News Portal

उपप्रधानमन्त्री श्रेष्ठ नै उभिए बालेनको पक्षमा, काठमाडौ बिश्वकै नमुना सहर बनाउन चाले यस्तो कदम !

एनपर्दा संवाददाता
३०१ पटक

काठमाडौ ।

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका सडकहरू पटक-पटक भत्काउने समस्या समाधानबारे सम्बन्धित निकायका अधिकारीसँग छलफल गरेका छन् । बनिसकेका सडक विभिन्न निकायले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता समस्या दोहोरिन नदिन भन्दै बिहीबार मन्त्रालयमा सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गरेका हुन् ।

बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल दूरसञ्चार संस्थानकी उपमहानिर्देशक विनिता प्रधान तथा मन्त्रालय र मातहतका सहसचिवहरूको उपस्थिति थियो ।

बैठकमा उप्रधानमन्त्री श्रेष्ठले सरकारी निकायहरूबीच नै समन्वय अभावले सडक भत्किरहने समस्या समाधानका लागि सबै निकायले एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए । ‘भविष्यमा सबै निकायले एकीकृत योजना बनाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘एकले अर्कालाई दोष दिएर होइन परिणाम आउने गरी काम गर्नु जरुरी छ ।’

एउटा निकायले बनाएको सडक अर्को निकायले भत्काउँदा जनतामा नकारात्मक असर परेको भन्दै उनले अबदेखि त्यस्तो समस्या आउन नदिन सबै निकाय जिम्मेवार हुनुपर्ने बताए । ‘काठमाडौंका विभिन्न कार्यालयहरूका कारण सडक भत्किने समस्या रोक्न सरकारले के गर्नुपर्ने हो त्यसका लागि हामी तयार छौँ,’उनले भने, ‘विभिन्न निकायले पटक-पटक बाटो भत्काउने कुराले जनतामा नकारात्मक सन्देश गएको छ । अबदेखि समस्या नआउने गरी सबै कार्यालयहरूले जिम्मेवार भएर सोचौं।’

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले समन्वयमा काम गर्न आफूहरू तयार रहेको बताएका थिए । ‘कहाँ-कहाँ समस्या छ हामीबीच समन्वय गरेर काम गरौं। हामी तत्काल समस्या समाधान गर्ने हिसाबले तीव्रतर काम गर्छौं,’ घिसिङले भने ।

केयूकेएलका प्रबन्ध निर्देशक कार्कीले पुरानो पाइपको नेटवर्कबाट पानी गएकाले समस्या आएको बताए । लिकेज भएका ठाउँको तीव्रगतिमा समस्या समाधान गर्न आफूहरू तयार रहेको उनले प्रतिबद्धता जनाए ।

मेलम्ची आयोजनाका निर्देशक सापकोटाले पनि अहिले पुरानै च्यानलबाट पानी गएकाले समस्या आएको भन्दै आगामी असारसम्म समस्या समाधान गरिसक्ने बताए । ‘असारसम्ममा सबै परीक्षण गरिसक्छौं। त्यसपछि नयाँ पाइपबाट पानी पठाएपछि पानीका कारण समस्या आउने छैन,’ उनले भने ।

दूरसञ्चार संस्थानकी उपमहानिर्देशक प्रधानले भविष्यमा सहर निर्माण गर्दा सडक विभागलाई युटिलिटी डक्ट प्रयोग गरिदिन आग्रह गरिन् । त्यसको लागत व्यहोर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

विभागका महानिर्देशक थापाले सडक विभागले बनाएका सडकहरू भत्काएपछि त्यस्तै गुणस्तरको नबनाइदिने गरेको भन्दै गुनासो पोखे । ‘जहाँ-जहाँ भत्काइएको छ । त्यसपछि बनाउँदा गुणस्तरीय भएन । भत्काएर बनाउँदा गुणस्तरीय भएन विभागसँगको सम्झौताअनुसार गुणस्तरीय बनाइदिनुपर्‍यो,’ उनले भने ।

यसैबीच, शुक्रबार बिहान ८ बजे उपप्रधानमन्त्री श्रेष्ठसहित मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको टोलीले सडक अनुगमन गर्ने भएको छ । लैनचौरबाट सुरु हुने अनुगमन बुढानिलकण्ठ, जाउलाखेल र भैंसेपाटीसम्म पुग्ने उपप्रधानमन्त्री श्रेष्ठको सचिवलायले जनाएको छ ।

भक्तपुरमा एस टी-२० क्रिकेट लिग : पुल्चोक र १३ होप्स विजयी
भक्तपुर — भक्तपुरमा बिहीबारदेखि सुरु भएको एस टी-२० क्रिकेट लिगमा पुल्चोक क्रिकेट क्लब र १३ होप्स विजयी भएका छन् । सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा भइरहेको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको किंग्स क्रिकेट क्लब १९.५ ओभरमा ९० रनको योगफलमा समेटियो ।

जवाफी ब्याटिंगमा उत्रिएको पुल्चोक क्रिकेट क्लबले १०.५ ओभरमा ९२ रन बनाउँदै ७ विकेटले विजयी बन्यो । उक्त खेलको म्यान अफ द म्याच दीपक भण्डारी घोषित भए ।

दोस्रो खेलमा भने टस जितेर ब्याटिङ गरेको १३ होप्सले निर्धारित २० ओभरमा १३४ रनको योगफल बनायो । १३५ रनको लक्ष्य पछ्याएको नेपाल क्रिकेट स्कुलले २० ओभरमा १२३ रनमात्र बनाउन सक्यो । १३ होप्सले ११ रनले जित हात पार्‍यो । यो खेलको म्यान अफ द म्याच सुमित श्रेष्ठ घोषित भए ।

एस स्पोर्टस् एन्ड इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा ८ टिम सहभागी छन् । नगद पुरस्कार र विभिन्न पदक राखिएको प्रतियोगिता माघ ४ सम्म चल्ने आयोजक प्रमुख सर्वोच्च बस्नेतले जानकारी दिए । यो टुर्नामेन्टमा राष्ट्रिय खेलाडीसहित हरेक टिममा नयाँ खेलाडी सहभागी छन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...