News Portal

चितवनबाट आयो अर्को खुशीको खबर, रवि लामिछानेको चम्कियो भाग्य !

एनपर्दा संवाददाता
३८८८५ पटक

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक निर्वाचन प्रणालीतर्फ चितवनको पहिलो राजनीतिक दल बनेको छ। रवि लामिछाने नेतृत्वको उक्त पार्टीले चितवनका तीनवटै निर्वाचन क्षेत्रमा सबभन्दा बढी मत प्राप्त गरेको छ।

चितवन क्षेत्र नम्बर १ र २ मा प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू विजयी भएका थिए। क्षेत्र नम्बर १ मा हरि ढकाल र २ मा रवि लामिछाने फराकिलो मतान्तरका साथ विजयी भएका थिए भने क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे विजयी भए।

लामिछानेको दल रास्वपा समानुपातिक प्रणालीतर्फ तीनवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरका साथ पहिलो बनेको छ। रास्वपाले सबै निर्वाचन क्षेत्रमा धेरै मत प्राप्त गर्दा विगतमा धेरै मत पाउने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको मत निकै घटेको छ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवनमा सबभन्दा ठूलो दल नेकपा एमाले बनेको थियो। कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका थिए। यसपालि जिल्लाका तीन निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले ९९०३७, नेकपा एमालेले ५५३१२, नेपाली कांग्रेसले ३९१३०, माओवादी केन्द्रले २९४६१, राप्रपाले २५०५५ र नेकपा एकीकृत समाजवादीले ४९०६ मत प्राप्त गरेको निर्वाचन आयोगले उल्लेख गरेको छ।

चितवनबाट रास्वपाले ३६, एमालेले २०, कांग्रेसले १४, माओवादीले केन्द्रले ११, राप्रपाले ९ र एकीकृत समाजवादीले २ प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्। चितवन निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ३४६९१ मत प्राप्त गरेको छ।

नेकपा एमालेले २४००६, नेपाली कांग्रेसले १६६९५, नेकपा माओवादी केन्द्रले ४९६५, राप्रपाले ५०८२ र नेकपा एकीकृत समाजवादीले ३५१८ मत प्राप्त गरेका छन्।यो क्षेत्रको ९५३९९ मत गणना हुँदा रास्वपाले ३६, एमालेले २५, कांग्रेसले १८, माओवादीले ५, राप्रपाले ५ र एकीकृत समाजवादीले ४ प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्।

निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ३५९४५ मत प्राप्त गरेको छ। नेकपा एमालेले १६७८४, नेपाली कांग्रेसले ११९१४, नेकपा माओवादी केन्द्रले ८४०७, राप्रपाले ३२१८ र नेकपा एकीकृत समाजवादीले ६१६ मत प्राप्त गरेका छन्।

यो क्षेत्रको ८२९३४ मत गणना हुँदा रास्वपाले ४३, एमालेले २०, कांग्रेसले १४, माओवादीले १०, राप्रपाले ४ र एकीकृत समाजवादीले ०.७४ प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्।

क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले २८४०१ मत प्राप्त गरेको छ। नेकपा एमालेले १४५२२, नेपाली कांग्रेसले १०५२१, नेकपा माओवादी केन्द्रले १६०८९ र राप्रपाले २५०५५ र एकीकृत समाजवादीले ७७२ मत पाएका छन्।

यो क्षेत्रको ९४२८० मत गणना हुँदा रास्वपाले ३०, एमालेले १५, कांग्रेसले ११, माओवादीले १७, राप्रपाले १८ र एकीकृत समाजवादीले ०.८१ प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्।जिल्लाभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले ३५९४५, नेकपा एमालेले १६७८४, नेपाली कांग्रेसले ११९१४, नेकपा माओवादी केन्द्रले ८४०७ र राप्रपाले ३२१८ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...