News Portal

ज्ञानेन्द्र शाही गर्जिए, ‘जनताले किन के का लागि कर तिर्ने, सांसद र मन्त्रीको भत्ताको लागी र भ्रष्टाचार गर्न?’ (भिडियो)

एनपर्दा संवाददाता
२८१ पटक

काठमाडौं ।


सांसद ज्ञानेन्द्र शाही गर्जिए, ‘जनताले किन के का लागि कर तिर्ने, सांसद र मन्त्रीको भत्ताको लागी र भ्रष्टाचार गर्न?’ अबदेखि सांसदको छोराछोरीलाई सरकारी स्कुलमा पढाऔं अनि मात्र शिक्षा सुध्रिन्छ।’ (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

साथमा यो पनि: मन्त्रिपरिषदमा बसेर संघीयता र गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई छैन: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नहुने बताएका छन्। मंगलबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नैतिक र कानुनी दृष्टिले पनि मन्त्रिमण्डलमा बसेर संविधानमा संस्थागत भएका विषयविरुद्ध बोल्ने छुट नहुने बताएका हुन्।

‘जनताको आन्दोलनको बलमा उठेका विषयलाई संविधानमा संस्थागत गरिएको छ। जनताको आन्दोलनको बलमा स्थापित गरिएका विषयमाथि कुनै न कुनै कोणबाट प्रश्न उठाउने काम भएको छ,’ उनले भने, ‘मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई छैन, यो स्पष्टीकरणको विषय हुनेछ।’

संघीयता र गणतन्त्रविरुद्ध बोल्ने भए मन्त्रिपरिषद् बाहिरै रहनुपर्ने उनले बताए। ‘मन्त्रिपरिषद् बाहिर रहेर आफ्ना राजनीतिक गतिविधि अघि बढाउन पाइन्छ। यो छुट सबैलाई छ। तर मन्त्रिपरिषदमा बस्ने अनि संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध बोल्ने छुट कसैलाई छैन,’ उनले भने। अब, हेर्नुहोस समाचारको यो भिडियो

****संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पनि गाडीलाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन् ।उनलाई मन्त्रालयले ह्युन्डाइ कम्पनीको बा २ झ १०८९ नम्बरको कालो गाडी उपलब्ध गराएको थियो । तर, उक्त गाडी धेरै सानो भयो, पुरानो भयो भनेर राज्यमन्त्रीले गुनासो गरेकी थिइन् ।

गुनासोपछि मन्त्रालयले उनलाई स्कोर्पियो उपलब्ध गराएको छ । राज्यमन्त्रीलाई नयाँ गाडी उपलब्ध गराइएपछि पहिलेको गाडी पार्किङमा थन्क्याइएको छ । तीन दिनदेखि मन्त्रालयको पार्किङमा थन्किएको गाडी धुलाम्मे अवस्थामा भेटियो । त्यसमा पनि झण्डा छोपिएको अवस्थामा थियो ।

उनका सहयोगी विष्णुप्रसाद गैरेले पहिलेको गाडीलाई लिएर राज्यमन्त्रीले असन्तुष्टि व्यक्त गरेको स्वीकारे ।‘मन्त्रीज्यू अर्घाखाँचीको हुनुहुन्छ । उहाँलाई आफ्नो भूगोलमा जान समेत गाडी आवश्यक पर्ने हुनाले यो होचो गाडीले हुँदैन भनेर असन्तुष्टि व्यक्त गर्नुभएको थियो,’ गैरेले लोकान्तरसँग भने, ‘एक त गाडीको हाइट पनि कम थियो, अफरोडमा चल्ने गाडी आवश्यक परेको हुनाले अर्को गाडी माग्नुभएको हो ।’

तीन दिनअघि मात्र स्कोर्पियो उपलब्ध गराइएको उनले बताए ।यी त केही उदाहरण मात्र हुन्, अन्य मन्त्रीबाट पनि विभिन्न किसिमका गुनासो आइरहेको गृह मन्त्रालयका एक सहसचिवले बताए ।

‘हुन त स्कोर्पियो, स्टोर्मलगायतका गाडीहरू निकै पुराना भइसकेका छन्,’ ती सह-सचिवले लोकान्तरसँग भने, ‘संघीय मन्त्री भएर पनि पालिका प्रमुखले चढ्ने भन्दा पनि थोत्रा गाडी दिएको भनेर मन्त्रीज्यूहरूले असन्तुष्टि व्यक्त गरिरहनुभएको छ ।’

खानेपानी मन्त्रीको जिम्मेवारी तोकिएका अब्दुल खानले पनि गृहमन्त्रालयले उपलब्ध गराएकै गाडी चढिरहेका छन् । मन्त्रालय नतोकिँदा विना विभागीय मन्त्रीको हैसियतमा गृहको गाडी उपलब्ध गराइएको थियो । खानेपानी मन्त्रालयमा हाजिर नभएकाले मन्त्रालयको गाडी उनलाई उपलब्ध नगराइएको उक्त मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...