News Portal

प्रदेशको कुनै औचित्य छैन प्रदेश खारेज गरौं, जम्मा दुई तह भए हुन्छ: देव गुरुङ

एनपर्दा संवाददाता
१०६ पटक

काठमाडौ ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका छन्। मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमनसम्बन्धी संसदीय विशेष समिति’ले

सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका हुन्। उनले तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको बताएका छन्। उनले साँचो अर्थको संघीयता दुई तहको हुने भन्दै स्थानीय तह प्रदेशको मातहतमा

रहने गरी सञ्चालन गर्नुपर्ने बताए। सोहीअनुरूपको क्षेत्राधिकारहरूको बाँडफाँड हुनु जरुरी रहेको उनको भनाइ छ। तीनवटा तहको जुन संरचना बनाइएको छ, तीनवटा तहको संरचना यो संघीय संरचना हो

भन्ने लाग्दैन। कता कता यसलाई प्रशासनिक इकाइको रूपमा, एउटै एकात्मक प्रणालीअन्तर्गतको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको देखिन्छ,उनले भने। उनले थपे‘संघीयता रियल अर्थमा भन्ने

हो भने के हुन्छ भन्दा दुईवटा तहभन्दा तेस्रो तह बनाउने विषय हुँदैन। स्थानीय तह प्रदेशको मातहतमा सञ्चालन गर्नुपर्ने विषय हो भन्ने लाग्छ। अहिलेको तीनवटा तहको परिकल्पनाबाट जाने हो भने प्रदेशको कुनै अर्थ र औचित्य छैन। त्यसो भएको हुनाले क्षेत्राधिकारहरूको बाँडफाँड हुनु जरुरी छ।’ताजा खबर डेलिबाट साभार

आखिर यी पो रहेछन विराटनगरमा भेटिए एम अधिकारी, एमालेमा खुसीयाली !
नक्कली एम अधिकारी बनाउन खोजिएका सीए मनोज अधिकारी बिहीवारदेखि नै सम्पर्कविहीन भएपछि मोरङका एमाले नेताहरू तनावमा छन् । एकातिर केन्द्रको प्रेसर, अर्कातिर मनोजसँग सम्पर्क हुन नसक्दा तनाव भएको एमाले मोरङका एक नेताले स्वीकारे ।

स्रोतका अनुसार नेताहरू एमबाट नाम आउने अधिकारी थरका अन्य व्यक्ति कोही छ कि भनेर पनि खोजीमा लागेका छन् । तर, अहिलेसम्म अर्को कुनै पनि व्यक्ति एम अधिकारी बन्न तयार भएको छैन ।तर, एमालेका विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा भने अर्को एम अधिकारी खोजिँदै भन्ने कुरामा सत्यता नरहेको दाबी गर्छन् ।

मनोज सम्पर्कविहीन भएपछि नयाँ एम अधिकारी खोज्न थाल्नुभएको हो रु भन्ने लोकान्तरको प्रश्नमा थापाले भने, ‘कहाँ हुनु, प्रतिक्रियावादीहरूको हल्ला मात्र हो । उहाँलाई हामी भोलिसम्ममा खोजेर सार्वजनिक गर्छौं । मनोज अधिकारी भन्थे, तर नाम ‘एम’ रहेछ । यहीँ विराटनगरको पुष्पलाल चोक हो घर ।’

उनले थपे, ‘मान्छे नै लापता छ, स्वीच अफ गरेर बसेको छ त्यो भाइ । सकेसम्म उसलाई खोजेर सार्वजनिक गर्ने प्रयासमा छौं ।’थापाले मनोजको पुर्ख्यौली घर खोटाङ भएको दाबी गरे । तर, बिहीवार सार्वजनिक गरेको नागरिकतामा उनको जन्मस्थान धनकुटाको साविक मूर्तिढुंगा गाविस वडा नम्बर २ भएको उल्लेख छ ।

त्यसो त केन्द्रीय कार्यालयबाटै विभिन्न मिडियामा एम अधिकारी भनेको सीए मनोज अधिकारी नै हो भन्ने औपचारिक ‘कोट’ नै दिइएकाले अर्को व्यक्ति खोजेर सार्वजनिक गरिहाल्न पनि मुस्किल परेको छ ।

सोही अप्ठ्यारोका कारण सकेसम्म मनोजलाई नै भेटेर कन्भिन्स गर्ने प्रयासमा नेताहरू रहेको स्रोतले बतायो ।लोकान्तरकर्मी शुक्रवार विराटनगरस्थित मनोजको घर र कार्यालयमा पुग्दा दुवै ठाउँमा उनी भेटिएनन् । बिहीवारदेखि नै अफ भएको उनको फोनमा अझै सम्पर्क हुन सकेको छैन ।

