार बनेर आउने निश्चित छ । शक्तिको निर्माण आफूवरिपरि हुँदैगर्दा त्यसको पहिचान र सुव्यवस्थित परिचालन गर्न सकिएन भने त्यसको आयु लामो हुँदैन । शक्ति राजनीति (पावर पोलिटिक्स) मा थापाले यहाँनेर कट्टर कांग्रेस बन्ने नाममा अवसर गुमाउन पुगेका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक नेपाली राजनीतिमा जबर्जस्त हस्तक्षेप गर्यो । तर, यसको आयु कति हो र यसले हाँगाबिँगा कति परसम्म फैलाउन सक्छ, अहिले नै भन्न सकिँदैन । पार्टी संस्थागत हुन तीन प्रक्रिया अनिवार्य पार गर्नुपर्छ । पहिलो, चुनावमा कम्तीमा दुईपटक भाग लिएपछि त्यसको वास्तविक आकार कस्तो हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।
दोस्रो, आन्तरिक पार्टी निर्वाचन वा महाधिवेशनमार्फत संगठन र विचार संस्थागत गरेर आउनुपर्छ । तेस्रो, लेनिनवादी संगठनात्मक प्रणालीअन्तर्गत सेनाको निर्माण तथा उक्त सेना पार्टीमातहतमा रहेर पार्टी र देशको सेवा गर्छ । लामिछानेको पार्टी संगठन निर्माणको प्रारम्भिक चरणमा रहेको र तीनमध्ये कुनै पनि साधनको प्रयोग नगरेका कारण यसको भविष्यबारे ज्योतिषी गर्नु सान्दर्भिक नहुन सक्छ ।