News Portal

यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु: मन्त्री किराँती

एनपर्दा संवाददाता
२४१ पटक

काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमसँग दैनिक रिपोर्ट मागेका छन्।सोमबार अनुगमनका लागि निगम पुगेका किरातीले निगमको सुधारका लागि दैनिक रिपोर्ट मागेका हुन्।‘कुन जहाज कहाँ कति बेला ढिलो भयो? त्यसको चक्का खराब भयो कि चक्काको तार काट्यो कि त्यसको जवाफ हामीलाई चाहिन्छ,’ उनले भने, ‘हामीले पनि त जवाफ दिनुपर्‍यो नि।’

उनले विगतमा जे जस्तो भएपनि अब भने निगमले बिजनेस मोडालिटी बनाएरै अघि बढ्नुपर्ने बताए। नेपाल एयरलाइन्समा टिकट नपाइने समस्याबारे पनि उनले प्रश्न गरे।‘टिकट पाइँदैन। दलालले टिकट लिइरहेका छन् मैले देखेको छु,’ उनले भने, ‘खान त खानु. घिच्न त पाइँदैन नि।’ उनले एक महिनाभित्र ई टिकटिङमा देखिएका समस्या समाधान गर्न निर्देशन दिए।

****संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पनि गाडीलाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन् ।उनलाई मन्त्रालयले ह्युन्डाइ कम्पनीको बा २ झ १०८९ नम्बरको कालो गाडी उपलब्ध गराएको थियो । तर, उक्त गाडी धेरै सानो भयो, पुरानो भयो भनेर राज्यमन्त्रीले गुनासो गरेकी थिइन् ।

गुनासोपछि मन्त्रालयले उनलाई स्कोर्पियो उपलब्ध गराएको छ । राज्यमन्त्रीलाई नयाँ गाडी उपलब्ध गराइएपछि पहिलेको गाडी पार्किङमा थन्क्याइएको छ । तीन दिनदेखि मन्त्रालयको पार्किङमा थन्किएको गाडी धुलाम्मे अवस्थामा भेटियो । त्यसमा पनि झण्डा छोपिएको अवस्थामा थियो ।

उनका सहयोगी विष्णुप्रसाद गैरेले पहिलेको गाडीलाई लिएर राज्यमन्त्रीले असन्तुष्टि व्यक्त गरेको स्वीकारे ।‘मन्त्रीज्यू अर्घाखाँचीको हुनुहुन्छ । उहाँलाई आफ्नो भूगोलमा जान समेत गाडी आवश्यक पर्ने हुनाले यो होचो गाडीले हुँदैन भनेर असन्तुष्टि व्यक्त गर्नुभएको थियो,’ गैरेले लोकान्तरसँग भने, ‘एक त गाडीको हाइट पनि कम थियो, अफरोडमा चल्ने गाडी आवश्यक परेको हुनाले अर्को गाडी माग्नुभएको हो ।’

तीन दिनअघि मात्र स्कोर्पियो उपलब्ध गराइएको उनले बताए ।यी त केही उदाहरण मात्र हुन्, अन्य मन्त्रीबाट पनि विभिन्न किसिमका गुनासो आइरहेको गृह मन्त्रालयका एक सहसचिवले बताए ।

‘हुन त स्कोर्पियो, स्टोर्मलगायतका गाडीहरू निकै पुराना भइसकेका छन्,’ ती सह-सचिवले लोकान्तरसँग भने, ‘संघीय मन्त्री भएर पनि पालिका प्रमुखले चढ्ने भन्दा पनि थोत्रा गाडी दिएको भनेर मन्त्रीज्यूहरूले असन्तुष्टि व्यक्त गरिरहनुभएको छ ।’

खानेपानी मन्त्रीको जिम्मेवारी तोकिएका अब्दुल खानले पनि गृहमन्त्रालयले उपलब्ध गराएकै गाडी चढिरहेका छन् । मन्त्रालय नतोकिँदा विना विभागीय मन्त्रीको हैसियतमा गृहको गाडी उपलब्ध गराइएको थियो । खानेपानी मन्त्रालयमा हाजिर नभएकाले मन्त्रालयको गाडी उनलाई उपलब्ध नगराइएको उक्त मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

रविको मुद्दामा बोल्यो गृह, दियो कसैले कल्पनै नगरेको जवाफ !

काठमाडौं । गृह मन्त्रालयले उपप्रधानमन्त्री रवि लामिछानेको मुद्दामा विदेशी मुलुकको नागरिकता लिएको आधिकारिक जानकारी नहुँदासम्म...

भर्खरै रविबारे आयो यस्तो खबर, अब रविलाई कसैले छुन पनि नसक्ने {रबिलाई साथ दिन शेयर गरौं}

काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस) यी प्रश्नहरूको सेरोफेरोमा हुनेछ गृहमन्त्री लामिछानेको नागरिकता विवादमाथि...

सारा नेपाल चकित पर्नेगरी धमलापत्नी एलिजा भोलि लिदैछिन् जीवनकै बोल्ड डिसिजन, भाग्यमा लेखेरै ल्याएकी रहेछिन् !

रुपन्देही । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेकी छन् । उनी रिपोटर्स...

चितवन–२ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार रवि लामिछानेलाइ बनाउने

काठमाडौं । काठमाडौँ सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं...

रबि लामिछानेको सांसद र मन्त्रि पद खारेज भएपछी दिपकराज गिरीले भर्खरै लेखे यस्तो रमाईलो स्टाटस

काठमाडौँ । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलापछि कलाकार दीपक राज गिरीले व्यङ्ग्य गरेका...