उनी अहिले विराटनगरमा नरहेको विश्वस्त स्रोतले लोकान्तरलाई जानकारी दियो । ९स्रोतले उनी रहेको लोकेसन समेत बताए पनि उनी आफैं सम्पर्कमा आउन नचाहेकाले सार्वजनिक गरिएको छैन ।०

स्रोतका अनुसार शुरूमा ठिकै छ नि भनेर एम अधिकारी बनिदिन तयार भएका मनोज अहिले एमाले नेताहरूसँग सम्पर्कमा आउन चाहेका छैनन् ।अनावश्यक झमेलामा फसिने र हुँदा खाँदाको करीयर पनि जोखिममा पर्ने चिन्ताका कारण उनी सम्पर्कविहीन भएको स्रोतको दाबी छ ।

त्यसो त मनोज विराटनगरमा रहेर आफ्नै पहिचान बनाउँदै गरेका व्यक्ति हुन् । नक्कली एम अधिकारी नबन्दा पनि भविष्यमा आफ्नै पहिचान बनाउन सक्षम व्यक्ति पनि हुन् ।

एमालेले अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारी भन्ने नाम राखेपछि उक्त व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको आशंका व्याप्त छ ।

राष्ट्र बैंकको गभर्नर कुनै पनि दलको सदस्य समेत बन्न नपाउने कानूनी व्यवस्थाविपरीत केन्द्रीय विभागको नै सदस्य बनेको भन्दै सडकदेखि सदनसम्म उनको राजीनामा मागिएको छ ।

अर्को एम अधिकारी खोजेर विश्वसनीय आधार दिन नसकेमा गर्भनरको पद नै धरापमा पर्ने पक्का छ । सोही कारण एमालेले मोरङका जिल्ला नेताहरूलाई निरन्तर दबाब दिइरहेको स्रोतको दाबी छ ।

शुरूमा ‘ट्रायल’का रूपमा मनोजको नाम मिडियामा चुहाइएको थियो ।तत्कालै नागरिकतासहितको विवरण सार्वजनिक नभएको भए आजसम्ममा पार्टीले विज्ञप्ति नै निकालेर एम अधिकारीका रूपमा मनोजको परिचय सार्वजनिक गर्ने तयारी रहेको एक नेताले स्वीकारे ।

यो प्रकरण थप गिजोलिँदै जाँदा गभर्नर अधिकारी भने थप अप्ठ्यारोमा परेका छन् । एमालेले विश्वसनीय प्रमाणसहित एम अधिकारी सार्वजनिक गर्न नसकेको खण्डमा राजीनामाका लागि उनीमाथि दबाब बढ्ने छ ।

अधिकारीका विषयमा सत्ता गठबन्धनमा समेत कुरा उठिसकेकाले सहजै राजीनामा नदिएमा निलम्बन गरेर छानबिन अगाडि बढाउनुपर्ने दबाब प्रधानमन्त्री देउवामाथि पनि छ ।

प्रतिकृया दिनुहोस्

रविको मुद्दामा बोल्यो गृह, दियो कसैले कल्पनै नगरेको जवाफ !

काठमाडौं । गृह मन्त्रालयले उपप्रधानमन्त्री रवि लामिछानेको मुद्दामा विदेशी मुलुकको नागरिकता लिएको आधिकारिक जानकारी नहुँदासम्म...

भर्खरै रविबारे आयो यस्तो खबर, अब रविलाई कसैले छुन पनि नसक्ने {रबिलाई साथ दिन शेयर गरौं}

काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस) यी प्रश्नहरूको सेरोफेरोमा हुनेछ गृहमन्त्री लामिछानेको नागरिकता विवादमाथि...

सारा नेपाल चकित पर्नेगरी धमलापत्नी एलिजा भोलि लिदैछिन् जीवनकै बोल्ड डिसिजन, भाग्यमा लेखेरै ल्याएकी रहेछिन् !

रुपन्देही । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेकी छन् । उनी रिपोटर्स...

चितवन–२ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार रवि लामिछानेलाइ बनाउने

काठमाडौं । काठमाडौँ सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं...

रबि लामिछानेको सांसद र मन्त्रि पद खारेज भएपछी दिपकराज गिरीले भर्खरै लेखे यस्तो रमाईलो स्टाटस

काठमाडौँ । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलापछि कलाकार दीपक राज गिरीले व्यङ्ग्य गरेका...