News Portal

चितवन–२ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार रवि लामिछानेलाइ बनाउने

एनपर्दा संवाददाता
४०२ पटक

काठमाडौं ।

काठमाडौँ सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ।

आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा कुनै जानकारी आइनसकेको र औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गरिने बताए। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन हुने बताए।

‘ऐनमा व्यवस्था भएबमोजिम नै उपनिर्वाचन हुन्छ,’ उनले भने।मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका थिए। उनले कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए।

यता सत्ता गठबन्धनभित्र उपनिर्वाचनका विषयमा अनौपचारिक छलफल सुरु भएको छ। उपनिर्वाचनमा गठबन्धनबाटै उम्मेदवार उठाउने वा मित्रवत् प्रतिस्पर्धा गर्ने विषयमा छलफल सुरु भएको गठबन्धनका एक नेताले बताए।

‘निर्वाचनमा रविजीको पार्टी र एमालेले आ–आफ्नै उम्मेदवार उठाएको अवस्था थियो। तर अहिले दुवै पार्टी सत्ता साझेदार रहेको छ। यस्तो अवस्थामा कोसलाई उम्मेदवार बनाउने भन्ने विषयमा गठबन्धनमा पेचिलो हुनसक्छ,’ ती नेताले भने।यस विषयमा शनिबारदेखि नै गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुने बताइएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट मा छ ।

एक सातापछि औपचारिक घोषणा गरिने
विमानस्थलको डिजाइन एउटा कम्पनीले, निर्माण अर्को कम्पनीले र परीक्षण उडान अर्को गरी तीन कम्पनी जोडिएकाले अब क्यानसँगै निर्माण कम्पनीका विज्ञहरू बसेर एरोथाई कम्पनीले दिएको प्रतिवेदनउपर छलफल गरी आउँदो एक साताभित्र औपचारिक रूपमा उडानयोग्य रहेको घोषणा गरिने भएको छ।

एरोथाई कम्पनीले दिएको प्रतिवेदनमा कुनै कमजाेरी नऔँल्याइएको भए पनि विज्ञहरूले प्रतिवेदनमा भएका सानासाना कुरा केलाएर हेर्ने र त्यसपछि क्यानले स्वीकृत गरेर ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआइटी) मा प्रकाशन गर्ने उनले जानकारी दिए।

सो प्रकाशनपछि विमानस्थल पूर्ण रूपमा उडानका लागि तयार भएको जानकारी सबैले पाउने र यसका लागि क्यानले सञ्चारमाध्यमसँगै अन्य माध्यमबाट स्वदेशी तथा विदेशी कम्पनीलाई उडानका लागि आह्वान गर्ने जानकारी दिए।

४७ वर्षपछि पोखरेलीको सपना पूरा
विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा ०३२ सालमा तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणको ४१ वर्षपछि १ वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो।

शिलान्यासपछि थप करिब आठ सय रोपनी जग्गासमेत अधिग्रहण गरिएको थियो। निर्माणको काम भने शिलान्यास गरेको १५ महिना १८ दिनपछि अर्थात् १८ साउन ०७४ बाट सुरु गरिएको थियो।विमानस्थल निर्माणको काम १० जुलाई २०२१ मा सक्ने भनिए पनि कोरोनाका कारण निर्माण समय एक वर्ष थप गरिएको थियो।

लागत २१ करोड ७० लाख अमेरिकी डलर
पर्यटकीय सहर पोखरालाई विश्वका अन्य देशसँग सीधा हवाईमार्गले जोड्ने उद्देश्यसहित चीन सरकारको सहुलियत क्रण सहयोगमा विमानस्थल निर्माण गरिएको हो।

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण उपलब्ध गराएको थियो। सन् २०२१ को जुलाईमा निर्माण सक्ने गरी ८ जेठ ०७१ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको छ। जहाँ बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्ने र ती विमानको क्षमता एक सय ४० देखि एक सय ८० को हुनेछ।विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ।

डाँडा कटानको काम जारी
विमानस्थल सञ्चालनको लागि मुख्य समस्याको रूपमा रहेको रिट्ठेपानी डाँडा कटानको काम जारी छ। विमानस्थलको पूर्वपट्टि रहेको डाँडा १४ मिटर कटान गरेपछि परीक्षण उडान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...